बागलुङ , २३ असार । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तरशाखा फुटसल प्रतियोगितामा कास्की शाखाले उपाधि जितेको छ।
आज सम्पन्न फाइनल खेलमा आयोजक बागलुङ शाखाको टिमलाई ६–५ गोल अन्तरले पराजित गर्दै कास्की शाखाले उपाधि जितेको हो। कास्कीले उपाधि सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरेको छ ।
यस अघि समुह निलाेलाई क्वार्टरफाइनलमा बाई पाएर समीफाइलन पुगेको कास्की शाखाले सेमिफाइनलमा म्याग्दी शाखालाई ७–२ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको थियो ।
उता, बागलुङको निलो समुहलाई बागलुङ शाखाको सेतो टिम समूह चरण पार गर्दै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा पत्रकार महासंघ बागलुङ शाखाका तीन टिमसहित म्याग्दी र कास्की शाखाको सहभागिता रहेको थियो ।