काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये काठमाडौँ उपत्यकाका साथै अन्य जिल्लामा पनि मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीका तीन जना, एक भारतीय महिला र कैदीसहित ५१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिलो दिनको प्रदर्शनमै २१ जनाले ज्यान गुमाएका थिए। तीमध्ये नौ जना कैदी थिए भने बाल सुधार गृहमा रहेका पाँच जना पनि मारिएका छन्। बाँकी केही व्यक्तिहरू जलेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ।