Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

जलजला गाउँपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

  • नेपाल सञ्चार
  • ८ महिना अगाडि

बागलुङ, २ असोज ।बागलुङको छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सताइरहने हुँदा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।
जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१÷०८२ मा जलजलामा एक सय ६२ जनाले संस्थागत प्रसूति सेवा लिएका बताउनुभयो ।

‘आर्थिक वर्ष २०८०÷०८१ मा ‘होम डेलिभरी’को संख्या एक थियो, आव २०८१÷०८२ मा शून्यमा झरेको छ । यसलाई निरन्तरता दिन्छौँ’, उनले भने । जलजलाको मल्लाज, लेकफाँट र शालिजामा रहेका प्रसूति गृहमा १६ जना सुत्केरी भएका हुन् ।

एक सय ४६ जनाले बेनी, बागलुङ, कुश्मा, पोखरालगायत ठाउँमा पुगेर प्रसूति सेवा लिएका मल्लले बताए । गत आवको सुरुदेखि नै सञ्चालन गरेको गर्भवतीलगायतलाई निःशुल्क एम्बुलेन्स सेवाले घरमा जोखिम मोलेर असुरक्षित रूपमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झार्न सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’लाई शून्यमा कायम राख्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । आठपटक गर्भ जाँच र संस्थागत प्रसूति सेवालाई प्रोत्साहन, घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झार्ने, आमा तथा बच्चाको पोषणमा सुधार ल्याउन सन्देश प्रवाह गराउने उद्देश्यले जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिने कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष दीपक आचार्यले बतानुभयो ।

जलजला गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट आव २०८१÷०८२ मा सञ्चालन भएका कार्यक्रमको सोमबार लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा समीक्षा भएको थियो । अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडाध्यक्षहरू र स्वास्थ्य कार्यालयका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा नौवटै स्वास्थ्य संस्थाका प्रमुखले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गत वर्ष गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा नसर्ने रोग स्क्रिनिङ कार्यक्रममार्फत एक हजार ५०० जनाले सेवा पाएका छन् । प्रत्येक महिना स्वास्थ्यकर्मीले विद्यालयमा पुगेर स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । मल्लाजमा १० शय्या क्षमताको अस्पताल भवन निर्माण सकिएको र नाग्लीवाङ स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको छ । बाह्र वटा स्वास्थ्य संस्थामा विद्युतीय प्रणालीबाट स्वास्थ्य सेवाको अभिलेख राख्न थालिएको छ ।

एक वर्षमा छ सय ३१ जनाले एम्बुलेन्स सेवा पाएका छन् । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असहाय गरिब र अपा. ङ्गता भएकाहरूका लागि स्वास्थ्य संस्था आवतजावत निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । स्वास्थ्य शिविरमार्फत पाँच हजार ज्येष्ठ नागरिकले सेवा पाएका छन् । जलजलामा तीन हजार ३२८ परिवारका १० हजार ३०४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com