Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

संविधान दिवसको अवसरमा विद्यार्थीलाई खेलकुद र शैक्षिक सामाग्री वितरण

  • सुजन रेग्मी
  • ७ महिना अगाडि

बागलुङ, २ असोज । संविधान दिवसको अवसरमा बागलुङमा फरक क्षमता भएका विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई र बागलुङ नगरपालिका शिक्षा शाखाको समन्वयमा बिहिबार फरक क्षमता भएका विद्यार्थीहरुलाई हितकर हुने शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको हो । धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई दुई थान क्यारम्बोर्ड, दुई थान भलिवल, दुई थान ज्यामिती बक्स वितरण गरिएको थियो ।

सामाग्री वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले अपाङ्गता भएका विद्यार्थीउहरुलाई पनि खेलकुदमा जोड्नको लागि खेल सामाग्री वितरण गरिएको बताउनुभयो ।

संविधान दिवसको अवसरमा बागलुङमा तीन दिने कार्यक्रम गरि मनाइदै छ । संविधान दिवसका मुलसमारोह समितिका संयोजक समेत रहेका थापाले बिहिबार बिहान नेपाल बार एसोशियसनको संयोजनमा धौलागिरी प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

यस्तै आज उद्योग वाणिज्य संघको संयोजनमा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरिने र गैर सरकारी संस्था महासंघको संयोजनमा बागलुङ कारागारका कैदी बन्दीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने कार्यक्रम रहेको संयोजक थापाले बताउनुभयो ।

शुक्रबार संविधान दिवसको दिन सहिद पार्कमा सहिदहरु प्रति माल्यार्पण गरिने र साँझ ऐतिहासिक पार्कमा सामुहिक दिप प्रज्वलन गरिने भएको छ । यस्तै बिहिबार, शुक्रबार र शनिबार तीन दिन सवै कार्यालय र घर घरमा दिप प्रज्वलन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com