Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पत्रकार प्रतेलमाथि अभद्र व्यवहार

  • नेपाल सञ्चार
  • ४ दिन अगाडि

बागलुङ, ३ मंसिर । इ[परि न्युजका पत्रकार दिलीप पर्तेलले कामको सिलसिलामा गाउँमा जाँदा आँफूमाथी अभद्र व्यवहार भएको गुनासो गरेका छन् । जैमिनी नगरपालिका वडा नं. ३ को देमकस्थित वडा कार्यालयमा गएको बेला स्वास्थ्य चौकीका प्रमुख भीम पुनले हातपातको प्रयास गरेको पत्रकार पर्तेलले बताए ।

केही समयअघि लेखेको समाचारको विषयमा पुनले पत्रकार पर्तेललाई गालीगलौज गरी हातपातको प्रयास गरेको पर्तेलले गुनासो गरे । वडा कार्यालयमा पुग्दा पुरानो समाचारको विषय उठाएर अभद्र व्यवहार गरेपछि पत्रकार पर्तेलले जैमिनी नगरपालिकामा उजुरी गरेको बताए ।
जैमिनी नगरपालिकाले बिहिबार दुवै पक्षलाई छलफलमा बोलाएको छ । ‘म वडामा काम विशेषले गएको थिए, भीम पुनले गालीगलौज गर्दै हातपात समेत गर्नुभयो’ प्रतेलले भने, ‘यो विषयमा पत्रकार महासंघले पनि साथ दिनुपर्छ ।’

महासंघका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रकारलाई समाचारको विषयमा हातपात गर्ने वा डरधम्की दिने काम सह्य नभएको बताए । समाचारमा चित्त नबुझेमा खण्डन गर्ने अधिकार रहेपनि पत्रकारलाई अभद्र व्यवहार गर्ने काम रोकिनुपर्ने उनले बताए ।
पत्रकार पर्तेलले केही समयअघि कार्यालय समयमा सरकारी मोटरसाइकल सिक्न लगेको समाचार लेखेका थिए ।

स्वास्थ्य चौकी प्रमुख पुनले गल्ती कमजोरी भएकोमा माफी माग्ने बताए । पत्रकार पर्तेलले भनेझै हातपात नगरेको, बसेर छलफल गरौं, हामीलाई चित्त बुझाउनु होस् भनेर कुराकानी भने गरेको बताए । गाउँकै दाजुभाइ भएकोले उनलाई किन यस्तो लेखेको भनेर सोधेको त्यसपछि भनाभन भएको पुनले बताए ।

जैमिनी नगरपालिकाले बिहिबार छलफलपछि समस्या समाधान नभएमा कानूनी बाटोमा जान सकिने संभावनाबारे पनि पत्रकारले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण

पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र

पत्रकार प्रतेलमाथि अभद्र व्यवहार

प्रयोगशाला निर्माणका लागि बागलुङ समाज जापानको तेह्र लाख सहयोग

गौशालामा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु

ताजा समाचार

पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित
पत्रकार महासंघ जापानको अध्यक्षमा श्रेष्ठ र सचिवमा लामिछाने निर्वाचित
विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण
विद्यार्थीको लागि मानसिक तथा मनोसामाजिक अभिमुखीकरण
पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र
पुसमा हुने आठौँ  बागलुङ महोत्सवको तयारी तीव्र
राष्ट्रिय कर दिवसको अवसरमा चार जना सम्मानित
राष्ट्रिय कर दिवसको अवसरमा चार जना सम्मानित
पत्रकार  पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङको आपत्ति
पत्रकार पर्तेलमाथि भएको हातपात र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासङ्घ, बागलुङको आपत्ति

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com