बागलुङ,५ मंसिर । लायन्स क्लब अफ बागलुङ कालिगण्डकी र लियो क्लव अफ बागलुङ कालिगण्डकीको आयोजना मनोसामाजिक अभिमुखीकरण तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य, आत्मविश्वास र जीवनमा व्यावहारिक परिवर्तनहरूप्रति सकारात्मक सोचको विकास गर्न मद्दत गर्न कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा आर्दश मावि कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान संकायमा अध्ययनरत अन्तर्गतका विद्यार्थी सहभागि भएका थिए ।
कार्यक्रम अमर आदर्श माविका व्ययवस्थापन समिति अध्यक्ष विजय राज पन्तले मनोसमाजिक परामर्शले जीवन परिवर्तनमा ठूलो भूमिका खेल्ने बताउनुभयो । यस्ता कार्यक्रमले सोच, आत्मविश्वास र जीवनप्रतिको दृष्टिकोण सुदृढ बनाउन सहयोग पुर्याएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा हेमन्त थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ केका डिपार्टमेन्ट चिफ तथा मनोपरामर्शदाता नारायण प्रसाद आचार्यले सहजीकरण गर्नुभएको थियो ।
आचार्यले स्वास्थ्य, तनाव व्यवस्थापन, आत्मविश्वास वृद्धि, मानसिक स्वास्थ्यका समस्या पहिचान र समाधानमा सहयोग पुर्याउने तथा व्यक्तिहरूमा सकारात्मक सोच र व्यवहारिक परिवर्तनतर्फ कसरी प्रेरित गर्ने भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो ।
त्यस्तै सिटिजन्स बैंकका नवराज रेग्मीले वित्तिय साक्षरताको वारेमा जानकारी दिनुभयो ।
कार्यक्रम क्लवका अध्यक्ष लखन थापाको अध्यक्षता सचिव सुवास आचार्यको स्वागत र सदस्य कमल पन्तको संचालनमा सम्पन्न भएको थियो ।











