बागलुङ ,१७ माघ । बागलुङको काठेखोला गाउँपालिका–७, रेशमा रहेको रेश नुनथला माध्यमिक विद्यालयले ७० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सवको कार्यक्रमको उद्घाटन काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गरेका थिए । उद्धाटन कार्यक्रममा बोल्दै उनले रेश नुनथला माविले राष्ट्रलाई चिनाएको बताए ।
उनले यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीले देशमा विभिन्न छेत्रबाट चिनायको बताए । कुनैपनी शैक्षिक गुणस्तर बढाउन पालिका तयार रहेको बताए । उनले शिक्षक अभिभाबक शिक्षक र विद्यालय व्यवस्थापन समितिको पनि साथ रहेको बताउँदै उनले असल नागरिक उत्पादन गर्ने ठाउँ हो जसले गर्दा विद्यार्थीलाई असल बनाउनलाई शिक्षकले कितावमा मात्र नभएर ज्ञान मुलक शिक्षा प्रदान गरेर पनि असल बनाउन सहयोग रहेको बताए ।
शिक्षाले नै ठुलो कुरा रहेको भन्दै उनले नैतिकवान शिक्षा नै अहिले आवश्यक रहेको भन्दै आफ्ना छोराछोरिलाई नैतिकवान गराउन अभिभाबकलाई आग्रह गरे ।
उनले अफ्ना छोरा छोरीलाई बिदेश पठाउनलाई पढाएको भन्दै राष्ट्रसेवक बनाउन आवशयक रहेको भन्दै विदेश नपठाउन आग्रह गरे ।
कार्यक्रममा काठेखोला गाउँपालिका ७ का वडा अध्यक्ष प्रेम लामिछाने ,काठेखोला गाउँपालिकाका निवर्तमान प्रमुख प्रसासकिय अधिकृत चुर्णबहादुर कार्की , इन्द्रवती अक्षकोषका संरक्षक जब्बर बहादुर लामिछाने, विद्यालयका सल्लाहकार डिल बहादुर कार्की, विद्यालयका पुर्व विव्यस अध्यक्ष चित्र बहादुर कार्की, लक्ष्मी माध्यामिक विद्यालयका प्रधानध्यापक गोबिन्द भण्डारी, कक्षा १० मा अध्ययनरत छात्र टार्जन गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले शैक्षिक गतिविधीमा अघि बढाउन सबैको हातेमालो आवश्यक रहेका बताए । गाउँ गाउँका विद्यालयमा भौतिक पुर्वाधारको अहिले आवश्यकता रहेको उनीहरुकाे भनाइ छ ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक ओम बहादुर थापाले आर्थिक प्रतिवेदन रस्तुत गरेका थिए । उनले पुर्वाधार निर्माण अहिले पनि आवश्यक्ता रहेको बताए । उनले विभिन्न समयमा अक्षकोस निर्माण गरेको जानकारी दिए ।
२०१३ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल छात्रा १०९ र छात्र ११७ गरि कुल विद्यार्थी २२६ जना अध्ययन गरेका छन भने हाल विद्यालयमा २३ जना शिक्षक शिक्षिकाले अध्यापन गराई रहेको उनले जानकारी दिए । साथै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्दिमा भौतिक पुर्वाधार तथा सिकाईलाई निरन्तर गरिएको उनले जानकारी दिए ।
विभिन्न खेलमा सहभागी भएका खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।
एसईई परिक्षमामा उत्कृष्ट नम्बर ल्याएका विद्यार्थीलाई सम्मान गरिएको थियो । जसमा दीक्षा कुँवर , प्रमोद थापा , करण किसान , भगवान जोसी , लप्सन थापा , पार्वती कुँवर एन्जिना थापा, दिवस थापा, काजल थापा , अर्जुन किसान, ममता थापा विप्लभ जिसी , पुनम कार्की, चुणामणी थापा, आयुसा गौतमलाई सम्मान गरिएको थियो । उनिहरुलाई काठेखोला गाउँपालिकाका अध्यक्ष राजु खड्का विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिरेन्द्र कार्की र प्रधानध्यापकले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीलाई शिक्षिक सामाग्री वितरण गरिएको थियो भने उक्त विद्यालयमा खडा गरिएका विभिन्न अक्षकोषबाट विद्यार्थी शिक्षक र अभिवाबकलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रम विव्यस अध्यक्ष बिरेन्द्र कार्कीको अध्यक्षता , शिक्षक हरि कुवँरको स्वागत र शिक्षक डिल बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।












