Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु

  • नेपाल सञ्चार
  • ६ महिना अगाडि

बागलुङ १० चैत्र । चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणको रुपमा रहेको खुला पुरुषभलिबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।

चैत्राष्टमी मेलाको उद्घाटनसंगै भलिबल प्रतियोगिताको पनि उद्घाटन गरिएको हो । भलिबलप्रतियोगिताको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारीकृष्णप्रसाद आचार्यले भलिबलका राष्ट्रिय रेफ्री प्रज्वल मल्ललाई भलिबल
हस्तान्तरण र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षकतिलक भारतीले सर्भिस प्रहार गरेर उद्घाटन गरेका थिए ।
भिमापोखरा खेलकुद विकास समिति काठेखोला र धौलागिरी मोबाई पसल बेनी म्याग्दी बीचमा भएको उद्घाटन खेल भिमापोखरा खेलकुद विकाससमितिले जितेको छ । भिमपोखराले बेनीलाई ३—१ मा जितेको हो ।

पहिलो र दोस्रो सेट लगातार जितेको भिमापोखराले तेस्रो सेट गुमाउँदा चौथो सेटआफ्नो पक्षमा पार्दै उद्घाटन खेलको नतिजा आफ्नो पोल्टामापारेको हो ।

खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडलट्रफी र प्रमाणपत्र पाउनेछन् ।

द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्रर तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

महिलो भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी रप्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउनेछन् ।

महिला भलिबलमा पनि विद्यागत रुमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ ।

पुरुष भलिबल प्रतियोगितामा १० समुहको सहभागिता
रहेको छ ।

मेलाको अवसरमा छेलो प्रतियोगिता पनि आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

ट्रेन्डिङ

सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का

पहिरोमा परि एक जनाको मृत्यु

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com