Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कालिका कप पुरुष भलिबल : २०८२ बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

  • नेपाल सञ्चार
  • ३ महिना अगाडि

बागलुङ, चैत ११ । चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

बुधबार भएको पहिलो खेलमा आदित्य होल्डिङ तित्याङलाई संघर्षपूर्ण खेलमा पछि पार्दै बागलुङ भलिबल ट्रेनिङ सेन्टरले जित निकालेको हो । बागलुङ भलिबलले आदित्य होल्डिङ सेन्टरलाई ३—२ सेटले पछि पारेको हो । पहिलो सेट नै गुमाएर दबाबमा परेको बागलुङ भलिबल दोस्रो सेटमा पुनरागमन गर्दै जित निकाल्यो ।

तेस्रो सेट गुमाउँदा बागलुङ भलिबलले चौथो र पाँचौ सेट आफ्नो पक्षमा पार्दै खेलको नतिजा आफ्नो पोल्टामा पारेको हो । खेलको पहिलो सेट २५—२३ ले गुमाएको बागलुङ भलिबलले दोस्रो सेट २५—२० ले जितेको थियो । तेस्रो सेट २५—२० ले गुमाएपछि चौथो सेटमा पुनरागमन गर्दै बागलुङ भलिबलले ३१—२९ को संघर्षपूर्ण जित हात पा¥यो । चौथो सेटमा कठिन जित हात पारेको बागलुङ भलिबलका लागि पाँचौ सेट भने सहज हुन पुग्यो । पाँचौं सेट १५—१० ले आफ्ना पक्षमा पार्दै खेल जित्यो ।

बुधबार नै भएको दोस्रो खेलमा घले हार्भेष्टिङ अस्टे«लियाले धौलागिरि मोबाईल पसल बेनी म्याग्दी माथि सहज जित हात पा¥यो । अधिकांस नेपाल पुलिस क्लबबाट राष्ट्रिय अन्तर्राष्ट्रि प्रतियोगिता खेलिरहेका खेलाडी सम्मिलित घले हार्भेस्टिङको अगाडि धौलागिरि मोबाईल पसल बेनी म्याग्दी निरीह देखियो । रेशम छन्त्यालको कप्तानीमा मैदानमा उत्रिएको घले हार्भेष्टिङले धौलागिरि मोबाईल पसललाई पहिलो सेट २५—१२ दोस्रो सेट २५—४ र तेस्रो सेट २५—११ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

बिहीबार पहिलो खेल बिहान ८ बजे सिद्धार्थ चस्मा घर बागलुङ र भिमापोखरा खेलकुद विकास समिति तथा दोस्रो खेल गौंडाकोट विरुद्ध रायडाँडा खेलकुद विकास समिति बानपा—११ को बीचमा हुनेछ ।

त्यसपछि क्वाटरफाईनल चरणको खेल सञ्चालन हुने भलिबल प्रतियोगिताका रेफ्री संयोजक किशोर थापाले बताए । पुरुष भलिबल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको र लिक कम नकआउटको आधारमा खेलाईएको चैत्राष्टमी मेला व्यवस्थापन समितिका भलिबल संयोजक सचिन खड्काले जानकारी दिए ।

महिला भलिबल खेलमा ७ समुहको सहभागिता रहेको छ । महिला भलिबल पनि लिक कम नकआउटको आधारमा खेलाईनेछ । खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिए ।

महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ ।

मेलाको अवसरमा छेलो प्रतियोगिताको पनि आयोजना गरिएको छ । छेलो प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार र द्वितीय हुनेले नगद २० हजार नगद पुरस्कार पाउनेछन् । परापूर्व कालदेखि नै परम्परागत रपमा स्वतःस्फुर्त लाग्दै आएको मेला अहिले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले व्यवस्थीत रुपमा आयोजना गरेर विभिन्न प्रतियोगिताहरु आयोजना गरेको अध्यक्ष भुपेन्द्र खड्काले बताए ।

मेलाको आकर्षणको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती, रमाईलो मेला, बाल उद्यान, घरेलु तथा स्थानीय वस्तुहरुको खरिद विक्री लगायतका रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

ताजा समाचार

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

ट्रेन्डिङ

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

चिल्ड्रेन लाईफका विद्यार्थीलाई सम्मान तथा विधाई

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com