बागलुङ , २२ चैत्र । सरकारले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । महान्यायाधिवक्ता नियुक्त कँडेल बागलुङको काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँ निवासी हुनुहुन्छ ।
नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष समेत रहेका कँडेललाई आज बसेको मन्त्रिपरिषद वैठकले महान्याधिवक्ता नियुक्त गरेको हो ।
महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरुको नेतृत्व गठन, सरकारवादी हुने सबै मद्दाको बहस पैरवीको नेतृत्व गर्दछन् ।













