Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

  • नेपाल सञ्चार
  • ३ मिनेट अगाडि

बागलुङ, १५ जेठ । जिल्लाको तमानखोला गाउँपालिका सामाजिक सेवामा उदाहरणीय बन्दै गएको छ ।

आर्थिक अवस्था कमजोर भएका, असहाय तथा विपन्न बालबालिकालाई सहयोग गर्दै गाउँपालिकाले मानवीय सेवाको भावना झल्काएको हो । शिक्षा, स्वास्थ्य, राहत तथा विभिन्न सामाजिक कार्यक्रममार्फत तमानखोलाले स्थानीय बालबालिकाको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

बालबालिकाका लागि तमानखोला गाउँपालिकाले आफ्नै बालगृह बनाएर खाने–बस्ने व्यवस्थासहित वडा नं. ३ को तमान गाउँमा रहेको धनगौज्योति माविमा पढ्ने व्यवस्थापन समेत गराएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो

गाउँपालिकाले अलपत्र भेटिएका, अभिभावकविहीन र अति बिपन्नताको कारण पढ्न नपाएका, खानेबस्ने समस्या भएका बालबालिका खोजेर बालगृहमा राख्दै आएकोे छ । तमान गाउँको तीनवटा घर भाडामा ५ वर्षदेखि बालगृह सञ्चालनमा ल्याइएको छ ।‘संविधानमा बालबालिकाको हकको व्यवस्था छ, तर यो व्यवस्था अनुसार उनीहरुले बाँच्न, पढ्न लेख्न र अभिभावक पाउनुपर्ने बताउनुभयो ।

\नियमित खर्च गर्नुपर्ने भएकोले यो कार्यलाई पालिकाले आफ्नो नियमित बजेटमा समावेश गर्दै आएको छ ।

गाउँपालिकाले खाना बनाउने, स्याहार सुसार गर्ने तीन जना कर्मचारी राखेर १८ जना बालबालिका बालबालिका राख्न थालिएको थियो ।
हरेक वर्ष बालबालिकालाई खाद्यानको व्यवस्था पालिकाले गर्दै आएको छ भने विभिन्न संघसंस्था, लायन्स क्लबलगायतले यहाँ आएर बालबालिकालाई शैक्षिक सामाग्री, पोशाक वितरण गर्दै आएका छन् ।

पालिकाले परोपकारी काम र बालबालिकाको उज्वल भविष्यका लागि काम गरेको भन्दै वडा अध्यक्ष झकबहादुर बुढाले भने यो नमूना काम भएको बताउनुभयो ।

ाउँपालिकाको नमूना र बालबालिकाको अधिकार सुरक्षाको काम रहेकाले जो सुकैले जानकारी दिएपनि हामी गएर बालबालिका ल्याएर राख्ने र सहयोग गर्ने बुढाले बताउनुभयो ।
बाढी पहिरोले घरबारविहिन भएका, दुर्घटना वा अन्य कारणले अभिभावक गुमाएका बालबालिका यहाँ आउँदा साथी पाएर रमाएका छन् ।
उनीहरुलाई बेला बेला घुमाउने, खेल खेल्ने व्यवस्था गरिदिने जस्ता काम पनि गरिएको छ । विद्यालयमा पनि यी बालबालिकालाई सम्मानपूर्वक पढ्न पाउने व्यवस्थापनका लागि आग्रह गरिएको छ ।
उनीहरुलाई कुनै पनि अपमानित नहुने बरु थप सम्मान र हौसला प्रदान गर्ने गरी पढाउन लगाइएको गाउँपालिका अध्यक्ष बुढाले बताउनुभयो ।

यो कामलाई अब आउने जनप्रतिनिधिले पनि निरन्तरता दिने गरी कार्यविधि समेत बनाइएको छ । यहाँका बालबालिकाको अवस्थाबारे विभिन्न संघसंस्थालाई अध्ययन गर्न, अनुगमन गरी सुझाव पेश गर्न पनि लगाइने गरिएको छ । उनीहरुलाई कक्षा १२ सम्म पढ्नका लागि पालिकाले साथ दिने र गाउँकै विद्यालयमा पढ्ने अबसर दिइनेछ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

रास्वपा काठेखोलाको सभापतिमा कार्की

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

ताजा समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
बागलुङमा ११ करोड बेरुजु
बागलुङमा ११ करोड बेरुजु

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

रास्वपा काठेखोलाको सभापतिमा कार्की

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com