Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

  • नेपाल सञ्चार
  • २ महिना अगाडि

बागलुङ, १५ जेठ । तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने भएको छ ।

आदर्श विद्यामन्दिर स्पोर्टस क्लबको आयोजना हुने प्रतियोगिताको पुरुषतर्फ १९ र महिलातर्फ आठ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो ।

प्रतियोगितामा बागलुङ नगरपालिकाभित्रका विद्यालयका खेलाडी टिमको सहभागिता रहने छ ।

तेस्रो संस्करणमा अहिलेसम्मकै धेरै टिमले सहभागिता जनाउन लागेको क्लबले जनाएको छ ।

पुरुषतर्फ विजेता हुने टिमले नगद रु. ७५ हजार सात सय ५० र उपविजेताले रु. ३७ हजार सात सय ५० प्राप्त गर्नेछ । महिलातर्फ हुने प्रतियोगिताको विजेता टिमले रु. ४० हजार र उपविजेताले रु. २० हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ । सेमिफाइनलमा पुग्ने पुरुषतर्फका दुवै टिमले जनही रु. २४ हजार र महिलातर्फका दुवै टिमले जनही रु. १२ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट टिमलाई नगद रु. १० हजार, उत्कृष्ट खेलाडीलाई रु. १० हजार, उत्कृष्ट फरवार्डरलाई रु. पाँच हजार, उत्कृष्ट मिडफिल्डरलाई रु. पाँच हजार, उत्कृष्ट डिफेन्डर रु. पाँच हजार, उत्कृष्ट किप्परलाई रु. पाँच हजार र उत्कृष्ट कोचलाई रु. पाँच हजार प्रदान गरिने भएको छ ।

यस्तै म्यान अफ् द म्याच, बेष्ट गोल अवार्ड पनि प्रदान गरिने छ । महिलातर्फको प्रतियोगितामा पनि विभिन्न विधामा उत्कृष्ट हुने खेलाडी तथा टिमलाई पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष केसीले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न रु. १२ लाख ३२ हजार सात सय ५० खर्च लाग्ने जनाइएको छ ।

विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र खेलाडी उत्पादनका लागि प्रतियोगिताले सघाउने विश्वास लिइएको अध्यक्ष केसीले बताउनुभयो ।

कार्यक्रममा जिल्ला फुटलब सङ्घका अध्यक्ष जय राजभण्डारीले पछिल्लो समय विद्यालय तहमा खोलिएका स्पोर्टस क्लबहरुले खेलकुद गतिविधि बढाएको बताउनुभयो । अध्यक्ष राजभण्डारीसहित कार्यक्रममा सहभागी अतिथिहरुले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी अनावरण गरेका थिए ।

जेठ १८ देखि २४ गते हुने प्रतियोगिता बागलुङ नगरपालिका १ रामरेखाको बाङ्गेचौर खेलमैदानमा सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ताजा समाचार

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती
कालिकामा चित्रकला कार्यशाला
कालिकामा चित्रकला कार्यशाला
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला
ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ट्रेन्डिङ

कालिकामा चित्रकला कार्यशाला

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com