बागलुङ, २२ जेठ । जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको सहकार्यमा मोडिफाईड बाईक नियन्त्रणमा लिन थालिएको छ ।
प्रहरीले साइलेंसर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, नम्बर प्लेट मापदण्डविपरीत राख्ने तथा अन्य प्राविधिक संरचना परिवर्तन गरिएका बाइक नियन्धणमा लिन थालेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर ट्वाटीका अनुसार सवारी साधनले ध्वनि प्रदूषण बढाउनुका साथै दुर्घटनाको जोखिम समेत निम्त्याउने भएकाले नियमित निगरानी र जाँच अभियान सञ्चालन गरिएकोे बताउनुभयो ।
जेठ १९ गते देखि २१ गते सम्म अपरेसन थालेको बागलुङ प्रहरीले १० वटा बाइक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिन बहादुर कुँवरका अनुसार ६वटा बुलेट,३वटा क्रसफाइर १वटा एनएस गरि १० वटा बाईक नियन्त्रणमा ल्याएको बताउनुभयो ।
आवश्यक कार्वाहीका लागि यातायात व्यवस्था कार्यालय बागलुङमा पठाएको प्रहरीले जनाएको छ ।














