बागलुङ, २२ जेठ । ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु भएको छ ।
विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र धवलागिरि बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिद्वारा आयोजना भएको थियो ।
सङ्गोष्ठीको आयोगका पूर्वअध्यक्ष प्राडा भीप्रसाद सुवेदीले उद्घाटन गर्दौ उनले क्याम्पसले पठनपाठनसँगै अनुसन्धानलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताए ।
धवलागिरि क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले गरेका कृयाकलाप सह्रानीय रहेको प्राडा सुवेदीले बताए ।
सङ्गोष्ठीको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राडा दिनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस प्रमुख सहप्राध्यापक डा सुदर्शन सिलवाल र सञ्चालन सहायक क्याम्पस प्रमुख डा डिल्लीराज गौतमले गरेका थिए ।
शनिबारसम्म चल्ने सङ्गोष्ठीमा सङ्गोष्ठीमा शिक्षा र शासन, मानवशास्त्र र संस्कृति, वातावरण र जलवायु, साहित्य र मानविकी, विज्ञान, कृषि र आदिवासी अध्ययनलगायतका विषयमा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुबाट ४० भन्दाबढी कार्यपत्र प्रस्तुत हुने जनाइएको छ।
सङ्गोष्ठीमा प्रमुख वक्ताका रुपमा विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा खड्क केसी र गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले ‘कि नोट स्पिच’ दिनेछन् ।
सङ्गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालय मातहतका प्राध्यापक, कर्मचारी, शिक्षक, शोधार्थीलगायतको सहभागिता रहेको छ ।














