बागलुङ, असार ८ । बागलुङमा पनि बिश्व संगित दिवस मनाइएको छ ।
बिश्व संगित दिवसका अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बागलुङको आयोजनामा नेपाली गीत संगित, हिजो, आज र भोली बिषयक अन्तरक्रिया, लाइभ दोहोरी तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रमा प्रतिष्ठानका केन्द्रिय प्रशासनिक सचिव जिवन दाहालसंग गीत संगितको हिजोको अवस्था, बर्तमान अवस्था र भोलीको लागि गर्नुपर्ने कार्यका बिषयमा प्रत्यक्ष सम्वाद गरिएको थियो ।
प्रत्यक्ष सम्वाद कार्यक्रममा प्रश्न गर्ने सहभागीहरुले पछिल्लो समय दोहोरी गीत परिवारसंग बसेर सुन्ने र हेर्ने अवस्थामा नभएकाले यसलाई न्युनिकरण गर्न सुझाएका थिए ।
सो अवसरमा बोल्दै केन्द्रिय सचिव दाहालले प्रविधीको बिकाससंगै गित संगित पनि परिमार्जित हुदै गएको र परिवार बसेर हेर्न र सुन्ने नसक्ने अवस्थाका गीत र त्यसका सर्जकहरुलाई ध्यानकर्षण गराई रहेको बताउनुभयो । प्रत्यक्ष सम्वादको संचालन पत्रकार ताराप्रसाद शर्माले गर्नु भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राम थापाले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा लाइफ दोहोरी प्रस्तुत गरिएको थियो भने दोस्रो गण्डकी लोक तारामा बागलुङको प्रतिनिधित्व गर्दै तृतीय स्थान हासील गर्न सफल ललिता घर्तीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, महिला उपाध्यक्ष धनालक्ष्मी सुनारको स्वागत र सचिव मनिष कँडेलको संचालनमा सम्पन्न भएको थियो ।












