बागलुङ,२० असार । नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाको साधारण सभा सकिएको छ ।सोसाईटिले आफ्नो ३६ औ साधारण सभा गरि सकिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले रेडक्रसले समाजमा पुर्याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि मानवीय सेवामा निरन्तर सक्रिय रहनुपर्ने बताए। उनले शाखामा सञ्चालनमा रहेका एम्बुलेन्स पुराना भइसकेकाले नयाँ एम्बुलेन्स खरिदको आवश्यकता औंल्याउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन अस्पतालसँग समन्वय गरेर सञ्चालन गर्न सुझाव दिए।
कार्यक्रममा मन्त्री भुवानी प्रसाद कडेलले प्रगती प्रतिवेदन प्रतुत गरेका थिए भने कोषाध्यक्ष जिवननाथ शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुर्वअध्यक्ष जब्बर बहादुर लामेछाने , गण्डकी प्रदेश पुर्वसदस्य हिमाल शर्मा , गलकोट नगरपालिकाका पालिका सयोजक राम बहादुर खत्री वेलबगर उपशाखाका सभापति लक्ष्मीकान्त पौडेल शुभकामना मन्तव्य र जिल्ला उपसभापति राजेन्द्र आचार्यको धन्यवाद मन्तव्य राखेका थिए ।
रेड रेडक्रस सोसाइटीका जिल्ला सभापती जगन्नाथ आचार्यको अध्यक्षता र मन्त्री भुवानी प्रसाद कडेलको सञ्चालनमा सम्प्नन्न भएको थियो ।
रेडक्रसले विपदमा सहयोग हुँदै समाजका सकारात्मक काममा विभिन्न संघ सस्था सङ्ग सहकार्य गर्दै आएको छ ।












