Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

  • नेपाल सञ्चार
  • २३ मिनेट अगाडि

बागलुङ, २० असार । बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला भरीका १४ हजार २ सय ५७ जना बालबालिकालाई उमेर अनुसार आवश्यक पर्ने सबै खोप लगाइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हाे ।

निबार आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरेका हुन् । कार्यक्रममा उनले पूर्ण खोप अभियान सफल बनाउन योगदान पु¥याउने जिल्लाका सबै स्थानीय तहका प्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले खोप बालबालिकालाई विभिन्न संक्रामक तथा ज्यान जोखिममा पार्ने रोगबाट बचाउने सबैभन्दा प्रभावकारी र किफायती स्वास्थ्य सेवा भएको बताए । उनले कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ सरकारले नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगेको उल्लेख गरे । पूर्ण खोपको अवस्था कायम राख्न स्थानीय तह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको निरन्तर सक्रियता आवश्यक रहेको मन्त्री पाण्डेको भनाइ थियो।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासक प्रवीण शर्माका अनुसार जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २ सय ७८ जना तथा १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ जना गरी कुल १४ हजार २ सय ५७ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक सबै खोप प्राप्त गरेका छन्। खोप कार्यक्रम अन्तर्गत बालबालिकालाई क्षयरोग, पोलियो, भ्यागुते रोग, धनुष्टंकार, लहरेखोकी, हेपाटाइटिस–बी, निमोनिया, रोटाभाइरसबाट हुने झाडापखाला, दादुरा–रुवेला, जापानी इन्सेफ्लाइटिस लगायत विभिन्न रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराइँदै आएको छ । यी खोपहरूले बाल मृत्युदर घटाउन, अपाङ्गता हुनबाट जोगाउन तथा समुदायमा संक्रामक रोगको प्रकोप नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

गत फागुनमा ढोरपाटन नगरपालिकामा दादुरा संक्रमण फैलिएपछि गण्डकी प्रदेश सरकार, संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र ढोरपाटन नगरपालिकाको समन्वयमा विशेष दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिएको थियो ।

उक्त अभियानमार्फत २० वर्षसम्मका करिब ७ हजार बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको जनस्वास्थ्य प्रशासक शर्माले जानकारी दिए । अभियानपछि संक्रमण नियन्त्रणमा आएको प्रदेश स्वास्थ्य कार्यालयले जनाएको छ।

यस वर्ष नियमित खोप कार्यक्रममा पनि ढोरपाटन नगरपालिकामा उल्लेख्य सहभागिता देखिएको छ । त्यहाँ १५ महिनाभित्रका ६ सय २२ जना तथा १६ महिनादेखि ५९ महिनाभित्रका २ हजार १६ जना गरी कुल २ हजार ६ सय ३८ जना बालबालिकाले खोप लगाएका छन्, जुन जिल्लाभित्र सबैभन्दा बढी हो ।

पूर्ण खोप सुनिश्चितता घोषणा एउटा उपलब्धि मात्र नभई यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण पक्ष रहेको गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. युवानिधी बसौलाले बताए । खोप प्रदान गर्नका निम्ती प्रत्येक नवजात तथा तोकिएको उमेर समूहका बालबालिकाले समयमै सबै मात्रा पूरा गरी खोप लगाउनुपर्ने, छुटेका बालबालिकाको नियमित खोजी गरी खोप सेवामा ल्याउनुपर्ने र अभिभावकमा खोपसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएमा पूर्ण खोप प्राप्त गर्न सहज हुने बसौलाले बताए ।

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पून, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य लगायतले पूर्णखोप कार्यक्रमलाई दिगोपना दिनु आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा जिल्लाका सम्पुर्ण पालिकालाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुका साथै समुदायमा उल्लेखनिय सेवा प्रदान गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरिएको थियो ।

कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, जनस्वास्थ निरिक्षक लक्ष्मी शर्माको स्वागत तथा सूचना अधिकारी देवप्रकाश घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे

बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

लहरेपिपल स्वास्थ्य चौकी साढे दुई महिनामै सम्पन्न

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

बागलुङमा तासको खालबाट सात जना पक्राउ

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

ताजा समाचार

बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे
बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे
बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो
बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो
लहरेपिपल स्वास्थ्य चौकी साढे दुई महिनामै सम्पन्न
लहरेपिपल स्वास्थ्य चौकी साढे दुई महिनामै सम्पन्न
बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड
बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

ट्रेन्डिङ

बागलुङमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियमन र नियन्त्रण गर्नमा जोड

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट (पुर्णपाठ सहित हेर्नुहोस्)

बागलुङमा तासको खालबाट सात जना पक्राउ

बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

लहरेपिपल स्वास्थ्य चौकी साढे दुई महिनामै सम्पन्न

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com