Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

  • नेपाल सञ्चार
  • ६ मिनेट अगाडि

बागलुङ ,२७ असार ।  बागलुङबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिकाको वार्षिकोत्सवमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ । १३ औँ वार्षिकोत्सवका अवसरमा पत्रकारहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा आयोजक टोली, नेपाल पत्रकार महासंघ बागलुङ शाखा र प्रबुद्ध युवा समूह सहभागी भएका थिए । प्रतिस्पर्धामा प्रबुद्ध युवा समूह विजेता बनेको थियोे नेपाल पत्रकार महासंघ उपविजेतामा सीमित भयो । आयोजक टोली तृतीय स्थानमा रह्यो ।

विजेता टोलीलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । उपविजेता नेपाल पत्रकार महासंघ र तृतीय हुने आयोजक टोलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले खेलकुद हरेक मानिसका लागि अपरीहार्य भएको बताउनुभयो । उहाँले मानसिक रुपमा समेत स्वच्छ रहन खेल आवश्यक हरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखन नेपाल मिडिया प्रालिद्वारा प्रकाशित पत्रिकाले विगतका वर्षहरूमा फुटबल, फुटसल प्रतियोगिता तथा विभिन्न क्षेत्रमा शैक्षिक सामग्री र खाद्यान्न वितरणलगायतका कार्यक्रम गर्दै आएकोमा यस वर्ष वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको हो ।

लेखन नेपाल मिडिया प्रालिका अध्यक्ष विजय रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रबन्धक नवराज नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन पत्रिकाका सम्पादक ताराप्रसाद शर्माले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

बागलुङ नगरपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई सकियो

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

सुख्खा पहिरोले डोजर पुर्दा चालकको मृत्यु

ताजा समाचार

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत
ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला
ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला
बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या
बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या
बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे
बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे

ट्रेन्डिङ

ढाका उद्योग मार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ नगरपालिका भित्रका बालबालिकामा कुपोषण र रक्तअल्पताको समस्या

बागलुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बागलुङ रेडक्रसको ३६ औं साधारण सभा सकियाे

जनस्वास्थ्य कार्यालय बागलुङको भौतिक प्रगति ९० प्रतिशत

परिसुचन पत्रीकाको स्थापनामा फुटसल प्रतियोगिता

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com