बागलुङ, १७ कार्तिक । बागलुङको हल्लनचोकबाट जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले नौ जना जुवाडे समातिएका छन् । पक्राउ पर्नेमा वर्ष ४२ को चिरञ्जीवी शर्मा ,वर्ष ६३ को रिपोर्ट जि.सी, वर्ष ६४ को अमर खड्का, वर्ष ६६ को भिम बहादुर खत्री, वर्ष ५६ को केशव पराजुली, वर्ष ५५ को राजु गौतम, वर्ष ३५ को हरी शर्मा, वर्ष ६६ को डम्मर बहादुर भण्डारी र वर्ष ५० को दुर्गा बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रसाईले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरू राजनीतिक दलका नेतादेखि, वकिल र व्यवसायमा आबद्ध रहेका छन् ।
बागलुङ बागलुङ न.पा.०२ हल्लनचोक स्थित अमर खड्काको तिन तले पक्की घरको तेस्रो तलामा जुवा तास खेलीरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ प्रहरी टोलीले ९ जनालाई जुवा तास खेलीरहेको अवस्थामा फेला पारेको हो ।
प्रहरीले जुवा खाल तथा व्यक्तिको शरीरबाट एकमुष्ठ नगद रु १,६४,९२५।– (एक लाख चौसठ्ठी हजार नौ सय पच्चीस रुपैयाँ) समातेको प्रहरी उपरीक्षक प्रसाईले जानकारी दिनुभयो ।










