Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आन्तरिकतर्फ दैनिक ४८ उडान : व्यवसायी अन्योलमा

  • सिबी अधिकारी
  • ५ वर्ष अगाडि

काठमाडौँ । आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ ।
प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल ९ट्रङ्क रुट० मा ३९ उडान र दुर्गममा हुने उडान ९स्टल० का लागि नौ वटा गरी दैनिक ४८ उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् ।

बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्सलगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेका छन् । कतिपय एयरलाइन्सले उडान तालिका बनाएर प्राधिकरणबाट स्वीकृति पनि लिइसकेका छन् । यस विषयमा प्राधिकरणले औपचारिक निर्णय गरिसकेको छैन ।

वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रङ्क रुटमा अहिलेलाई ४८ उडान प्राधिकरणबाट स्वीकृत भएको बताउनुभयो । हेलिकप्टरको उडान थपिनेछ ।

बुद्ध एयरले १८ उडान अनुमति पाएको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले उडान सञ्चालनका लागि आवश्यक सबैखाले तयारी गरिएको बताउनुभयो । बुद्ध एयरले सबै गन्तव्यमा उडान गर्ने योजनाअनुरुप टिकट बुकिङ खुलाएको उहाँले जानकारी दिनुभयो । बुद्धले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ । सामान्य अवस्थामा दैनिक १०० हाराहारी उडान गर्ने बुद्धले बन्दाबन्दीपछिको शुरुआती चरणको उडानमा कम सङ्ख्यामा उडान गर्नेछ ।

निजी क्षेत्रको अर्को यती एअरलाइन्सले ११ उडान अनुमति पाएको छ । सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल प्राधिकरणबाट अनुमोदन गराई पूर्वाभ्यास गरिरहेको छ । यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दैनिक रुपमा कर्मचारीलाई अभ्यास तथा स्वास्थ्य सर्तकताका सबैखाले तयारी गरिएको जानकारी दिनुभयो ।

यतीले शुरुमा ११ उडान गर्नेछ । अवस्था हेरेर क्रमशः उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । यतीले सामान्य अवस्थामा दैनिक ७० सम्म उडान गर्दै आएको थियो । यतीसँग हाल पाँच एटिआर र पाँच जेटस्ट्रिमसहित १० जहाज छन् ।

आठ उडान अनुमति पाएको श्री एयरले पनि आफ्ना गन्तव्यमा सुरक्षित उडानका लागि पूर्वअभ्यासलगायत तयारी गरिसकेको छ । कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले भदौ १ गतेदेखि हुने उडानको सम्पूर्ण तयारी सकिएको बताउनुभयो । पहिला दैनिक २० उडान गर्ने श्रीले पनि भदौ पहिलो साताभर दैनिक आठ उडान गर्नेछ । कम्पनीसँग सिआरजे ७०० र सिआरजे २०० सिरिजका समान दुई जहाज तथा ‘ड्यास एट’ दुई गरी जम्मा छ वटा जहाज छन् ।

समान तीन उडान पाएको सीता र समिट तथा सीम्रिक एयरले दुई वटा उडान गर्ने अनुमति पाएका छन् । सौर्य एयरलाइन्सको जहाज ग्राउण्डेड रहेकाले उडानको यकिन भएको छैन । विमानस्थलमा प्रतिघण्टा ३५० यात्रुलाई मात्र उडान गर्ने प्राधिकरण र वायुसेवा प्रदायकबीच सहमति भएको छ । यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गते
बैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ ।

उडान अन्योल कायमै

वायुसेवा कम्पनीले उडान सञ्चालनको तयारी तीव्र पारिरहँदा अझै उडान हुने होकी भन्ने यकिन भएको छैन । काठमाडौँ उपत्यकामा दैनिक कोभिड–१९ सङ्क्रमणका बिरामी बढिरहेकाले पुनः लकडाउन हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चेतावनी दिएको छ । विज्ञहरुको सुझावलाई लिएर सरकारले कोभिड सङ्क्रमण नियन्त्रणका लागि पुनः सवारी साघनको जोर बिजोर प्रणाली लागू गर्नसक्ने बताइएको छ । सोही सम्भावित अवस्थालाई ध्यानमा राख्दै हवाई कम्पनीले पाँच महिनापछि शुरु हुन लागेको हवाई उडान प्रभावित हुनसक्ने आशङ्का गरेका छन् ।

सार्वजनिक यातायात पूर्ण सञ्चालनमा नआउँदा हवाई उडानलाई समेत असर पर्ने उनीहरुको बुझाइ छ । ट्रङ्क रुटमा मुख्यगरी विराटनगर, सिमरालगायत गन्तव्यमा अवरोध कायमै रहेको तथा नेपालगञ्जसहित अन्य विमानस्थलमा पनि समस्या आउनसक्ने भएकाले शुरुआती व्यावसायिक उडान सञ्चालनमा कठिनाइ हुन सक्ने सङ्घका प्रवक्ता शर्माले बताउनुभयो ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक मानन्धरले एयरलाइन्सले उडान तयारी गरे पनि आगामी दिनको अवस्था कस्तो हुने भन्ने अन्योल रहेको बताउनुभयो । कम्पनीले आफ्ना जहाज जाने मुख्य गन्तव्यमा अवरोध रहेकाले पोखरा गन्तव्यमा मात्रै उडान हुनसक्ने जनाएको छ । आन्तरिक उडानमा १० हेलिकप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् । नियमित उडानमा ३४ हेलिकप्टर र ४६ जहाज छन् । आन्तरिकमा दैनिक ३५० भन्दा बढी उडान हुँदै आएको थियो ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन

वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा

 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

जेनजी आन्दोलनपछि लाइसेन्स छपाइ र वितरण अनिश्चित कालका लागि बन्द

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

नख्खु कारागार फर्किए रवि लामिछाने, थप सुरक्षाको माग

ताजा समाचार

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल संचालन
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
बडादशैंको टीकाको उत्तम साइत बिहान ११ः५३ बजे
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
वडाध्यक्ष केसीले फिर्ता लिए राजीनामा
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
मध्यरातको बालुवा उत्खनन पश्चात् बडीगाड गाउँपालिकामा तालाबन्दी , जनप्रतिनिधि आएनन् सम्पर्कमा 
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ
 आठजना कैदिबन्दी बागलुङमा पक्राउ

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा दिउँसो कर्फ्यु हट्यो, साँझदेखि मात्र लागू हुने

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन सहमति, संसद् विघटनमै अड्कियो वार्ता

जेनजीको प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या ५१ पुग्यो

नख्खु कारागार फर्किए रवि लामिछाने, थप सुरक्षाको माग

“युवाले व्यवस्था उल्टाउन नभई नागरिकको अवस्था फेर्न आन्दोलन गरेका हौ”

लैंगिक हिंसामा महिला र दलितमा पिडित बागलुङमा बढि

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com