Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

उपत्यकामा स्वाब सङ्कलन गर्न १४ स्वाब केन्द्र

  • ६ वर्ष अगाडि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव सङ्कलन केन्द्र तोकेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिको नमूना परीक्षणका लागि स्बाव सङ्कलन गर्न १४ वटा अस्पताललाई स्बाव सङ्कलन केन्द्र तोकिएको बताउनुभयो ।

ती स्बाव सङ्कलन केन्द्रमा गई कोभिड–१९ परीक्षण मापदण्डभित्र तोकिएका व्यक्तिको निःशल्क परीक्षण गरिने छ । उहाँका अनुसार पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब सङ्कलन केन्द्र तोकिएको छ ।

ती स्बाव सङ्कलन केन्द्रमा बिहान ९ देखि १ बजेसम्म परीक्षणका लागि नमूना सङ्कलन हुने उहाँले बताउनुभयो । यसैगरी मन्त्रालयले तोकिएको कोभिड–१९ हब अस्पताल, कोभिड–१९ क्लिनिक अस्पताल, कोभिड–१९ अस्पताल लेभल १, २ र ३ मा पनि परीक्षणका लागि स्बाव सङ्कलन गरिनेछ । यसअघि मन्त्रालयले उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङमा स्वाब सङ्कलन गरेको छ ।

यसैगरी उपत्यकामा सङ्क्रमित ठाउँमा गएर इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पनि स्वाब सङ्कलन गरिरहेको छ । महाशाखाले बढी अग्रपङ्क्तिमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयमा गई पनि स्वाब सङ्कलन गरिरहेको छ । बैंक, मालपोत तथा नापी कार्यालय, अस्पतालका स्वास्थ्यकर्मी, सिंहदरबारका सरसफाइ गर्ने कर्मचारी, कालीमाटी तरकारी बिक्री केन्द्र लगायतका कार्यालयमा गई स्वाब सङ्कलन गरी कोभिड–१९ परीक्षण गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले स्वाब सङ्कलनका लागि अस्पताललाई निर्देशन दिइसकेको समेत जानकारी दिनुभयो । “हामीले ती स्बाव केन्द्रको रुपमा तोकिएका अस्पताललाई स्वाब सङ्कलनका लागि निर्देशन दिइसकेका छौ”, उहाँले भन्नुभयो, “सायद भोलिदेखि स्वाब सङ्कलन गर्नेछन् ।”

उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अस्पताल, नेपाल पुलिस अस्पताल, स्टार अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, सेन्ट्रल डाइग्नोष्टि ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, विध ल्याब र सूर्या हेल्थ केयरबाट कोभिड–१९ को परीक्षण गरिन्छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले उपत्यकामा कोभिड–१९ का शङ्कास्पद सङ्क्रमितको खोजपडताललाई पनि तीव्रता दिइएको बताउनुभयो ।

यसैगरी मन्त्रालयले कोभिड–१९ को महामारी सङ्क्रमण बढिरहेकाले हालको अवस्थामा काठमाडाँै उपत्यकामा समेत यसको जोखिम बढिरहेकाले सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालन गर्न, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कने र भीडभाड नगर्न तथा चाडपर्व घरमै बसेर मनाउनसमेत अनुरोध गरिएको उहाँले बताउनुभयो ।

नेपालमा अहिलेसम्म २१ हजार ९ जना सङ्क्रमित भइसकेका छन् । तीमध्ये १५ हजार २६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने पाँच हजार ९२५ जना सक्रिय सङ्क्रमित र ५८ जना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ३४ वटा प्रयोगशालाबाट चार लाख छ हजार ४९४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

बागलुङमा तीन वर्षमा ५९ सवारी दुर्घटना

दुई जना अपाङ्ग व्यक्तिलाई आर्थिक तथा सामग्री सहयोग

‘ट्राफिक व्यवस्थापनमा सरोकारवालासँग सहकार्य आवश्यक ’

बागलुङमा पनि मनाईयो २१३ औँ भानु जयन्ती

कालिकामा चित्रकला कार्यशाला

ताजा समाचार

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट
बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर
बागलुङमा करेन्ट लागेर एक जना घाईते
बागलुङमा करेन्ट लागेर एक जना घाईते
आईफोन पचाउन साथीको हत्या
आईफोन पचाउन साथीको हत्या
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर
संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ट्रेन्डिङ

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

आईफोन पचाउन साथीको हत्या

करेन्ट लागेर भएका घाइतलाई गण्डकी अस्पताल रिफर

बागलुङमा करेन्ट लागेर एक जना घाईते

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com