Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मुस्ताङमा दोस्रो राष्ट्रिय स्की च्याम्पियनसिप

  • ७ वर्ष अगाडि

 

मुस्ताङ,माघ २२ गते । हिमालपारीको जिल्ला मुस्ताङमो दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्की संघको आयोजना गरिएको उक्त प्रतियोगितामा अल्पाइन स्की र स्नोबार्ड स्कीका लागि १४–१४ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । हिउँ जमेको ठाउँमा खेलिने उक्त खेल मुस्ताङको बारागुङमुक्ति क्षेत्र गाउँपालिका वडा नं. एक मुक्तिनाथ मन्दिर नजिकैको समथर भुभागमा खेलाईएको थियो । लामो समयदेखि हिमपातका कारण जमेको जमिनमा स्कीको प्रतियोगिता गराइएको नेपाल स्की संघका विजय श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा अल्पाइन स्कीको सिनियर पुरुषतर्फ तेन्जिङ शेर्पा प्रथम, कर्मा शेर्पा द्वितीय, सुकदेव थापा तृतीय, महिलातर्फ गौरीमाया तामाङ प्रथम, संगीता लामा द्वितीय र सजनी लामा तृतीय भएका थिए । यस्तै जुनियर पुरुषतर्फ दिपेश लामा प्रथम, दिनेश बोहरा द्वितीय, ओमकार थापा तृतीय, महिलातर्फ लक्ष्मी राई प्रथम, प्रियङ्का गुरुङ द्वितीय र पलिसा बज्राचार्य तृतीय भएका थिए । यस्तै स्नोबोर्ड स्की खेलमा पुरुषतर्फ राजन केसी प्रथम, विवेक तिवारी क्षेत्री द्धितीय, नविन तामाङ तृतीय भएका थिए ।

स्की संघका सदस्य एवं खेल संयोजक अर्जुन महर्जनले चार वर्ष अगाडि रसुवामा प्रथम र मुस्ताङमा दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न गरिसकिएकाले आगामी वर्ष यस्तै हिउँ जम्ने समथर भुभागको खोजी गरी वर्षेनी स्की प्रतियोगिता आयोजना गर्ने बताउनुभयो । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले हिमपाात भएको ठाउँमा खेलिने यस्तो खेलले पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

अन्र्तराष्ट्रिय स्तरका खेल विज्ञहरुले मुस्ताङमा स्की खेलाउँन सकिने धेरै आधारहरु रहेको बताएकाले उक्त मुस्ताङमा वर्षेनी राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने भएकाले सोही अनुसार केन्द्र सरकार र प्रदेश सरकारलाई यसवारेमा झक्झकाउँने बताउनुभयो । मुक्तिनाथका युवा सुरज गुरुङले धार्मिक तथा सौन्दर्य अवलोकनका लागि विश्वमै प्रख्याती कमाएको मुस्ताङलाई स्की खेलका माध्यमबाट चिनाउँने अवसर प्राप्त गरेकाले यस खेलको निरन्तरता पाए चिसो अवधिभर विस्थापित बनेको मुस्ताङको पर्यटन व्यवसाय फस्टाउँन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

बागलुङले पायो दुई मन्त्री

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ताजा समाचार

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन
बागलुङले पायो दुई मन्त्री
बागलुङले पायो दुई मन्त्री
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

ट्रेन्डिङ

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

बागलुङले पायो दुई मन्त्री

कालीगण्डकी नदी तटमा व्यानर प्रदर्शन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com