Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

आर्थिक स्रोतका लागि बाल क्बलले बाख्रापालन शुरु

  • ८ वर्ष अगाडि

भद्रपुर, २ फागुन । झापाको धुलाबारी माध्यमिक विद्यालयमा रहेको प्रकृति इको क्लबले आर्थिक स्रोतका लागि बाख्रापालन शुरु गरेको छ ।

एक वर्ष अघि राष्ट्रिय बाल क्लब सम्मेलनमा उक्त क्लबले उत्कृष्ट क्लबका रुपमा पुरस्कारबापत पाएको रु २५ हजारले चारवटा बाख्रा किनेर पाल्न शुरु गरेको हो । हाल विद्यालय परिसरमै रु दुई लाखभन्दा बढीका आठ खसीबाख्रा रहेको बाल क्लबका संरक्षक शिक्षक रमेश दाहालले बताउनुभयो । जिल्लाकै नमूना क्लबका रुपमा रहेको यस क्लबमा आबद्ध विद्यार्थीले नै बाख्राको हेरचाह गर्दै आएका छन् । “बाख्राको हेरचाह र खानपानको व्यवस्था आफैँ विद्यार्थीले गर्छन्”, उहाँले भन्नुभयो, “बिहान बेलुका भने विद्यालयमा रहेका पालेले सहयोग गर्नुहुन्छ ।”

विद्यालयमा प्राविधिक शिक्षकको रुपमा भेटेनरी कक्षा पनि सञ्चालन भइरहेको हुँदा बाख्रा बिरामी परेमा पनि विद्यार्थीले उपचार गर्दै आएको शिक्षक दाहालले बताउनुभयो । बाल क्लबका विद्यार्थीले विद्यालयमा विभिन्न कार्यक्रम पनि गर्दै आएका छन् । उनीहरुले विद्यालयमा बालमैत्री धारा जडान, छात्रामैत्री शौचालय (महीनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड र हरेक कक्षा कोठामा शुद्ध पिउने पानीको फिल्टरसमेत राखेका छन् ।
क्लबले बाल विवाह रोक्ने, चेतनामूलक नाटकलगायत कार्यक्रम प्रदर्शन गर्ने, हरित विद्यालय बनाउने अभियानसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बाल क्लबका सचिव गोविन्द घिमिरेले प्रत्येक तीन÷तीन महीनाको अन्तरालमा आफूहरूले फिनल्याण्डमा रहेको बाल क्लबका सदस्यसँग स्काइपमार्फत बाल अधिकारसम्बन्धी अन्तक्र्रियासमेत गर्ने गरेको बताउनुभयो ।
“हामीले गर्ने विभिन्न कार्यक्रममा लाग्ने खर्चका लागि प्रत्येक महीना विद्यार्थीबाट रु पाँच क्लबमा जम्मा गर्छौं”, सचिव घिमिरेले भन्नुभयो, “विद्यालयमै क्लोरिन झोल (पानी शुद्धीकरणमा प्रयोग गरिने) उत्पादन गरेर अभिभावक र अन्य विद्यालयलाई समेत बेच्दै आएका छौँ ।”
विद्यालयमा कक्षा १ देखि १२ सम्म दुई हजार १४५ विद्यार्थी रहेकामा कक्षा १ देखि १० सम्मका एक हजार ३४५ विद्यार्थी क्लबमा आबद्ध छन् । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

संस्कृति संस्कार संरक्षण गराै : सांसद काउचा मगर

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com