Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सडक सुधार नहुँदा यात्रु उच्च जोखिममा

  • हेमन्त केसी
  • ७ वर्ष अगाडि

जाजरकोट, ४ फागुन । भेरी नदीमा बस खसेर बिहीबार साँझ चार जनाको मृत्यु भयो ।

भेरी नगरपालिका–१ रिम्ना नजिकको सडकबाट नदीमा बस खसेर भएको दुर्घटनाको मुख्य काराण साँघुरो सडकको मोड, सडकमा जोखिमपूर्ण तरिकाले बनेको चटानको खोच र त्यसमाथि गाडीको गति नै रहेको पाइएको छ । गाडी चालक वा त्यसमा चढ्ने यात्रुहरु सबै डराउने सडक क्षेत्र हो खलङ्गा रिम्ना सडकखण्ड । आठ वर्ष अघि विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीवीकोपार्जन कार्यक्रम (ड्रिल्पी )अन्तर्गत निर्माण भएको उक्त सडक अहिलेसम्म राम्रोसँग स्तरोन्नति नहुँदा जिर्ण र जोखिमपूर्ण बन्दै गएको स्थानीय सरोकारवालाहरु बताउछन् । सडकमा परेका खाल्डाखुल्डी साँघुरो क्षेत्र र गुणस्तरहीन सडक संरचनाका कारण यो सडकको यात्रा सधै कष्टपूर्ण र जोखिमपूर्ण हुने गरेको स्थानीयवासीले गुनासो गर्दै आएका छन्

बिहीबार गाडीमा यात्रा गर्ने यात्रुहरु धेरै सङ्ख्यामा नभएका कारण ठूलो मानवीय क्षति हुन पाएन । १३ जना सवार उक्त गाडीमा चार जनाको ज्यान गयो भने नौ जना घाइते भए । जाजरकोटका लागि अघिल्ला सडक दुर्घटनाको तुलनामा यो दुर्घटना सानो भए पनि सरोकारवालाहरुले सधै भइरहने सडक दुर्घटनाको कारण खोज्नुपर्ने स्थानीयवासी गगनबहादुर खड्का बताउनुहुन्छ ।

जाजरकोट सदरमुकाम खलङ्गा आसपासको सडकको अवस्था निकै जोखिमपूर्ण भए पनि सरोकारवालाहरुले कुनै चासो र ध्यान नदिएका कारण सडक यात्रा कष्टपूर्ण र जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले पनि बिहीबार साँझ रिम्नाको सडकबाट भेरीमा बस खस्नुका प्रमुख कारण अप्ठेरो सडक र तिव्र गति भएको बताउनुभयो ।

जाजरकोट–डोल्पा सडकअन्तरर्गत खलङ्गादेखि रिम्नासम्मको सडकखण्डको अवस्था निकै दयनीय भएको र जोखिमपूर्ण अवस्था भए पनि सडकको स्तरोन्नति गर्न स्थानीय जनता र सञ्चारकर्मीहरुले सडक डिभिजन कार्यालय चौरजहारी, स्थानीय तथा केन्द्रीय जनप्रतिनिधिहरु र अन्य सरोकारवाला निकायहरुमा बारम्बार विभिन्न माध्यमबाट ताकेता गरे पनि कुनै सुनुवाइ नभएको पीडितहरु बताउँछन् ।

आठ वर्ष अघि निर्माण गरिएको उक्त सडक वर्षातमा सधै बन्द हुने गरेको छ भने अन्य बेला पनि सडकको खाल्डाखुल्डी, साँघुरो मोड र बिग्रेको अवस्थाका कारण जोखिमपूर्ण तरिकाले गाडीहरु गुड्ने गरेको स्थानीयवासीको गुनासो छ ।

साना गाडी नै गतिलोसँग गुड्न मिल्ने अवस्था छैन झन ठूला बसलाई गुड्न के सजिलो हुन्छ र ? स्थानीय यातायात व्यवसायी प्रेमबहादुर रानाले बताए । “वर्षात्का बेला हिलो र खाल्डोमा गाडी फसेको बेला डोरी र ट्याक्टरले तान्नुपर्छ भने आजभोलि पनि निकै डराएर गाडीहरु चलाउनुपर्छ”, उहाँ भन्नुहुन्छ , “यो सडक कहिले पनि सुध्रिने जस्तो देखिदैन, कोही सुधार्ने निकाय पनि देखिदैनन् ।”

जाजरकोट–डोल्पा सडकको खलङ्गा रिम्नाखण्डको मात्र होइन खलङ्गा पाँच काटिया सडकको अवस्था पनि रिम्नाभन्दा कम छैन । सडक निर्माण भएको नौ वर्षसम्म बस चलाउन नसकिएको उक्त सडकमा पनि पानी परेको बेला गाडी गुडाउन मिल्दैन ।

सडक निर्माण गर्दा निकै गुणस्तरहीन काम हुनु र सडक स्तारोन्नति गर्नेतर्फ स्थानीय सरकार, केन्द्र सरकार र अन्य सरोकारवालाहरुले ध्यान नदिएका कारण खलङ्गा पाँचकाटिया सडक पनि जीर्ण र जोखिमपूर्ण रहेको कुसे ५ का डिल्लीबहादुर थापाले बताउनुभयो ।

सडक बनेको यत्रो वर्ष भयो न बस गुड्छ न सडकको स्तरोन्नति गर्न कोही कसिन्छन् थापाको गुनासो छ । गतिलो सडक नबनाउनु र बनेको सडक पनि कामै नलाग्ने जस्तो हुनु जनतामाथिको हाकाहाकी ठगी भएको उहाँले बताउनुभयो ।

यस्तै सदरमुकाम खलङ्गा बजार प्रवेश गर्ने नाकाको रुपमा रहेको मटेला पुलदेखि बोहोरा गाउँसम्मको सडकको अवस्था पनि जीर्ण छ । बोहोराको उकालो लाग्ने पासागाड खोलाको छेउमा कालोपत्रे सडकमा ठूलो खाल्डो परेको दुई वर्ष बिते पनि कुनै सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो ।

दुई वर्षसम्म उक्त सडकमा कति नेता हिडे कति कर्मचारी हिडे तर कसैले बिग्रेको सडक बनाउनेतर्फ ध्यान दिएनन श्रेष्ठको गुनासो छ । कालोपत्रे भत्किएर खाल्डो परेको पासागाड छेउको सडकमा परेको तालमा मोटरसाइकल डुब्ने गरेको र अन्य गाडीलाई पनि अप्ठेरो हुने गरेको उनले बताए ।

जाजरकोटबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफूले सांसदमा निर्वाचित भएको एक वर्षभित्र खलङगा– रिम्ना, खलङ्गा –पाँचकटिया र छेडाचौरदेखि थलह बजारसम्मको सडक कालोपत्रे गर्ने बाचा निर्वाचनका वेला गरेको थियो ।

मन्त्री बस्नेतको बाचाअनुसार कालोपत्रे हुने त के बिग्रेको सडकको गतिलो मर्मतसमेत नहुँदा सर्वसाधारणले ठूलो सास्ती बेहोर्नुपरेको स्थानीयको आरोप छ । यता मन्त्री बस्नेतको बाचाअनुसार सडक विभागले ती सडकहरुमा कालोपत्रे गर्नका लागि टेन्डर आव्हानको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ ।

यस अघि २०७१ मङ्सिर ४ गते ५४ जना र २०७३ फागुन २६ गते २९ जनाको ज्यान जाने गरी भएका ठूला बस दुर्घटनाहरुका कारण गाडी दुर्घटनाको खबर सुन्ने बित्तिकै जाजरकोटवासीहरु निकै डराउने गर्छन् । खलङ्गा रिम्ना सडकमा मात्र रु २१ करोड रकम खर्च भएको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

दुई कर्मचारी सम्मानित

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com