Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मुस्ताङमा हिउँ पर्यटन

  • ७ वर्ष अगाडि
मुस्ताङको जोमसोम विमानस्थलमा एक हप्तापछि अवतरण भएको तारा एयरको विमान । तस्विर सौजन्यः सुशिलबाबु थकाली ।

बागलुङ, फागुन १० गते । केही वर्ष अगाडिसम्म जाडोयाममा भारी हिमपात हुने भएपछि सुनसान बन्ने मुस्ताङका पर्यटकीय क्षेत्रहरु यस वर्ष भने सुनसान हुनु परेन । पुस महिनादेखि नै सामान्य हिमपात भइरहेको मुस्ताङमा माघ महिनामा पटक–पटक परेको भारी हिमपातको अवलोकन गर्न आउँनेहरुको संख्या बढ्न थालेपछि यस वर्ष त्यस्तो सुनसान हुनु नपरेको हो ।

केही वर्ष अगाडिसम्म हिमपात हुने भएपछि हिउँ छल्का लागि बेनी, बागलुङ, पोखरा, काठमाडौंसम्म पुगेर बस्ने स्थानीयलाई अहिलेपनि विगतभन्दा केही सहज हुनुको कारण हो हिउँ खेल्न आउने पर्यटकहरु । कालिगण्डकी करिडोर अन्र्तत बेनी–मुस्ताङ सडकमा सहज यातायातको सुविधा भएपछि पोखरा, काठमाडौं लगायतका ठाउँबाट पर्यटकहरु हिउँ खेल्न तथा अवलोकन गर्न आउँने भएपछि केही सहज भएको मुस्ताङको ठिनीमा सञ्चालित थलाली होमस्टेका सञ्चालक जुमा थकालीले बताउनुभयो ।

मुस्ताङ सदरमुकाम क्षेत्रमा समेत तीन फिट बाक्लो हिउँ परेपनि टाढाटाढा बाट पर्यटकहरु आउने गरेका कारण पहिले जस्तो सुनसान अवस्थामा बस्नु नपरेको थकालीको भनाई छ । यातायातका साधनहरुबाट सहज रुपमा मुस्ताङ सदरमुकाम जोमसोमसम्म पुग्न सकिने भएपछि मुस्ताङ आसपासको हिमदृश्य, चिसोका कारण जमेको धुम्बातालमा फोटो खिचाउँने पर्यटकहरुको आकर्षण बढ्न थालेपछि यस वर्ष केही सहज भएको स्थानीय युवा निरज थकालीले बताउनुभयो ।

केही समय अगाडि हिउँ जमेको ठाउँमा खेलिने स्की खेलको राष्ट्रिय प्रतियोगिता समेत मुस्ताङको मुक्तिनाथ क्षेत्रमा सम्पन्न भएकाले त्यसले पर्यटकहरुलाई थप आकर्षित गरेको स्थानीय बताउँछन् । ‘धेरैले हिमपातका बेला मुस्ताङ जान सकिन्न भन्ने सोंचेका रहेछन, यही राष्ट्रिय स्की प्रतियोगिता भएपछि काठमाडौंबाट समेत हिउँ अवलोकन गर्न आउँनेहरु बढेका छन् ।’ स्थानीय नरेन्द्र थकालीले भन्नुभयो ।

यस्तै हवाई मार्ग हुँदै आउँने पर्यटकहरुको संख्यापनि यसपालि पहिले भन्दा बढीनै भएको मुस्ताङ विमानस्थलले जनाएको छ । एक सातासम्म हिमपातका कारण बन्द रहेको जोमसोम बिमानस्थलमा बुधबारदेखि हवाई उडान हुन थालेपछि हवाई मार्गबाट आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिनुभयो ।

हिमपातपछि बन्द भएको विमानस्थलमा एक हप्तापछि उडान भरेको तारा एयरले बुधबार चार भारतीय पर्यटक र अन्य नेपाली पर्यटकहरु गरी १५ जना र बिहीबार पाँच भारतीय पर्यटक, पाँच विदेशी नागरिक र अन्य नेपाली पर्यटकहरुलाई लिएर मुस्ताङ अवतरण गरेको थियो ।

मुस्ताङ आउँने र मुस्ताङबाट पोखरा जाने यात्रुहरुको संख्या उल्लेख्य रहेकाले शुक्रबारबाट दुई–दुई उडान गर्ने तयारी भइरहेको कोइरालाले बताउनुभयो । मुस्ताङका प्राय डाँडाकाँडा, हिमाल, तालतलैया र बनजङ्गल सबै हिउँले सेताम्य बनेको यस बेला पर्यटकहरूको आकर्षण हुनु मुस्ताङका लागि फाइदाजनक भएको होटल व्यवसायीहरु बताउँछन् । ‘हामीले पहिले–हिले हिमपात हुनुपूर्व आउने पर्यटकहरुलाई सेवा दिएर हिमपात हुने बेला खाली बस्नुपर्ने अवस्था थियो, अहिले फ्याट्टफुट्ट आउँने पर्यटकहरुलाई सहज रुपमा सेवा दिन सकेका छौं, प्राय होटलहरु बन्द भएपनि एकाघ रुपमा सञ्चालनमा रहेका होटलहरुले सहज रुपमा सेवा दिन सकेका छौं ।’ एक होटल व्यवासयीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान

जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता

पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

ताजा समाचार

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
सुरक्षित आप्रवासन स्रोत केन्द्र बागलुङमा परेका ९८ वटा उजुरीमध्ये ४९ वटा समाधान
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
जलजला गाउँपालिकाले ल्यायो ५३ करोड , शिक्षादेखि विपद् व्यपस्थापनलाई प्राथमिकता
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
पाचौँ जिल्ला सभा बागलुङका छत्तिस निर्णय सार्वजनिक
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट
जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

ट्रेन्डिङ

बागलुङमा शुन्यदेखी पुर्णतामा नामक पुस्तक विमोचन

जैमिनी नगरपालिका आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड बजेट

गलकोट नगर अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

जननिगरानी साप्ताहिक दशौँ वर्षमा प्रवेश

बागलुङमा पनि मनाइयो बिश्व संगित दिवस

समुदाय विपद् स्वंयसेवक तालिम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com