Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गाँजा नष्ट गर्दै जुम्ला प्रहरी

  • ५ वर्ष अगाडि

जुम्ला, भदौ ५ गते । जुम्ला सदरमुकामा खलंगामा प्रहरीद्धारा प्राकृतिकरुपमा उम्रिएका गाँजाको बोट नष्ट गरिएको छ । चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ स्थित चन्नदननाथ बाबाको सेरा ज्युलो, बसपार्क, भारतीवाडा, हस्पिटल लाइन र जुगाड खोलाको आसपासको स्थानहरुमा उम्रिएको गाँजा सुरक्षा निकायको टोलीले नष्ट गरेको हो ।

शनिबार प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईं, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख ९डिएसपी० दानबहादुर थापा नेतृत्वको सुरक्षा निकायको टोलीले संयुक्त रुपमा उक्त गाँजा नष्ट गरेको हो ।

जुम्ला स्थित नेपाल प्रहरी , सशस्त्र प्रहरी, नागरिक समाज र नेपाली सेनाका जवान परिचालन गरी गाँजा नष्ट अभियान चलाएका हुन् । गाँजा चरेसका कारण समाजमा विभिन्न किसिमका आपराधिकजस्ता क्रियाकलाप हुने भएकोले गाँजा जुम्ला बजार लगायत अन्य ठाउँहरुमा पनि लगाएका वा आफैँ उम्रिएका गाँजा तुरुन्तै नष्ट गरिने प्रहरी नायव उपरीक्षक थापाले बताए ।

जुम्लामा गाँजा खेती नभए पनि प्राकृतिरुपमा बारीमा उम्रिएको गाँजा सम्भावित स्थानहरुको खोजी गरि प्रहरीले नष्ट गरेको हो । गाँजा खेती नष्ट गर्न नेपाल प्रहरी, नेपाली सेना ,सशस्त्र प्रहरी लगायत संयुक्त सुरक्षा फौजलाईसमेत परिचालन गरिएको छ ।

गाँजा नष्ट गर्न जिल्लाभरका प्रहरी चौकी र प्रहरी इकाइलाई निर्देशन दिइएको प्रहरी नायव उपरिक्षक थापाले बताए । शनिबार सुरक्षा निकायको टोलीले करिब तीन बिगाह क्षेत्रफलमा रहेको गाँजाको बोट नष्ट गरेको छ ।

भदौ दोस्रो वा तेस्रो सातादेखि गाँजा परिपक्व भएपछि कारोबारीहरुले संकलन गर्ने गर्छन् । गाँजा लागुऔषधको रुपमा प्रयोग हुने गरेकाले प्रहरीले भदौको पहिलो सातामै नष्ट गरिदिएको हो ।

राम्रोसँग फस्टाएको एउटा बोटबाट आधा किलोदेखि एक किलोसम्म तयारी अवस्थाको गाँजा उत्पादन हुने बताइन्छ । यसरी उत्पादन भएको तयारी अवस्थाको गाँजा भारतीय बजारमा पु¥याउन सकेको अवस्थामा कारोबारीहरुले प्रतिकिलो ११ हजार भारतीय रुपँयाँसम्ममा विक्री गर्ने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com