Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मध्यपहाडी लोकमार्गको गण्डकी प्रदेश खण्डमा धमाधम काम

  • ७ वर्ष अगाडि

नेपालसञ्चार पाेखरा, असाेज २ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहको पुष्पलाल मध्यपहाडी लोकमार्गको गण्डकी प्रदेश खण्ड निर्माणले तिव्रता पाएको छ । मध्य पहाडी क्षेत्र भएर नेपालको पूर्व पश्चिम जोड्नेगरी निर्माण सुरु गरिएको लोकमार्गको गण्डकी प्रदेश खण्डमा पर्ने गोरखाको आरुघाटदेखि बागलुङको निसीखोलासम्मको करिब तीन सय ५३ किलोमिटर सडक निर्माण तिव्र गतिमा भइरहेको हो । 

प्रदेश नम्बर तीनको नुवाकोट जिल्लासँग जोडिएको गोरखाको आरुघाटबाट सुरु हुने लोकमार्ग प्रदेश नम्बर पाँचको रुकुमको निसीखोला क्षेत्रभएर अगाडि बढ्नेछ । विभिन्न खण्ड–खण्डमा विभाजन गरी ठेक्का प्रक्रियामार्फत काम सुरु गरेको लोकमार्ग गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बागलुङको मध्य भागमा भएर जानेगरी निर्माण गरिएको छ । गण्डकी प्रदेशका पाँच जिल्ला मध्य लोकमार्ग सबैभन्दा धेरै बागलुङ जिल्ला भएर गएको छ ।

बागलुङमा रहेको एक सय ३५ किलोमिटर सडक मध्य अहिलेसम्म ८५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बागलुङ–घोडाबाँधे खण्डको २६ किलोमिटर र निसीखोला गाउँपालिका खण्डको २५ किलोमिटर सडक खण्ड चालु वर्षभित्रै सम्पन्न गर्नेगरी काम भइरहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । पर्वत खण्डमा पर्ने २४ किलोमिटर सडक वर्षा समाप्त भएसँगै भदौ पहिलो हप्तादेखिनै धमाधम काम भइरहेको छ । अहिले सडकको दुवैतर्फ नाली निर्माण गर्ने र मालढुङ्गा–नयाँपुल खण्डको करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ ।

कास्की खण्डको लुम्ले क्षेत्र र नयाँपुल क्षेत्र गरी करिब सात किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने नयाँपुल–याम्दी खण्डको थप ३० किलोमिटर सडक एक वर्षभित्रै कालोपत्रे भइसक्ने कार्यालय प्रमुख थापाले बताउनुभयो । कास्की खण्डमा पर्ने ८३ किलोमिटर सडक मध्य याम्दी–नयाँपुल खण्डमा सडक ग्राभेलको काम भइरहेको र अन्य ४६ किलोमिटर सडकको डिपिआर तयार गरी ठेक्कामा लगाउँन बाँकी रहेको छ । उक्त ४६ किलोमिटर सडक खण्ड पोखरा बजारभन्दा पारी (मनिपाल अस्पताल)– बेगनासताल हुँदै जाने भएकाले त्यसको ठेक्का लगाउँन बाँकी रहेको थापाले बताउनुभयो ।

गोरखा जिल्लामा पर्ने ६५ किलोमिटर सडक मध्य आरुघाट निवेल सडक खण्डमा पर्ने २९ किलोमिटर सडक खण्ड मध्य चार किलोमिटर क्षेत्रमा बुढीगण्डकी जलविद्युत आयोजनाको ड्यामका कारण केही समय लाग्ने भएपनि त्यसलाई टुङ्गाएर काम भइरहेको, पालुङ्टार–पाउथिर खण्डको १६ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्ग कार्यालय लमजुङका प्रमुख रमेशकुमार दृष्टीले जानकारी दिनुभयो, दृष्टिका अनुसार आफ्नो क्षेत्र भित्र पर्ने लमजुङ र गोरखा क्षेत्रका सबै खण्डको डिपिआर तयार भई काम सुरु भइरहेको छ । 

४५ किलोमिटर सडक रहेको लमजुङ खण्डको रातमाटा खण्डको १६ किलोमिटर, रातमाटा–भोर्लेटार सडकको करिब सात किलोमिटर सडक यसै वर्ष कालोपत्रे सम्पन्न गर्नेगरी काम भइरहेकोछ ।

मजुङको सुन्दरबजार क्षेत्रमा रेखाङ्कन गरिएको क्षेत्रमा मानव बस्ती भएका कारण सडक निर्माणमा केही समस्या भएपनि अन्यत्र भने कुनै समस्या नभएको दृष्टिले बताउनुभयो । ‘अहिले हामीले तिव्र गतिका साथ काम गरिरहेका छौं, केही समय वर्षाद्को समयमा काम नभएपनि अहिले तिव्रताका साथ काम भइरहेको र दुई जिल्लामा आवश्यक चार वटा पुलहरु समेत एक वर्षभित्रै सम्पन्न गर्नेगरी काम भइरहेको छ ।’ दृष्टिले भन्नुभयो ।

मध्यपहाडीले भौगोलिक अवस्था हेरी सडक निर्माण गरिरहेको छ । प्रयाप्त जग्गा भएको र भोली शहरीकरणको सम्भावना रहेको ठाउँमा त्यही अनुसार फराकिलो सडक र अन्य ठाउँमा आठ मिटरका सडकहरु निर्माण भइरहेका छन् । कास्कीको याम्दी क्षेत्रमा ६ लेनको सडक निर्माण गरिएको छ भने त्यो भन्दा माथिल्लो लुम्ले क्षेत्रमा आठ मिटरको सडक निर्माण भइरहेको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको लोकमार्ग निर्माणमा बजेटको अभाव नहुने भएपनि निर्माण व्यवसायीहरुले कच्चा पदार्थको अभाव, वर्षाद्को समयमा काम नगर्दा केही असहज भएको आयोजनाको भनाई छ । ‘हामीले निर्माण व्यवसायीहरुलाई समयमै गुणस्तरीय सडक निर्माणका लागि पटक पटक अनुगमन गरिरहेका छौंं, निर्माण व्यवसायीमा केही अप्ठ्याराहरु आएमा तत्काल समस्या समाधान गर्नेगरी आयोजनाले सहजीकरण गरेको छ ।’ आयोजना पर्वतका प्रमुख आशिष थापाले भन्नुभयो ।

यता निर्माण व्यवसायीहरुले सडक क्षेत्रमा निर्माण समाग्रीको अभाव हुने, सडक आसपास हुने विद्युत, खानेपानीका पाइप तथा स्थानीयहरुका संरचनाहरुका कारणपनि निर्माणमा केही ढिलाई भएको बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा नौ जुवाडे पक्राउ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

पहिरोमा परि एक जनाको मृत्यु

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

ताजा समाचार

विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
विष्णु कुँवरको उपचारका लागि ८७ हजार येन आर्थिक सहयोग
बागलुङमा नौ जुवाडे पक्राउ
बागलुङमा नौ जुवाडे पक्राउ
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com