Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

पाेखरा विमानस्थलमा हवाइ यात्रुको चाप

  • ७ वर्ष अगाडि

नेपालसञ्चार पोखरा, असोज १६ गते । पर्यटनको मौसम सुरु हुँदासाथ पोखरा आउने हवाई पर्यटकको चाप बढ्न थालेको छ । हवाई मार्ग भएर पोखरा–काठमाडौं यात्रा गर्नेहरुको संख्या बढ्न थालेपछि हवाइजहाजहरु भरीभराउ भएर उडान गर्ने गरेका छन् । अफ सिजनको बेला दैनिक सात आठ सय यात्रु ओहोर दोहोर गर्ने पोखरा विमानस्थलमा अहिले एक हजार भन्दा बढी यात्रुहरु ओहोरदोहोर गर्ने गरेको पोखरा नागरिक उड्डयन कार्यालयका भोलाप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

पोखरा विमानस्थल भएर काठमाडौ, भैरहवा, भरतपुर र जोमसोम उडान हुने भएपछि पोखरा विमानस्थल प्राय व्यस्त हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । अहिले एकतर्फी रुपमा पोखरा–काठमाडौंका लागि बुद्ध एयरले १०, यति एयरले १० र सिम्रिंक एयरले २, पोखरा–भरतपुरका लागि बुद्ध एयर र यति एयरले एक–एक, पोखरा–भैरहवाका लागि बुद्धि एयर र यति एयरले एक–एक तथा पोखरा–जोमसोमका लागि तारा एयर र समिट एयरले पाँच–पाँच उडान गरिरहेका छन् ।

अरु समयमा भएका उडानहरु समेत खाली हुने अवस्था आउने गरेपनि पर्यटनको सिजन सुरु भएपछि सबै उडानहरु भरीभराउ हुने र यात्रुहरुले टिकट पाउँनै मुस्किल हुने गरेको छ । अहिले विमानस्थलमा विभिन्न कम्पनीका विमानले पोखरा–काठमाडौं २२, पोखरा–भरतपुर दुई, पोखरा–भैरहवा दुई तथा पोखरा–जोमसोमका लागि १० उडान गरिरहेका छन । अहिले पोखरा विमानस्थलमा दैनिक ३६ वटा एकतर्फी उडान भइरहेका छन् । दुवैतर्फबाट यात्रुहरुको चाप भएकाले पोखरा विमानस्थल ७२ वटक व्यस्त हुने गरेको छ । पर्यटन मौसम सुरु भएसँगै पोखरा–जोमसोममा यात्रुहरुको संख्या बढ्दा तारा एयर र समिट एयरले उडान संख्या बढाएर १५ सम्म पु¥याउँने गरेका छन् ।

विमानस्थलमा १८ सिटे ट्वीनअटरदेखि ६०–७० सिट क्षमताको जहाजहरुले नियमित उडान भरिरहेको उड्डयन कार्यालयले जनाएको छ । यात्रु संख्या बढ्दे गएपछि नियमित दुईतर्फी उडानका लागि निजी कम्पनीहरु प्रतिस्पर्धा गरिरहेपनि सरकार मातहतको नेपाल वायु सेवा निगमले नियमित उडान गर्न सकेको छैन । केही महिना अगाडिसम्म पोखरा–काठमाडौका लागि दुई उडान गर्दै आएको वायुसेवा निगमले पाइलटको अभाव भन्दै उडान रोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com