Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

गोरखामा एक महिना अघि नै मनाइयो दसैं

  • ५ वर्ष अगाडि

गोरखा, १ असोज । गोरखामा पर्व सुधार गर्ने भन्दै धुमधामका साथ दसैं मनाइएको छ । हिन्दु धर्मावलम्बीहरूको महान पर्व विजयादशमी आउन एक महिनाअघि नै सिरानचोक गाउँपालिका-५ छोप्रोक आसपासका स्थानीयहरूले दसैं मनाएका हुन् ।

बिहीबार विद्यालय तथा गाउँमा सामूहिक रूपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको मण्डली माविका शिक्षक हरिनारायण श्रेष्ठले जानकारी दिए । ‘यहाँ २०६९ सालदेखि नियमित रूपमा व्राहमण, नेवार तथा अन्य समुदायका मानिसले दसैं आउनुभन्दा एक महिना पहिले नै टीका लगाउछौं,’ उनले भने, ‘सोही अनुरूप नेवा गुठी छोप्राकको आयोजनामा बजार आसपासका ५९ घरधुरीले टिका र जमरा लगाएर धुमधामसँग दसैं मनाएका हौं।’

विगतमा जस्तै यस वर्ष पनि छोप्राक आसपासका सबै विद्यालयमा अभिभावक र विद्यार्थीलाई बोलाएर टीका लगाइएको उनले बताए । बिहीबार सर्वोदय आधारभूत विद्यालय, मण्डली मावि, जनज्योति लगायतका सबै सामुदायिक विद्यालयमा दसैंको टीका लगाएको थियो ।

‘शास्त्रीय मान्यता अनुसार गलत तिथिमा चाड पर्व मनाउँदा शुभ हुँदैन । समय अनुसार हाम्रा चाड पर्व एक महिना अघि सार्नुपर्ने देखिन्छ । सोही कारण हामीले अहिले दसैं मनाएका हौं,’ पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिका सदस्य सचिव हरिनारायण मल्लले भने । स्थानीयहरूले भदौ १७ गते घटस्थापना भन्दै सामूहिक रूपमा जमरा राखेका थिए ।

हरेक २१५० वर्षमा ऋतु एक महिनाअघि सर्ने हुँदा हाल चलिरहेको पात्रो अनुसार सूर्य उत्तरायण र दक्षिणायन हुने समयसमेत परिवर्तन भई २४ दिन अघि सरेकाले एक महिना अघि दसैं मनाइएको समितिका सचिव मल्लको भनाइ छ ।

नेपाली पात्रो अनुसार असोज २१ गते पर्ने घटस्थापना र २९ गते दसैंको टीका भए पनि छोप्राकका स्थानीयले भाद्र १७ गते जमरा राखेर बिहीबार धुमधामका साथ टीका लगाएका हुन् ।

छोप्राकका हरिनारायण मल्ल, कृष्ण पोखरेललगायतका व्यक्तिले सुरु गरेको यो अभियान अहिले गाउँपालिका भरी बिस्तार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ताजा समाचार

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
सिगाना तित्याङ समाज जापानको १९ सदस्यीय कार्यसमिति गठन, अध्यक्षतामा प्रकाश खड्का
पहिरोमा परि एक जनाको मृत्यु
पहिरोमा परि एक जनाको मृत्यु
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

ट्रेन्डिङ

काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’, भिडिओसहित

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com