Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मानव सेवा आश्रमलाई राजभण्डारीको एक लाख

  • ८ वर्ष अगाडि

बागलुङ, पुस १२ गते । वेसाहारा मानिसको संरक्षण र पालनपोषण गरिरहेको मानव सेवा आश्रम बागलुङमा बागलुङका समाजसेवी लालचन्द्र राजभण्डारीले एक लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । बागलुङमा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय राजजभण्डारीले आफ्नो ७७ औं जन्मदिनको अवसरमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

केही वर्षदेखि बागलुङमा वेसाहारा बनेका, मानसिक सन्तुलन गुमाएर सडकमा भौतारिरहेका मानिसहरुको संरक्षकत्व लिदै उनीहरुको पालनपोषण गरिरहेको आश्रममा अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो घर अगाडि केही युवाहरुको सक्रियतामा सडकमा अपहेलित जीवन विताइरहेका मानिसहरुको संरक्षकत्वको काम गरिरहेकाले उनीहरुलाई प्रोत्साहन होस भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

आफू सामाजिक क्षेत्रमा सक्रिय हुँदै ७७ वर्ष पुगेको भन्दै राजभण्डारीले बाचुन्जेल सामाजिक क्षेत्रमै सक्रिय रहने प्रतिबद्धता जनाउँदै आफूले स्थापना गरेको अक्षयकोषबाट प्राप्त हुने रकम मानव सेवा आश्रमले आफ्नो दैनिक काममा खर्च गर्न सक्ने बताउनुभयो । ‘मैले आफ्नो जन्मदिनका अवसरमा एक लाख रुपियाँ मानव सेवा आश्रममा अक्षयकोष स्थापनाका लागि प्रदान गरेको छु, यो अक्षयकोषको व्यवस्थापन पूर्ण रुपमा मानव सेवा आश्रमको हुनेछ यसमा आफू र आफ्नो परिवारको कुनै हस्तक्षेप हुनेछैन ।’ राजभण्डारीले भन्नुभयो ।

मानव सेवा आश्रममा राजभण्डारीको ७७ औं जन्मदिन मनाउँने कार्यक्रममा मानव सेवा आश्रमका अभिभावक सुमिरा लामाले नेपाललाई सडक मानव मुक्त बनाउँने अभियानमा आफूहरु लागिरहेकाले सो अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभएको थियो । आफूहरुले बागलुङमा आश्रम स्थापना गरेपछि धेरैको साथ र सहयोग रहेको भन्दै त्यही साथ र सहयोगका कारण बागलुङ बजारका सडकहरुमा देखिने वेसाहारा तथा मानसिक सन्तुलन गुमाएका मानिसहरुलाई आफूहरुले संरक्षकत्व दिन सकिएको बताउनुभयो ।

कार्यक्रममा समाजसेवी तथा बागलुङ नगरपालिकाका पूर्व उपप्रमुख पद्यमचन्द्र राजभण्डारी, समाजसेवी रघुनाथ राजभण्डारी, मुलपानी माध्यामिक विद्यालयका पुर्व प्रअ मेघराज पाण्डे, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा, सल्लाहकार कोपिला कँडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम मानव सेवा आश्रमका सञ्चालक मनिष रायमाझीको अध्यक्षता, देवबहादुर श्रेष्ठको स्वागत र राजेशचन्द्र राजभडारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने

बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

बागलुङमा भदौ २८ र २९ गते पाँचौं तीज मेला हुने

बागलुङमा एक वर्षमा ६९६ मुद्दा फछ्यौट

ताजा समाचार

नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
नाग्लिवाङका टोल विकास संस्थाको दुई लाखभन्दा बढी सहयोग
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम

ट्रेन्डिङ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com