Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

मनाङ दुई खेलअगावै लिग च्याम्पियन

  • ४ वर्ष अगाडि

काठमाडौँ, १२ पुस । मनाङ–मस्र्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङ आठौँ पटक लिग च्याम्पियन बनेको हो । पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक थियो ।

मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडिलाजा सोमिडेले एक एक गोल गरे । सङ्कटाका सेड्रिक अबाले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा विशाल राईको गोलमार्फत मनाङले अग्रता बनाएको थियो । त्यस्तै ८७औँ मिनेटमा विशालकै क्रसमा एडिलाजाले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाएका थिए । खेल सकिन आठ मिनेट बाँकी रहँदा पुजन उपरकोटीले गोल गर्दै मनाङको जित सुनिश्चित गरे ।

खेलको ८९औँ मिनेटमा सङ्कटाका लागि सेड्रिक अबाले सान्तोना गोल फर्काएका थिए । लिग उपाधिसँगै मनाङले रु ५० लाख पक्का गरेको छ । मनाङले यसअघि २०४२-२०४३, २०४३-२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० गरी सात पटक उपाधि जितिसकेको छ । मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अङ्कका साथ लिग जितेको हो । दोस्रो स्थानको सङ्कटाको ११ खेलबाट २५ अङक छ । अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ ।

जारी लिगमा मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजविरुद्ध ३–१, दोस्रोमा एनआरटीविरुद्ध  २–०, तेस्रोमा थ्री स्टारविरुद्ध २–१, चौथोमा एपिएफविरुद्ध २–१, पाँचौमा सरस्वती युथविरुद्ध २–०, छैटौँमा जावलाखेल युथविरुद्ध १–०, सातौँमा  मच्छिन्द्रविरुद्ध  १–०, आठौँमा त्रिभुवन आर्मीविरुद्ध  १–०, नवौँमा च्यासल युथविरुद्ध ३–१, दशौँ  चरणमा नेपाल पुलिसविरुद्ध १–० र एघारौँ चरणमा  सङ्कटाविरुद्ध ३–१ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो । मनाङ अब १२औँ चरणमा हिमालयन शेर्पा तथा अन्तिम चरणमा फ्रेण्ड्सविरुद्ध खेल्नेछ । मनाङले उपाधि जितेसँगै जारी लिगमा उसका लागि फरवार्ड ओलावाले आफिजले छ तथा अञ्जन विष्टले पाँच गोल गरेका छन् । मनाङले ११ खेलमा पाँच गोल खाँदा २१ गोल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बैतडीमा महिला टी–२० क्रिकेट

ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन

अन्तर एकाइ ब्याडमिन्टनको उपाधि रामबजार, ढुंगेपाटन, गगनगौंडा र नमुनालाई

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

लुम्बिनीले नेपाल टी २० लिगको उपाधि जित्यो

नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा

ताजा समाचार

रवि लामिछानेको सांसद पद खारेज
रवि लामिछानेको सांसद पद खारेज
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
‘पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्छ’
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु
अरुण तेस्रो जलविद्युत् : साकेलामा मुआब्जा वितरण शुरु

ट्रेन्डिङ

बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

कालीकोटका बाढीपीडितले राहत पाएनन्

राजस्व सङ्कलनलाई प्रभावकारी बनाउँदै कामपा, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki