Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

अव्यवस्थित तार विस्थापित अभियान

  • ७ वर्ष अगाडि

बागलुङ, पुस १३ । बागलुङ बजार क्षेत्रलाई नै कुरुप बनाउँनेगरी यत्रतत्र छरिएका तारहरु हटाउँन थालिएको छ । बागलुङ क्षेत्रमा प्रयोग बिहिन अवस्थामा रहेका तारहरु रहेकोमा ति तारलाई विस्थापित गराउँनका लागि नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले कामको थालनी गरेका हुन् । बजार क्षेत्रमा प्रयोग बिहिन अवस्थामा रहेका तारहरुका कारण बजारको सुन्दरतामा ह्रास आएको भन्दै बागलुङ नगरपालिकाले पटक–पटक तारहरु व्यवस्थापनको काम गर्न सरोकारवालालाई आग्रह गरेको थियो ।

बजार क्षेत्रमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकमका पोलहरुको प्रयोग गरी तारहरु टाँग्ने गरिएपनि त्यसको व्यवस्थापन हुन नसक्दा बजार कुरुप बन्दै गइरहेका बेला नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले अनावश्यक तार हटाउँने अभियान सुरु गरेकाले अबको केही समयमा बजारमा अनावश्यक तारहरु हट्ने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

बागलुङ बजार क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तीन–चार फेजको नाङ्गा तार हटाएर एउटै बाहिर करेन्ट प्रवाह नहुने इन्सुलेसन तारको टाँग्ने काम सुरु गरेको र नेपाल टेलिकमलेपनि बजार क्षेत्रमा सात–आठ वटा तारको प्रयोग हुने तामाको तार हटाएर फाइवर तार टाँग्ने काम सुरु गरेकाले केही समयपछि बागलुङ बजारमा अनावश्यक तारहरु हट्ने नगरप्रमुख पौडेलले बताउनुभयो ।

‘हामीले पटक पटक अनावश्यक तारहरु हटाउँन आग्रह गरेका थियौं, बढी मात्रामा तारहरु टाँगिएका नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले तार व्यवस्थापनको काम सुरु गरेपछि अब त्यो काम छिट्टै सम्पन्न हुन्छ ।’ नगरप्रमुख पौडेलले भन्नुभयो । बागलुङ बजार क्षेत्रमा भाँचिने अवस्थामा रहेका नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका पोलहरुमा तारहरुको झन्जालका कारण समस्या भएकाले यी दुवै सेवाप्रदायक निकायले काम सुरुगरेपछि बजार व्यवस्थापनमा सहजता आउँने छ ।

नेपाल विद्युत प्राधिकरणले बजार क्षेत्रका पुराना पोलहरु विस्थापित गर्दै नयाँ पोलहरुमा इन्सुलेसन तार टाँग्ने काम सम्पन्न गरिसकेको छ भने नेपाल टेलिकमले विद्युत प्राधिकरणकै नयाँ पोलमा फाइवर तार टाँग्ने काम सुरु गरिसकेको छ । ‘बजार क्षेत्रमा विद्युत, टेलिकम लगायत अन्य निजी कम्पनीहरुले जथाभावी तारहरु टाँग्ने काम गरिरहेका रहेछन्, आफ्नै पोलहरु रहेका विद्युत तथा टेलिकमले आफ्ना तारहरु व्यवस्थापनको काम सुरु गरिसकेकाले अन्य सेवा प्रदायक कम्पनीहरुलाई समेत समयमै आफ्ना तार व्यवस्थापन गर्न भनेका छौं, समयमै तार व्यवस्थापनको काम नगरे विद्युत र टेलिकमले आफ्नो तार व्यवस्थापनको काम सम्पन्न गरेपछि बजार क्षेत्रमा रहेका भाँचिएका, पुराना पोल तथा तारहरु हटाउँने अभियानमा नगरपालिका लाग्नेछ ।’ नगरप्रमुख पौडेलले भन्नुभयो ।

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले बागलुङ नगरपालिकाले पटक पटक तारहरु व्यवस्थापनको काम गर्न आग्रह गर्दै आइरहेकोमा अहिले नेपाल टेलिकमको केन्द्रीय कार्यक्रम अनुसार सात–आठ तारको प्रयोग हुने कपर प्रविधि विस्थापित गरी एउटा मात्र तार प्रयोग हुने फाइवर प्रविधिको तार टाँग्ने काम सुरु भएको बताउनुभयो ।

बागलुङ नगरपालिका लगायत स्थानीय सरोकारवालाहरुको साथ र सहयोगका कारण एकै नेपालमै पहिलो पटक एकैसाथ पुरानो प्रविधिको विस्थापन गरी नयाँ प्रविधि स्थापित गर्ने काम बागलुङबाट सुरु भएकाले यो काम सकिएपछि बजारको सुन्दरतामा थप मद्धत पुग्ने शर्माले बताउनुभयो ।

यस्तै नेपाल विद्युत प्राधिकरणलेपनि बजार क्षेत्रमा यत्र तत्र छरिएका नाङ्गा तारहरु हटाएर इन्सुलेसन तारको टाँग्ने काम सुरु भइसकेको बताएको छ । बढ्दो बजारीकरण, अग्ला अग्ला भवनका कारण तीन–चार वटा नाङ्गा तारको प्रयोग हुने प्रविधिका कारण दुर्घटना बढ्ने तथा बजारको सुन्दरता घट्दै गइरहेकाले नेपाल विद्युत प्राधिकरणले बजार क्षेत्रमा नयाँ पोल र एउटा मात्र तारको प्रयोग हुने इन्सुलेसन तार टाँग्ने काम भइरहेको बताएको छ ।

नेपाल टेलिकम र विद्युत प्राधिकरणले बजार क्षेत्रमा यत्रतत्र छरिएका तार तथा पुराना पोलहरु व्यवस्थापनको काम सुरु गरेपछि सुन्दर नगर निर्माणमा सहजता आउँने नगरपालिकाले जनाएको छ । बजार क्षेत्रमा छरिएका तारहरुको व्यवस्थापनका लागि नगरपालिकाले पटक पटक सूचना गरिरहेको छ । बजार क्षेत्रमा बढी मात्रामा सेवाग्राही रहेका टेलिकम र विद्युतले नगरपालिकाको अभियानलाई साथ दिनेगरी काम सु्रु गरिसकेकाले उनीहरुले काम सकेपछि बजारमा रहेका अन्य तारहरु हटाउँने कामलाई तिव्रता दिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

चौथो जेसिज कपको उपाधी उचाल्दै बिजेता बनेको गह्ते युवा क्लव। तश्विर सुजन रेग्मी

चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

बागलुङमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

बागलुङ बजारमा हाइमाष्ट बत्ती

ताजा समाचार

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
चौथो जेसिज कपको उपाधी गहते युवा क्लबलाई
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई दिने निर्णय सरकारलाई फिर्ता लिन माग
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा
चौँथो जेसीज कप : सेमीफाइनल समिकरण पूरा

ट्रेन्डिङ

‘घरघर र विद्यालयमा उद्यम फैलाऊँ, गरिबीलाई शुन्य बनाऊँ’

अन्य क्याम्पस भन्दा यो क्याम्पस अब्बल छ : खडक केसी

बागलुङमा ५८ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध

जेसीज कप: उपाधिका लागि बागलुङ सुधार केन्द्र र गहते युवा क्लब भीड्ने

प्रबुद्ध युवा समुहको अध्यक्षमा रोहित सुनार

ग्रेस बागलुङको शिक्षा मेला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com