Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

भैँसीपालनबाट मनग्य आम्दानी

  • ७ वर्ष अगाडि

लमही, २५ पुस । रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् दाङका हरि रोकाले ।

तुलसीपुर १९ सक्रामका रोकाले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट विदेशमा भन्दा चारगुणा बढी आम्दानी गर्दै आउनुभएको छ । “विदेश हुँदा मासिक दशहजार कमाइ हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले आफै व्यावसायिक भैँसीपालन गरेर मासिक रु ५० हजार हाराहारी आम्दानी गर्छु ।”

मलेसिया पाँच वर्ष बसेर फर्केपछि दुई भैँसीबाट व्यवसाय शुरु गर्नुभएका रोकाले अहिले २० भैँसी पाल्नुभएको छ । शुभलक्ष्मी पशुपालन फर्ममा मुर्रा क्रस र एउटा होलस्टेन गाई छ जसमध्ये गाई र चार भैँसीले दूध दिन्छन् । एउटा भैसीले कम्तिमा पाँच लिटर दूध दिन्छ । उक्त दूध डेरीमा बेच्ने गर्नुभएको छ । दश लाख लगानीमा २०७१ साल देखि उहाँको व्यावसायिक भैँसीपालन शुरु भएको हो । थप १० भँैसी थप्ने लक्ष्य छ । व्यवसाय सञ्चालन गर्न उहाँले वाणिज्य बैंकबाट दश लाख ऋण लिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाबाट ४० लिटरको दूध बोक्ने क्यान, ढुवानी सेवालगायत करीब दुई लाख ५० हजार सहयोग प्राप्त गर्नु भएको छ । भैँसीलाई दाना र घाँस खुवाउने गरिएको छ । भैँसीबाट उत्पादन भएको गोबरबाट रोकाले गोबर ग्यास निकाल्ने तयारी गर्नुभएको छ ।

भैँसीको गोबर भने स्थानीय किसानलाई बिक्री गर्दै आएको रोकाले बताउनुभयो । “आफूले व्यवसाय सञ्चालन गरे आफू अनुकूल चल्न सकिन्छ, तर अर्काको देशमा काम गर्न गए बिरामी भए पनि काममा खटिनुपर्छ”, उहाँको भनाइ थियो । घरमै भैँसी पालेर दैनिक दूध, दही खान पाइने र आम्दानी पनि राम्रो हुने भन्दै यो पेशाबाट सन्तुष्ट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार गाईको एकलाख र अन्य भँैसीको २५ हजारदेखि माथिको बीमा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरूको सरसफाई अभियान सम्पन्न

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र

सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड

महतोले सार्वजनिक गरे वाणिको उडान

पर्यटन कृषि तथा व्यवसायिक क्षेत्रमा उद्योग वाणिज्य संघ र अन्तराष्ट्रिय समाज बागलुङले सहकार्य गर्ने

ताजा समाचार

जिल्ला सहकारी संघ बागलुङले १९ औ स्थापना दिवस मनायो 

ट्रेन्डिङ

चैत्राष्टमी मेलामा ४३ लाख खर्च

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com