Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

बाबुआमा निर्दयी बन्दा दुई भाइको शौचालयमा बास

  • धु्रवसागर शर्मा
  • ७ वर्ष अगाडि

गलेश्वर, ५ फागुन । नेपाली समाजमा आमालाई माया र ममताको खानी भनेर अत्यन्त आदरभावले हेर्ने गरिन्छ । बुबाले आफ्ना सन्ततिको कुलभो चिताउनै सक्दैन भन्ने मान्यता छ । ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति’ हिन्दूहरुको धार्मिक ग्रन्थ ‘दुर्गा सप्तशति’ मा छोरो अर्थात् सन्तानहरु निर्दयी हुन सक्लान् तर आमा कहिल्यै पनि कुमाता अर्थात् निर्दयी हुन सक्दिनन्’ भनेर आमाको महिमा गान गरिएको छ । तर, यसको ठीक विपरीत म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा बुबाआमा दुवै यतिसम्मका निर्दयी देखिएका छन् की त्यो कुरा सुन्दा र पढ्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

आफैंले जन्माएका दुई छोरालाई आमाबुबा दुबै जनाले चटक्कै छोडेर अर्कैसँग घरजम गरेपछि बेसहारा बनेका दुई नातिलाई ७५ वर्षीया हजुरआमाले विद्यालयको चर्पिमा राखेर पालिरहेकी छन् ।
कमाइ खानका लागि एक सुर्को बारी र ओत लाग्नका लागि एउटा छाप्रोसम्म नभएकी ७५ वर्षीया जमुना सुनार ‘डाँडामाथिको घाम’ जस्तै कुन बेला अस्ताउने हुन् पत्तो छैन । उनै जमुनाको काँधमा दुई नातिलाई पाल्ने र पढाउने जिम्मेवारी थपिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका राजु सुनारका दम्पतीले आफ्ना दुई भाइ छोरा ९ वर्षीय एनस र ७ वर्षीय सिमसनलाई छोडेर अलग अलगरुपमा लाखापाखा लागेपछि जमुनाको काँधमा दुई नातिको लालनपालनदेखि लिएर शिक्षा दीक्षाको समेत जिम्मेवारी थपिएको हो । स्थानीयवासीका अनुसार बालकहरुका बाबा राजुले अर्को विवाह गरेर अन्यत्र बसेका छन् । आमा चाहीँले पनि अर्कैसँग सम्बन्ध गाँसेकी छन् ।

बाबा र आमाले नै दोस्रो विवाह गरेर छोराहरुलाई अलपत्र छाडेपछि बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगविहीन शौचालयका दुई कोठा लिएर नातिहरुका साथ बस्दै आएकी छिन् ७५ वर्षीया जमुना ।
जमुनाले नातिहरुलाई स्याहारसुसार गर्न थालेको दुई वर्ष भएको छ । दुई वर्ष अघि छोराहरुलाई छोडेर गएका बाबुआमा अझैसम्म पनि आफ्ना सन्तानको खैखबर गर्न आएका छैनन् ।

“एक त आफ्नो शरीरले भर पाउँदैन, जीउले सकुञ्जेल गिट्टी कुटेर, बालुवा चालेर र अरुको घरमा काम गरेर भए पनि बेनीमा कोठा लिएर राखेंँ,” गहभरि आँसु निकाल्दै वृद्धा जमुनाले भनिन् – “अब त जीउले पनि सक्दैन । म पनि बिरामी छु । कसैले दिए खाने हो, नत्र भोकभोकै पल्टिने हो ।”

गत मङ्सिरदेखि विद्यालयको शौचालयमा बास बस्दै आएका नाति बजैको अवस्था अत्यन्त दयनीय रहेको छ । “उनीहरुको टीठलाग्दो अवस्था देखेर प्रयोगमा नआएका शौचालयका दुई वटा कोठा बस्नका लागि दिएका छौं,” सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले भने ।

वृद्धभत्ता बाहेक आम्दानीको कुनै स्रोत नभएको जमुनाले बताइन् । जमुनाले भनिन् – “काम गर्न नसकेपछि कोठा भाडा तिर्ने पैसा भएन । त्यसैले यो बास मागेर बसेका छौँ ।”

चार कोठे शौचालयको देब्रे पट्टिको एउटा कोठामा नाति बजै सुत्छिन् भने दाहिनेतर्फको कोठा भान्छाको रुपमा प्रयोग गर्ने गरिएको छ । दुई वटा कोठा भने विद्यालयले शौचालयको रुपमा प्रयोग गर्ने गरेको छ । छेउमै रहेको नियमित प्रयोग हुने शौचालयबाट दुर्गन्ध आउँछ । “दुर्गन्धलाई सहेर भए पनि बस्ने ओत पाएका छौं,” जमुनाले भनिन् – “त्यो नै हाम्रो लागि सबैभन्दा खुशीको कुरा हो ।”

बेसहारा बनेकी जमुना शौचालयमा नातिहरुलाई राख्न पाएर खुशी भए पनि त्यो बाध्यताको खुशी भएको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख एवं म्याग्दीका महिला अधिकारकर्मी रेखा कौशल रेग्मीले बताइन् । रेग्मीका अनुसार नेपालको संविधानमा व्यवस्था भए अनुरुप बेसहारा बनेका व्यक्तिहरुको संरक्षण गर्नु र तिनीहरुलाई आश्रय दिनु राज्यको कर्तव्य हो । “एकल महिला त्यसमा पनि ७५ वर्षीया जेष्ठ नागरिक र दुई नाबालकहरु बेवारिसे अवस्थामा शौचालयमा बस्न बाध्य हुनुले राज्यको ध्यान नपुगेको कुरालाई प्रष्ट्याउँछ,” रेग्मीले भनिन् – “समुदाय र सहृदयीहरुले दया गरेर सहयोग गर्नु मानवीयता हो तर, तिनीहरुको दीर्घकालीन रुपमा समस्या समाधान गर्नु राज्यको दायित्व हो ।”

नाति बजैको अवस्था र उनीहरुको संरक्षणका लागि राज्य र राज्यका निकायहरु बेखबर र उदासीन भए पनि समुदाय र मनकारी व्यक्तिहरुबाट भने नाति बजैको सहयोगका लागि राहत उपलब्ध गराउने कार्य शुरु भएको छ ।

केही दिन अघि बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले दश पाथी चामल, पाँच लिटर तेल, पाँच केजी नून, पाँच केजी दाल, पाँच केजी चिनी, २०० ग्राम चियापत्ती, एक कार्टुन चाउचाउ, दुई दर्जन कापीकलम, एक दर्जन साबुन र पाँच हजार ५५५ रुपैयाँ नगद सहयोग गरेको जमुनाले बताइन् ।

त्यसैगरी, उनीहरुको अवस्थाका बारेमा जानकारी पाएपछि बेनीका युवाले रु १७ हजार बराबरको अत्यावश्यक सामग्री सहयोग गरेका छन् । बेनीमा रहेको ब्रोदर फुड स्टेशनका सञ्चालक दीपक जिसीको नेतृत्वमा १० जना युवाले आर्थिक सङ्कट बेहोरिरहेकी सुनार परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

रास्वपा काठेखोलाको सभापतिमा कार्की

बागलुङमा ११ करोड बेरुजु

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

प्रथम एसईई कप फुटसल प्रतियोगिता

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

रास्वपा काठेखोलाको सभापतिमा कार्की

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com