Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

संविधान दिवसमा मन्त्री र कर्मचारीको भलिबल भिडन्त

  • ७ वर्ष अगाडि

पोखरा, असाेज १ गते । टिम क्याप्टेन पृथ्वीसुब्बा गुरुङ मैदान बाहिर बसेर निर्देशन दिइरहेका थिए, ‘खाली ठाउँ छोड्नु भएन । बल उठाउनु पनि पर्‍यो ।’ मुख्यमन्त्रीको निर्देशन आएपछि कोर्टमा रहेका मन्त्रीहरु पनि त्यसअनुसार सतर्क भए । 

गुरुङको टिमबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, विधायन समिति सभापति मोहन रेग्मी, प्रदेश मामिला समिति संयोजक कृष्ण थापा लगायको टोली मैदानमा थियो ।

प्रतिस्पर्धी टिमको नेतृत्व प्रमुख सचिव हरिप्रसाद बस्याल आफैंले गरेका थिए । टोलीमा प्रहरी नायव महानिरीक्षण डिआइजी विनोद शर्मा घिमिरे, प्रहरी उपरीक्षक एसपी दानबहादुर कार्की, डिएसपी कृष्णबहादुर कार्की मैदानमा तम्तयार थिए । यो समूहमा निजामती कर्मचारीदेखि नेपाल प्रहरी, सशत्र प्रहरी पनि थिए ।

यो रोमाञ्चक भलिबल भिडन्त सशत्र प्रहरी बल ड्यामसाइडको भलिबल बिचमा भइरहेको छ । पहिलो सेट कर्मचारीको टोलीले जित्यो । दोस्रो सेटमा भने मुख्यमन्त्रीको टोलीले बाजी मा¥यो । तर तेस्रो सेट आफ्नो पक्षमा पार्दै कर्मचारीहरुको टिमले खेल जित्यो ।

कर्मचारीहरुको टोलीले अर्को खेलमा पत्रकारहरुको समूहलाई पनि पराजित गरेर फाइनलमा प्रवेश गरेको छ । उद्योगी तथा पर्यटन व्यवसायीको समूहलाई हराएर पश्चिमाञ्चल खेलकुद विकास समिति पनि फाइनलमा पुगेको छ ।

२ गते फाइनल खेल हुनेछ ।

मुख्यमन्त्रीदेखि कर्मचारीसम्म एकसाथ भलिबल खेल्ने अवसर भने संविधान दिवसले जुराएको हो । संघीय सरकार र अरु प्रदेश र स्थानीय तहका सरकारहले २, ३ र ४ गते भब्य कार्यक्रम गरेर संविधान दिवस मनाउँदैछन् । तर गण्डकी प्रदेशलाई अरुलाई भन्दा एक दिन अगाडि नै संविधान दिवस लागेको छ ।

औपचारिक कार्यक्रम भने भोलि सुरु हुने आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनका अनुसारसरसफाइ, वृक्षारोपण, ¥याली, रक्तदान, अन्तक्र्रियाका साथै दीपावली गरेर संविधान दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

२ गते पोखरा महानगरपालिकाले कार्यालय, मातहतका कार्यालय र सार्वजनिक स्थलमा सरसफाइ गर्ने तथा राष्ट्रिय झण्डा तथा व्यानर सजाउन प्रदेशले आग्रह गरेको छ । स्कुल तथा क्याम्पसहरुमा संविधान दिवस, राष्ट्रिय झण्डा लगायतका विषयमा वक्तृत्वकला, निवन्ध र हाजिरी जवाफ हुनेछ ।

३ गते बिहान साढे ७ बजे सहिद चोकस्थित सहिदको शालिकमा माल्यार्पण गरी हातहातमा झण्डा लिएर ¥याली गर्दै सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ । जनप्रतिनिधिलाई राष्ट्रिय पोशाकमा आउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ । दिउँसो संविधानका विविध पक्षमा अन्तक्र्रिया, अन्तरसंवाद र छलफल कार्यक्रम हुँदैछ । ४ गते वृक्षारोपण, रक्तदान, लगायतका कार्यक्रम गर्न आग्रह गरिएको प्रदेश सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

कालिका कप पुरुष भलिबल : २०८२ बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु

बागलुङमा ५० प्रतिशत मत खस्यो

बागलुङमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुदैँ

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

ताजा समाचार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा  संचालन
आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न
विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

ट्रेन्डिङ

एन्जल्स् हार्टमा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षा हुँदै

हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान

विद्यामन्दिर पुस्तकालयको ७७ औँ साधारणसभा सम्पन्न

सरकारी लगानी व्यवस्थापन समितिमा  प्रतिनिधि सभाका सदस्यद्वय शुसिल र योगेश

बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको १० करोड बढीको कारोबार

आज देखि गलेश्वर यातायात प्रालि बागलुङमा संचालन

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com