Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ६६ जना पुग्यो

  • ६ वर्ष अगाडि

काठमाडौँ । मलेसियामा गैरकानुनी हैसियतका कामदार राख्न बनाइएका डिपोर्टेसन सेन्टर (घरफिर्ती केन्द्र) मा रहेका ३ नेपालीसहित २२७ जनालाई कोरोना संक्रमण देखिएको छ ।

मलेसिया अध्यागमन विभागका अनुसार सेमेन्ही, वुकित जलिल र सेपाङस्थित कारागार र डिपोर्टेसन सेन्टरमा राखिएकाहरू संक्रमित भएका हुन् । जसमा ३ नेपाली, ५३ बङ्गलादेशी, ४१ भारतीय, ३८ इन्डोनेसियाली र बाँकी अन्य देशका छन् ।

यससँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ६६ पुगेको छ । यीमध्ये १३ जना निको भइसकेका छन् । मलेसियाले महामारीको समयमा मे १ देखि गैरकानुनी हैसियत भएका कामदारलाई धरपकड गर्न थालेको हो । अधिकारवादीहरूले कोभिड परीक्षण नगरी जथाभावी धरपकड गर्दा संक्रमण बढेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले समेत महामारीका बीच आप्रवासी कामदारप्रति भेदभाव तथा घृणा फैलाउने काम गरेको भन्दै मलेसियालाई सजग गराइसकेको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकारसम्बन्धी विशेष समाधीक्षक ९स्पेसल र्‍यापोर्टर० फिलिप गोन्जालेज मोरालेसले धरपकडले महामारी नियन्त्रणका लागि भइरहेको प्रयासलाई ओझेलमा पारेको बताएका छन् । ‘धरपकडले आप्रवासी कामदारलाई तर्साउने काम भएको छ । आप्रवासी कामदार कोभिडको कुनै लक्षण देखिए पनि परीक्षण गराउन आउने स्थिति छैन’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मलेसियामा गैरकानुनी हैसियतमा झन्डै २५ हजार नेपाली छन् । त्यहाँको सरकारले आवागमन नियन्त्रण ९एमओसी० समाप्त भएको १४ दिनभित्र स्वदेश फिर्न सार्वजनिक सूचना जारी गरेको छ । एमओसीको अवधि आगामी जुन ५ सम्म छ । कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

रास्वपाको प्रथम स्थापना दिवस जापानमा सम्पन्न

करलिम कल्याण कोषको वेवसाईट शुभारम्भ

ओकिनावामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

ताजा समाचार

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
प्रजिअ मार्फत प्रधानमन्त्रीलाई पत्रकार महासंघ बागलुङ शाखाले बुझायो ज्ञापनपत्र
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
सडक आयोजनामा भइरहेको ढिलासुस्ती रोक्नुपर्नेमा सरोकारवालाको जोड
महतोले सार्वजनिक गरे वाणिको उडान
महतोले सार्वजनिक गरे वाणिको उडान

ट्रेन्डिङ

नेपाली सेनाको कालीजंग गणमा घोडाबाधेमा सैन्य आधार तालिम सम्पन्न, ९७ जना सैन्यहरू दीक्षित

काठेखोलामा सांसद खड्काले गरे जनतासँग भेटघाट

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com