Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

सिपिएललाई अनुमति, सन्दीपले खेल्ने

  • ३ वर्ष अगाडि

काठमाडौँ । नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि सिपिएल हुने पक्का भएको हो ।

अगामी अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सिपिएल दर्शक बिना रंगशालामा खेलाइनेछ । सिपिएलको पहिलो र दोस्रो संस्करण विभिन्न खेल मैदानमा खेलाइँदै आएकामा यसपाली तेस्रो संस्करण भने ट्रिनिडाड एण्ड टोबागोको दुई मैदानमा खेलाउन त्यहाँको सरकारले अनुमति दिएको छ । सिपिएलमा भाग लिने खेलाडीको प्रतियोगिता अघि कोरोना संक्रमित भए नभएको परिक्षण गरिने आयोजकले जनाएको छ । खेलाडी र प्रशिक्षकमा कोरोना संक्रमण देखिएमा पूरै टोलीलाई १४ दिनको सेल्फ आइसोलेसनमा राखिने बताइएको छ । आयोजक सिपिएल र त्यहाँको सरकारबीच गए राति प्रतियोगिता सञ्चालनको मापदण्डबारे सहमति भएको छ ।

उक्त प्रतियोगिताका लागि १९ वर्षीय सन्दीप एक लाख ३० हजार अमेरिकी डलमार अनुबन्धित भएका छन् । उनलाई जमैका तलावाजले अनुबन्ध गरेको हो । जमैका तलावाजले उनलाई दोस्रो चरणमा छनोट गरेको थियो । उक्त प्रतियोगिताका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीपले सीपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । सन्दीप सीपीएलका लागि तेस्रो पटक अनुबन्धित भएका हुन् । यसअघि उनी सीपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

खेलकुद सामग्री वितरण

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन

यु–१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा

एपिएफले कोशी प्रदेशलाई दियो १५५ रनको लक्ष्य

कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य

ताजा समाचार

आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
चारपाङ्ग्रे सवारीको बागलुङबाटै चालक अनुमतीपत्र
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
सुरेन्द्र खड्कालगायत ८ जनालाइ सफाइ
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान
थापाको उपचारका लागि सहयोग सङ्कलन अभियान

ट्रेन्डिङ

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2023 nepalsanchar.com