बागलुङ समाज जापानकाे अध्यक्षमा कँडेल

बागलुङ : बागलुङ समाज जापानको अध्यक्षमा प्रेसप्रसाद कँडेल चयन भएका छन् । टोकियोमा सम्पन्न बागलुङ समाज जापानको तेस्रो अधिवेसनले कँडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा प्रेम प्रसाद आचार्य(हिरोशिमा), कृष्णसुबेदी (ओशाका), यमकान्त कँडेल (योकोहामा), बिरोध चालिसे (टोकियो), गुरुप्रसाद सापकोटा (टोकियो) रहेका छन् । समितिको महासचिवमा राजु केसी, सचिवमा सुनिता श्रीस मगर, शोभा केसी (गिता) चयन भएका छन् । कोषाध्यक्षमा विष्णु सापकोटा, सह-कोषाध्यक्षमा भूपेन्द्र सापकोटा चयन भएका छन् । अधिवेशनले प्रवक्तामा चेतन पौडेल, महिला संयोजकमा बिना खड्का, युवा संयोजकमा बसन्त आचार्यलाई चयन गरेको छ ।

समितिका सदस्यहरुमा सुजन शर्मा, टि. एन. घिमीरे, प्रवेश खत्री, मिना पुन, सुजाता कार्की (राधिका), कृष्णप्रसाद कडेल, अर्जुन सुवेदी, अनिलकुमार निर्दोष , टेकबहादुर के. सी., प्रकाश कडेल, दिपक कडेल (सफल), बसन्त थापा, लक्ष्मी के. सी., गंगा कडेल, सन्जय छन्त्याल, गोविंद पौडेल, केशब सुवेदी रहेका छन् । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले जापानमा रहेका नेपालीहरुको हकहितसंगै आफ्नो जन्म ठाउँको सेवाका लागि संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयाे ।

बागलुङ समाज जापानका संस्थापक अध्यक्ष राजविन सुवेदीले सामाजिक सेवा भावमा सक्रिय रहनका लागि समाजको स्थापना गरिएको बताउनुभयाे । कार्यक्रममा बिहुँकोट समाज जापानका निवर्तमान अध्यक्ष देविलाल सुवेदी लगायतले बालेका थिए । सिद्धार्थ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव राजु केसीले गरेका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार