सन्दीप होबार्टबाट बिगबास खेल्ने

काठमाडौं, मंसिर ३ गते । नेपाली राष्ट्रिय टिमका क्रिकेटर तथा लेगस्पीनर सन्दीप लामिछानेले यस सिजनको बिग बास लिग (बीबीएल) होबार्ट हुरिकेन्सबाट खेल्ने सम्भावना रहेको छ । उनले नजिकिदै गरेको बिग बास नयाँ टोलीबाट खेल्ने सम्भावना बढेको हो ।

यसअघि उनी सहभागि मेलवर्न स्टार्सले चासो नदेखाएपछि केही साताअघिनै उनले नयाँ टिम खोज्नु पर्ने पक्का भएको थियो । सन्दीपले यसअघि दुई सिजन मेलवर्न स्टार्सबाट लिग खेलेका थिए ।

अष्ट्रेलियन अनलाइन क्रिकेट डट कम डट एयुका अनुसार सन्दीपले बिग बास खेल्ने पक्का छ । उनको नाम होबार्टसंग जोडिएको छ, तर अहिलेसम्म पक्का भएको छैन ।

मेलवर्नले अफगानिस्तानका जाहिर खानलाई टिममा तेस्रो विदेशी खेलाडीको रुपमा नियुक्त गरेपछि सन्दीपमो सम्भावना सकिएको थियो ।

यस सिजन बीबीएलमा हरेक टिमले तीन विदेशी खेलाडी एकै पटक खेलाउन पाउने नयाँ नियम रहेको छ, त्यसैले नयाँ टोली होबार्टले सन्दीपका लागि पहल गरिरहेको छ ।

यस अघि डेलीमेलले समेत सन्दीपले होबार्टबाट खेल्ने सम्भावना रहेको उल्लेख गरेको थियो ।

होबार्टले विदेशी खेलाडीको रुपमा इंग्ल्याण्डका डेभिड मालान र वेष्ट इन्डिजका किमो पउललाई अनुबन्ध गरेको छ, भने तेस्रो खेलाडीको पर्खाईमा छ । होबार्टले तेस्रो विदेशी खेलाडी भोलि (बिहीबार) पक्का गर्नेछ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार