Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

काँग्रेस हारे आफ्नै पार्टीबाट मात्र हार्छ: देउवा

  • ५ वर्ष अगाडि

पोखरा, २४ असोज । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसलाई कसैले हराउँछ भने पार्टीभित्रैबाट मात्र हराउन सकिने बताएका छन् । उनले भने, ‘काँग्रेस एक भएको खण्डमा कसैले पनि हराउन सक्दैन । हाम्रो पार्टीलाई हराउँछ भन्ने आफैंले हराउने हो । यदि हामी एक भयौ भने संसारको कुनै पनि तागतले हराउन सक्दैन ।’

काँग्रेस पोखरा वडा १७ ले आइतबार आयोजना गरेको दसैं तिहारको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।

उनले पार्टीको महाधिवेशन मिति नजिकिएको उल्लेख गर्दै सबै जना एक भएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले भने, ‘चुनावमा हारजीत हुन्छ । पार्टीभित्रको चुनावी परिणामलाई तिक्तताको रुपमा लिनु हुँदैन । जित्ने पनि मात्तिने काम गर्नु हुँदैन । हार्नेले पनि सहज रुपमा हार स्वीकार गर्नुपर्छ ।’

काँग्रेस प्रजातान्त्रिक पार्टी भएको दोहो¥याउँदै उनले प्रजातान्त्रिक तरिकाबाट चुनावमा स्वस्थ प्रतिस्पर्धा हुने बताए । ‘पार्टी सभापतिसहित पदाधिकारीमा भरसक सहमति हुनुपर्छ । नसके प्रजातान्त्रिक तरिकाबाट स्वस्थ प्रतिस्पर्धा हुनेछ,’ देउवाको भनाइ थियो ।

उनले पोखरा गण्डकी प्रदेशको राजधानीमात्र नभै नेपालकै पर्यटकीय राजधानी भएको बताए । उनले कोरोनाले थलिएको यहाँको पर्यटन क्षेत्र अब बिस्तारै चलायमान हुँदै जाने अपेक्षा समेत गरे ।

पार्टीलाई ५० लाख रुपैयाँ चन्दा दिएका पोखरा १७ निवासी समाजसेवी लीलाभक्त आचार्यबाट सबैले प्रेरणा लिनुपर्ने बताए । उनले भने, ‘अरुले पार्टीबाट के लिने भन्ने सोच्छन्, तर उहाँले पार्टीलाई नै यति ठूलो रकम सहयोग गर्नुभएको छ । उहाँबाट प्रेरणा लिनुपर्छ ।’ त्यसक्रममा आचार्यलाई सभापति देउवाले सम्मान गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी लगायतले सम्बोधन गरेका थिए ।

गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा समारोहका लागि आएका पार्टी सभापति एवं प्रधानमन्त्री देउवा आइतबार पोखरामै बसेका छन् । उनले साँझ राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्ता भेट गरी भोलिपल्ट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरी काठमाडौं फर्किने काँग्रेस कास्कीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

पर्यटकको पर्खाइमा सिद्द बराह ताल

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

ताजा समाचार

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने
बागलुङका चार पालिकामा ३० हजार बढि खोप लगाइने
बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका
पर्यटकको पर्खाइमा सिद्द बराह ताल
पर्यटकको पर्खाइमा सिद्द बराह ताल

ट्रेन्डिङ

अतिक्रमण भएको जग्गा र संरचना खोज्दै बागलुङ नगरपालिका

बागलुङमा गायक तथा संगीतकार श्रीकृष्णबम मल्ल सम्मानित

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

बागलुङमा विपद् सम्वन्धी पूर्व तयारी अभ्यास

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’

नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com