Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

शान्त रूपमा दसैँ मनाउने याेजना बनाएका छाैँ : डीआईजी उत्तमराज सुवेदी

  • ४ वर्ष अगाडि

काठमाडौं, २७ असोज । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ । यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । न्युज कारखानाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।

उत्तमराज सुवेदी

दसैंमा सपरिवार बस्ने रहर नलाग्ने त होइन । जागिर खाँदा जनयुद्ध सुरु भयो । समस्याग्रस्त क्षेत्रमा पोस्टिङ भयो । छुट्टि पाउने र माग्ने अवस्था थिएन । परिवार बोलाउन पनि समस्याग्रस्त क्षेत्रमा सम्भव थिएन । चाडपर्वमा सँगै नहुने अवस्था सिर्जना भयो । पछि ह्याविट हुँदै गयो । सबै कुराले परिवारलाई खुसी राख्न सकिने रहेछ । तर, जब जब घुम्न जाने कुरा आउँछ, घरपरिवारसँगै बस्ने भन्ने कुरा आउँदा उपस्थित भएन भन्ने असन्तुष्टि परिवारमा हुन्छ ।

तर, सामान्य अवस्था हुँदा परिवार बोलाएर कार्यक्षेत्रमै मनाउने त कहिले काठमाडौंमै पोस्टिङ हुँदा घर आउने जाने अवस्थामा टीका लगाउन पाउँथे । यो मेरोमात्र होइन सबै प्रहरीको कथा हो । प्रहरीमा जागिर खाइसकेपछि घरपायक अथवा घरमा बसेर जागिर खाने सम्भावना धेरै कम रहन्छ ।

प्रहरी भइसकेपछि सँगै बस्न पाइँदैन र सबै प्रहरीका परिवारको यो गुनासो रहन्छ । तर, अब उहाँहरुले पनि बुझ्नुहुन्छ । प्रहरीको जागिर, जनताको सेवा गर्नुपर्छ, अरु जागिरजस्तो टेन टु फाइभ हुँदैन । जति बेलुका, राति भयो त्यति नै अपराधका घटना बढ्न सक्ने जोखिम हुन्छ । झन राति चनाखो भएर बस्नुपर्छ । हामीलाई धेरैले यसपटकको दसैं तिहार कस्तो भयो सोध्नुहुन्छ, मैले के भन्ने गरेको छु भने यदि त्यो चाडपर्वको बेलामा कुनै पनि अप्रिय घटना घट्न नपाई शान्तिपूर्वक सर्वसाधारणले हर्षउल्लासपूर्वक मान्ने वातावरण सिर्जना गर्न सकिएको छ भने त्यो वर्षको दसैं सफल, राम्रो र रमाइलो भयो ।

तर, नचाहँदा पनि कहिलेकाही अप्रिय घटना घट्यो र एउटा परिवारमात्रै शोकमा, समाज शोकमय भयो भने त्यसको असरले हाम्रो दसैं राम्रो भएन, खल्लो भयो भनेर भन्ने गरेको छु । व्यवहारमा त्यहीँ हो । जसरी अरुबेला सर्वसाधारण प्रहरी हाम्रो सुरक्षामा छ, गस्ती गरिरहेको छ भनेर रातभर ढुक्कले सुत्नुहुन्छ, त्यसैगरी चाडपर्वमा फेस्टी मुडमा आफन्तजनकहाँ ओहोरदोहोर गर्ने, आशिर्वाद लिने, भेटघाट गर्ने, चाडपर्व मनाउने वातावरण कुनै चिन्ताबिना ढुक्कसँग भयो भने र कुनै घटना घट्न पाएन भने हामीलाई एकदम सन्तुष्टि हुन्छ ।

यसपटकको चाडपर्वको बेलामा म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमै छु । मेरो परिवारहरु पनि यतै छन् । म अहिले फ्रन्टलाइनमा नभएर सुपरभाइजरी रोलमा छु । यसअघि म फ्रन्टलाइनमा थिए । त्योबेला भन्दा अलिकति केही समय निकाल्न सकिन्छ कि भन्ने खालको छ । तर, विदामा बसिँदैन । टीकाको दिन कुनै समय मिलाएर घरमा एकछिन टीका लगाउन जानेसम्मको योजना बनाएको छु ।

सर्वसाधारणलाई चाडपर्व मनाउने क्रममा खटिएका प्रहरी अधिकृत तथा जवानहरुको परिचालनलाई थप व्यवस्थित बनाउने, थप सुरक्षा प्रत्याभूति हुने किसिमको वातावरण सिर्जना गर्नेतर्फ आफूलाई केन्द्रीत गरेको छु । त्यसैगरी ब्यारेकभित्र पनि सिनियर र जुनियर प्रहरी अधिकृत तथा जवानहरुसँग मनाउने योजना छ । प्रहरी प्रधान कार्यालयमा आईजी साप, एआईजीलगायत अग्रजसँग आशिर्वाद लिन्छु भने इच्छुक अनुज प्रहरी कर्मचारीलाई मैले पनि टीका लगाइदिने र आशिर्वाद दिन्छु ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

रहरले भन्दा कहरले बागलुङको भ्रमण गरेका स्थलहरू

जिन्दगीको यात्राका अनुभवहरू

कहिलेकाहीँका अविस्मरणीय पलहरू

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

मनाङको हिउँदे कठिनाइ

ताजा समाचार

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने
बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने
कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ
कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ
बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा चार लाख बढि मतपत्र आईपुगे
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण
बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

ट्रेन्डिङ

धवलागिरि प्रादेशिक अस्पतालमा मनोरोग सम्बन्धी परामर्श र उपचार सेवा सुरु

बागलुङको कालिमाटिमा पहरा खोपेर मौदगल्य ऋषिको मुर्ति निर्माण

बागलुङमा ५९ वटा इजानत पाप्त हातहतियार बुझाए

निर्वाचनको समयमा सरकारी सवारी साधनको दुरुपयोग नगर्न उपभोक्ता मञ्च बागलुङकोे अपिल

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला हुने

कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई कुँवरको साथ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com