पत्रकार महासंघको सदस्य हुन निजामती सेवा बाधक
मैले गाऊँ बाट उच्च शिक्षा हासिल गर्ने सिलसिलामा समाचार,लेख,कविताहरू लेखेर बागलुङ बजारबाट प्रकाशित हुने विभिन्न पत्र पत्रिकाहरूमा छपाउने गर्दथे । नेपाल पत्रकार महासंघ बागलुङको सदस्य हुनको लागि वि.स.२०५५ साल तिर निवेदन दिएपछि महासंघको सदस्यता राजनीतिक विचारधारामा फरक आस्थाका कारण नारायणदत्त कँडेल अध्यक्ष भएको कार्यकालमा पाउन सकिन । त्यसपछि दोस्रो पटक वि.स.२०५८,२०५९ सालमा दोस्रो पटक निवेदन दिएर सदस्यता पत्रकार महासंघको हासिल गरेको थिए । केही समयपछि म दुई पटकसम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको तर्फबाट केन्द्रीय सभासदमा निर्वाचित भएको थिए । त्यही समय अवधिमा राष्ट्रिय समाचार समिति धौलागिरि अञ्चल कार्यालय बागलुङमा छोटो समय काम गरे ।
प्रेस चौतारी नेपाल शाखा बागलुङको अध्यक्ष र प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य समेत निर्वाचित भएको थिए । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको वार्षिक साधारण सभामा केन्द्रीय सभासद भएका कारणले काठमाडौँ, नेपालगन्ज,पोखरा सहभागी भएको थिए । पत्रकारिता पेसाबाट मैले व्यक्तित्व विकास सहित वृत्ति विकासका लागि लोक सेवा आयोगको परीक्षा पास गरेर खरिदार र लेखापाल पदमा स्थायित्वका लागि निजामती सेवामा कामकाज गर्न थाले । निजामती सेवा प्रवेश गरे पनि नियमित लेखनशिप कार्यलाई निरन्तरता दिँदै आएको थिए । शाखा अधिकृतको तयारी सँगसँगै राजनीति शास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर तहको परीक्षा पास गर्नका लागि लेख्ने र लेखको परिमार्जन सहित पत्रपत्रिका तथा अनलाइन पोर्टलमा प्रकाशन गर्ने बानीमा गिरावट आएको थिएन । स्नातकोत्तर तहको समाजशास्त्र मानव शास्त्र तहको अध्ययनलाई पुरा गर्न सकिन । तर नेपाल पत्रकार महासंघको केन्द्रीय विधान बमोजिम साधारण सभाले पत्रकारहरू सुदृढीकरण अभियान थालनी गरी राजनीतिक पार्टीका पदाधिकारी, जनप्रतिनिधिहरू,निजामती सेवाका कर्मचारीहरूलाई पत्रकार महासंघको सदस्य हुन बाट रोकी सदस्यता नवीकरण नगर्ने नीति विधान पारित गर्यो । तर मैले निरन्तर रूपमा आफ्नो रुचि र इच्छाका कारणले लेखन कार्यलाई कायम गरेका कारणले मैले पत्रकार महासंघको सञ्जालमा आजीवन आबद्ध हुने योजना र सोच रहेको थियो ।नागरिक समाज,राज्यको चौथो अंगका रूपमा परिचित भएकाले सेवा निवृत्त फुर्सदको समयमा पत्रकारिता पेसालाई उपयोग गर्न सकिन्छ भन्ने सोच भएको थियो । तर नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण कार्य अभियान चलेको थियो । भवन निर्माणका लागि पाँच हजार एक सय दान गरेर शिलालेखमा नाम लेख्ने अभियानमा जोडिएको थिए ।पत्रकार महासंघका अध्यक्ष दिल शिरीषको कार्यकालमा सदस्यता नवीकरण गर्न पटक पटक अनुरोध गरेको थिए । वार्षिक रूपमा पत्रकार महासंघको सदस्यता नवीकरण गरी आबद्धता भई रहने इच्छाशक्ति र योजनामा सदस्यता नवीकरण नभई तुसारापात भएर निराशा बन्न पुगे । म लगायत थुप्रै साथीहरू राजनीतिक पार्टीको पदमा आबद्ध र जनप्रतिनिधीहरुले समेत पत्रकार महासंघको सदस्यता नवीकरण गरी निरन्तर सदस्य बनी रहने योजना अवरुद्ध भएको थियो । तर मलाई फुर्सदको समय व्यवस्थापन भएमा पत्रकार महासंघको विभिन्न कार्यक्रममा सहभागी हुन रुचि लाग्दछ ।
सामाजिक सञ्जालबाट जानकारी भए पनि सहभागी हुने गरेको छु । मलाई नेपाल पत्रकार महासंघ शाखा बागलुङको भवनमा रहेको सूचना प्रविधि कक्ष र पुस्तकालय कक्षमा भएको थुप्रै पुस्तकहरू अध्ययन गर्ने योजना र सोच ममा अगाध रूपमा रहेको छ । अहिले मसँग भएका पत्रकार महासंघको कार्यक्रममा सहभागी भएका पुराना फोटोहरू, कार्डहरू, प्रतिवेदनहरू घरको र्याकमा देख्दा विगतका दैनिकीहरु ताजा रूपमा स्मृतिका पानाहरू ताजा बनेर इतिहास आँखा अगाडी आउँदछ । आगामी दिनमा विधान संशोधन भएमा मैले पुनः पत्रकार महासंघको सदस्यता लिन मिल्ने नीति र विधि आएमा आबद्ध हुन चाहन्छु । वैधानिक रूपमा पत्रकार महासंघको सदस्य नभए पनि गतिविधिहरूका बारेमा नियमित सम्पर्क हुन चाहन्छु ।
सालको टपरीबाट दाल चुहियो
म झन्डै नौ दश वर्षको उमेरको समयमा हुनुपर्दछ । भकुण्डे, अर्वाउदीको मगर समुदायको विवाह संस्कार अनुसार पहिला केटा केटी मिलेर विवाह गर्ने हुन्छ । केटा केटीहरू भएपछि वा विवाह भएको केही वर्ष पछि ढोग भेट फुकाउने भन्ने संस्कार रहेको हुन्छ । मगर समुदाय अधिकांशको प्रेम विवाह हुने गर्दछ । मागी विवाह कोही कोहीको औलामा गन्न सकिने मानिसहरूले गर्दथे । अझ कसै कसैले त मामाको छोरी साली नानीको हक लाग्दछ भनेर विवाह गर्ने चलन चल्ती रहेको पाइन्छ । तर आजभोलि सचेतना बढ्दै गएकोले मामाको छोरी विवाह गर्ने चलनमा कमी हुँदै आएको छ । तर केटी भन्दा केटाको हकमा श्री सम्पत्ति बढी भएमा र लाहुरे सहित अन्य आम्दानी वाला भएमा मामाको छोरी विवाह गरिदिने प्रभाव र दबाब हुन्छ । तर केटा पक्ष आर्थिक स्तरमा कमजोर भएमा त्यति वैवाहिक सम्बन्ध नभएको पाइन्छ । त्यसै बमोजिम म सानो छँदा अहिलेको जस्तो थालीमा भोज खुवाउने चलन थिएन । बनमा गएर कटुसको पात, सालको पात, मयाको पात सङ्कलन गरेर टपरी बनाई भोजमा प्रयोग गर्दथे । विवाह भोज गर्न नसक्नेहरूले चाडपर्व तथा विवाहको लगन पारेर थोरै जनाको उपस्थितिमा सम्पन्न गर्दथे । विवाह भोजमा केटा केटीहरू बढी हल्ला गर्ने भएकाले प्राथमिकतामा पारेर छिटो भोज खान दिन्थे । हामी केटा केटीलाई विवाह संस्कारमा के के गर्नुपर्दछ भन्ने बारेमा चासो दिँदैनथ्यौ । पञ्चे बाजा भए नाच गान र भोजमा ध्यान केन्द्रित हुन्थ्यौ । भोजमा सालको टपरीमा केटा केटीहरूलाई जम्मा गरेर भोज खान दिन थाले । भोजमा दाल, भात, तरकारी थियो । टपरी चुहिएर जति पटक दाल थपे पनि भात मात्र हुन्थ्यो । दाल थप्ने भान्छेले हैन केटा केटीहरूले कति धेरै दाल खाएको भनेर भन्थे । तर हाम्रो भातमा दाल नमोलिएर सिधै टपरीबाट चुहिएर भुईँमा जाँदा भात स्वादिष्ट तरिकाले खाना नपाएको बालापनको अनुभव छ । सायद मैले जस्तै टपरी चुहिएर राम्रोसँग भोजमा भात खानेहरू सबैले यस्तै मनोदशा बेहोरेको हुनुपर्दछ ।
भोज भतेर आयोजना गर्दाको समयमा अधिकांश गाऊँ भरी नै त्यस्तै चलन थियो । जन्ती जानु पर्ने, जन्तीले बेहुलीलाई लामो बाटोसम्म बोकेर ल्याउनुपर्ने चलन थियो । डोलीलाई राम्रोसँग बोक्नुपर्ने छ भनी माइती पक्षबाट अनुरोध गर्दथे । जन्ती भएर जानु भन्दा अगाडी कोसेली स्वरूप भारीका भारी रोटी,रक्सी, तरकारी बोकेर जानुपर्ने चलन थियो । विवाहमा जाँदा जन्तीहरूलाई कुनै गाउँमा सिस्नु लगाउने चलन छ रे भन्थे तर मैले अनुभव गर्न पाइन । अहिले भने विवाह, वर्तवन्धमा समाजका टोल टोलमा भाडा डेक्ची, कचौरा, थाली किनेर प्रयोग गर्ने गरेको पाइन्छ । त्यस बेलामा साना केटा केटी भएकोले सबै थाहा पाउन सकिएन । छिमेकीहरू मिलेर बनमा कटुस, सालको पात टिप्न जान्थे र टपरी बनाउने गरेको प्रचलन अहिले सम्झँदा वातावरण मैत्री र जलवायुको हिसाबले बहुत अनुकूलन रहेछ भन्ने ज्ञान हुन्छ । अहिले त चाइनिज टपरी, पेपर ग्लास, प्लास्टिक प्लेट, कप भनेर वातावरण बिग्रिने, कार्बन उत्पादन गर्ने र उर्वर माटो बिगार्ने प्रदूषण युक्त सामान प्रयोग गरेर आधुनिक मानिस बनेको पाउन सकिन्छ ।
तामनगरमा जिप नरोक्दा तनाव
नेपाल पत्रकार महासंघ शाखा बागलुङको टोली केन्द्रीय साधारण सभामा सहभागी हुन नेपालगन्ज, बाँकेमा जानु पर्ने कार्यक्रम थियो । बागलुङ देखि टाढा भएकोले जिप रिजर्भ गरेर जानुपर्ने भएकोले सबै केन्द्रीय सभासदहरु जानुपर्ने भए पनि सबै साथीहरू नजाने जानकारी आएको थियो । एउटा जिपमा शाखा अध्यक्ष हरिनारायण गौतम, केन्द्रीय सभासद श्रीप्रसाद शर्मा हाल नेकपा एमालेका नेता , लाल प्रसाद शर्मा हाल पोखरामा ढोरपाटन दैनिकमा कार्यरत प्रकाश बराल हाल कान्तिपुर दैनिकको उप सम्पादक बागलुङ लगायत म पनि यात्रामा सहभागी थियौ । बाटोमा विश्राम लिँदै लामो यात्रा भएकोले बिस्तारै जस्तो यात्रामा सहभागी थियौ । खाजा पानी लिएर जब हामी बुटवल बजारमा प्रवेश गरेपछि मेरो फुुपुको छोरा राजु थापा मगरलाई फोन गरी तामनगर हाइवे चोकमा भेट्नका लागि साथीहरूको माझमा मोबाइल मार्फत जानकारी दिए । मैले जिपमा सहभागीहरूलाई सबै जानकारी गराउँदै डाइभ्ररलाई समेत जानकारी गराएको थिए । टाढाको आफन्त भएकोले लामो समय देखि भेटघाट समेत नभएकोले बाटोमा पर्ने भएकोले छोटो भेटघाट गर्नलाई समय मिलेकोले साथीहरू सबैले सहर्ष स्वीकार गर्नुहुन्छ भन्ने विश्वास र भरोसा मलाई थियो । यात्रामा रमाइला रमाइला गफ, किस्सा देखि राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशका बारेमा छलफल हुन्थ्यो । पत्रकार महासंघ शाखा अध्यक्ष हरिनारायण गौतमले व्यवस्थापन गरेको जिप भएकोले डाइभ्रर मसँग नजिकको चिनजान र सम्बन्ध थिएन । बाटोमा गफ गर्दाको सात आठ घण्टाको यात्रा बिचको चिनजान थियो । बुटवल बजारबाट तामनगर बजार पश्चिम तिर धेरै टाढा थिएन । मैले तामनगर आउँदा रोक्नुहोला भनेर फेरी दोहोरो पटक जानकारी दिँदा कसैले पनि केही पनि प्रतिक्रिया नदिएर चुपचाप बसे । हुन्छ पनि भनेन र हुन्न पनि भनेन । म यात्राको समूहमा उमेर पदीयका हिसाबमा जुनियर थिए ।सबैका आफन्त, नाता हुन्छन् नै । उनीहरूले पनि आफन्तलाई भेटघाट गर्न गएका होलान् भन्ने लाग्दछ । तर जब तामनगर नजिक आउँदा पुनः मैले फोन गरेर जिप नम्बर समेत भनेर साइट लगाएर बस्नु भन्दै फोनमा कुराकानी गरेको थिए । जिप अलि तीव्र गतिमा सडक फराकिलो भएकाले थियो । तमानगर भन्दा यता आउने टोलहरूको सबै नाम मलाई थाहा थिएन । फुपूको छोरा राजु थापा मगर .मोटरसाइकलमा सवारी थिए । मैले पुनः जिप तीव्र गतिमा भएकोले रोक्नलाई आग्रह गरे । तर जिप निरन्तर रूपमा गुडिरहेको थियो । त्यसै समय अध्यक्ष हरिनारायण गौतमले सरासर अगाडी जानका लागि डाइभ्ररलाई साङ्केतिक भाषामा निर्देशन दिए । यता राजु थापाले मलाई फोन गरेर कहाँ आउनु भयो । म तामनगर चोकमा नै पर्खेर बसी रहेको छु भन्दै गर्दा हामी तामनगर चोक काटेर धेरै पश्चिम तिरको यात्रा कुदिरहेका रहेछौ । मैले डाइभ्ररलाई एक छिन रोक्नका अनुरोध गरेर फोनको जवाफ दिँदा त धेरै दुरी पार गरेको जानकारी भयो । डाइभ्ररले रोक्न भन्दा मैले पटक्कै मानेन । राजु थापा हामी धेरै टाढा आएछौ तामनगरबाट पश्चिम तिर ।नेपालगन्ज पुग्न राति अबेर हुने भएकोले गाडी रोकेनन् । फर्कने समयमा मिलेमा भेटघाट गरौला भन्दै नमिठो र दुखदायी क्षणको यात्रा भयो । त्यस यात्रामा रहेका अरू वरिष्ठ भनी पत्रकार महासंघका केन्द्रीय सभासदहरुले समेत केही शब्द पनि बोलेन ।
छोटो समयका लागि एक छिन रोकौँ, फ्रेस पनि भइन्छ एक छिन ओर्लेर चिया पिउँला भनेन । एक काम दुई पन्थ हुन्छ भन्ने सोच र जवाफ कोही कसैबाट नआएको यात्राको संस्मरण आजका दिनसम्म पनि ताजा रूपमा मनमा अमिलो र गाँठो पारेर सम्झिने घटनामा परिरहन्छ । फेरी प्रकाश बरालको तनहुँ को आफन्तको घर चिया र पानी पिउन भेटघाट गर्न तथा प्रकाश बरालको विवाहको चर्चा गर्ने समयसम्म जीप रोकिएको थियो । तमाननगर कटेपछिको यात्रामा मेरो मनमा तनाव, खिन्नताको आभास भई रह्यो । अनुहारमा चमक ता आएन । थप साथीहरूबाट खिस्सा,चुट्किला, केही आएन । यात्रा नेपालगन्जसम्मको थियो । राती पुग्ने काम भएपछि वास बस्न नेपालगन्जमा राम्रा होटेल नपाएकोले कोहलपुरमा बसेपछि विहानपख प्रेस चौतारी नेपालको केन्द्रीय समितिको बैठक, दिउँसो नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण उद्घाटन कार्यक्रम थियो । तत्कालीन राष्ट्रपति राम वरण यादवबाट उद्घाटन भएको थियो । मलाई आज पनि पत्रकार महासंघको कार्यक्रम सम्झिँदा तमानगरको घटना याद आउँछ । त्यस यात्रामा सहभागीहरू अहिले पनि प्रत्यक्ष भेट हुँदा कहिले काहीँ याद आउँछ । सबै आफ्नो स्वार्थको लागि मात्र चुपचाप बस्ने हुँदा रहेछन् । अन्तर्निहित स्वार्थ नमिल्दा सम्म अरूका लागि राज्यको चौथो अगं अभियन्ता समेत मौन बसेको अनुभव गर्न पाए । तपाई जो सुकै हुनु होओस् कि सहयोग र स्वार्थ नमिल्ने हो भने मुख दर्शक संसार पाइन्छ भन्ने सहकर्मीहरूबाट तितो अनुभव गरेको छु । साथीहरूमा मानवता, अनुशासन,मानव अधिकार, सूचना अधिकार आफूमा लागु नहुने गरी अवचेतनहरूका दिमाग भुटने गरी लागु भएको पाउँछु । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे, धौलेचउर, बागलुङ