Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

कहिलेकाहीँका अविस्मरणीय पलहरू

  • याम बहादुर थापा मगर
  • १ वर्ष अगाडि

छिमेकी फुपुले स्कुल लैजाने समय

मेरो घर नजिकै कामी आरन गाऊँ पहिले र अहिले इन्द्रेणी गाऊँ नाम पाएको गाऊँ मा जुना विश्वकर्मा फुपू हुनुन्थ्यो । जुना विश्वकर्माका आमा र बाबालाई मेरा बाबा आमाले मामा र माइजुको नाता सम्बन्धले बोलाउनुहुन्थ्यो । जुना विश्वकर्माको आमा हाम्रो घरमा असार महिनामा कोदो रोप्न र साउनमा कोदो गोढन आउनुहुन्थ्यो । मसिरमा कोदो काट्न लगाएर मेलापातमा खेताला काम गर्न आउनु हुन्थ्यो । आपसी सम्बन्ध नजिकको थियो । म भर्खर स्कुलमा जाने उमेरमा प्रवेश गरेको थिए । अहिले त जुना विश्वकर्मा फुपूको बाबा आमा मृतकमा परिणत भइसक्नु भएको छ । जुुना विश्वकर्माको समेत साबिकको बागलुङ जिल्लाको पाला गाउँ विकास समितिमा विवाह भएको र छोरीहरू भएको जानकारी थियो । तर वैवाहिक जीवन सफल हुन नसकेको जानकारी प्राप्त गरेको थिए । केही समय माइती गाऊँ इन्द्रेणी गाऊँ मा नै बस्नु हुन्थ्यो । तर फेरी दोस्रो पटक विवाह गर्नु भएको छ रे भनेर पछिल्लो अपडेट पाएको छु । तर लामो समय नै भएको छ कि उहाँसँग प्रत्यक्ष भेटघाट र कुराकानी नभएको पनि । मलाई अहिले उहाँसँग भेटघाट गरेर अझै गहिरोसँग विगतका सङ्घर्षका कहानीहरू बारेमा जानकारी लिन इच्छा रहेको छ । भुइमान्छेहरु मध्येको अन्तरवार्ता गर्ने योजना बनाएर नलेखिएका कथाहरू, छायामा परेको उपन्यासका पात्रहरू, यात्राका अनुभूतिहरू, सस्मरणहरुका पात्रहरू बारेमा दस्तावेजीकरण अभिलेख गर्ने सोच बनेको वर्तमानको अवस्थामा छ ।

जुना विश्वकर्मा फुपुसँगको सम्बन्ध मेरा बाल्यकालमा भएको हो । म घरबाट सुरुवातका दिनमा विद्यालय जान सरासर नमान्ने खालको स्वभावको थिए । आमा बाबाले भैरव माध्यमिक विद्यालयको पुरानो भवनमा लैजाने तर म कक्षाकोठामा बसेर पढ्न मान्दैनथे ।

फेरी आमाको साथमा रुद्धै फर्कने काममा रुद्धै कक्षा कोठामा नबस्ने विद्यार्थीहरूमा हुन्थे । म स्कुल जाने छिमेकी साथीहरूसँग हिमचिम भइसकेको थिएन । मेरी आमाले मलाई स्कुल पठाउनको लागि नयाँ र नौलो तरिकाको खोजीमा हुनुन्थ्यो । घरमा जुना विश्वकर्माको आमा आएको समयमा छोरा याम बहादुर थापा मगर स्कुल नगएकोले सताएको छ भन्दै दुखको वेदना पोख्नु हुन्थ्यो । त्यही समयमा हाम्रो छोरी जुना विश्वकर्माले बाबुलाई स्कुलसँगै लैजाने र ल्याउने गर्लानी भन्दै आमासँग छलफल र कुराकानी भएको थियो । जुना फुपुले मैले भन्दा माथिल्लो कक्षा पढ्नु हुन्थ्यो । चाडै विवाह गरेका कारण उच्च शिक्षा हासिल गर्नुभएन । सुरुका दिनमा मैले सहजै मानिन । आमाले आलु, मकै, पिठो खाजा बनाएर दिउँसो खानाको लागि जुना विश्वकर्मा फुपुलाई दिनुहुन्थ्यो । मलाई फकाएर लैजान सिपालु कला जुना विश्वकर्मा फुपुमा थियो । म सुरुका दिनमा जुना फुपुको माथिल्लो कक्षामा उहाँसँगै बस्थे । जुना फुपुको भदै मुकेश सोनी ( साबिकको नाम छविलाल विश्वकर्मा ) ले मसँगै कक्षाको साथी भएकोले कक्षाकोठामा सँगै बसेर पढ्न मलाई बिस्तारै बिस्तारै सजिलो भएको थियो । तर केही दिन पछि म आफ्नै एक कक्षामा साथीहरूसँग बस्ने र कक्षा समाप्त भए पनि जुना फुपुको पछि लागेर घर फर्कने क्रममा म एक्लै आफ्नो घरमा जाँदैनथे । म पनि पछि पछि जुना विश्वकर्माको इन्द्रेणी गाउँको घरमा जान्थे । फुपुको घरमा तयारी भएको खाजा समेत खान दिए पछि खान्थे । मलाई भोकमा भोजनको खाँचो जस्तो थियो । हाम्रो गाऊँ समाजमा दलित विश्वकर्माको घरमा खाना खानु हुँदैन । पानी नचल्ने जातको खादा देउता रिसाउँछन् भन्ने ज्ञान ममा धेरै पछि थाहा भयो ।

मलाई जुना फुपु घरमा छोड्न आउँदा आमाले सोध्नुहुन्थ्यो कि भोक लाग्यो होला भनेर । सुरुका दिनमा जुना फुपुले खाजा खान दिएको बारेमा ढाँट्नु हुन्थ्यो तर पछिल्ला दिनमा ढाँट्न छाड्नु भयो । जुना फुपुले आफ्नै घरमा आमाले बनाएर राखिएको खाजा खाएर आएको बताउन थाल्नु भयो । घरबाट लगेको खाजा खाई सकेर थप खाजा खाने भोक जागी सकेको अवस्था हुन्थ्यो । सुरुका विद्यालयमा जान मलाई नौला मान्छेसँग हिमचिम हुन समय लाग्ने गर्दथ्यो । शिक्षकहरूले फकाए पनि मेरो बालापनको भावना जित्ने गरी फकाउने क्षमता विद्यालयका शिक्षकहरू भन्दा जुना फुुपुले भन्दा अरूले सुरुका दिनमा गर्न सकेन । जुना विश्वकर्मा फुपुले फकाउने कलाले स्कुल प्रतिको मोह जगाएर मलाई विद्यालय प्रतिको अगाढ माया बसाउनमा अथक प्रयास गरेका कारण मैले आफ्ना साना भाइ बैनीहरूलाई स्कुलमा लैजानका लागि नेतृत्व गरेको थिए ।

दलितको घरमा खान नहुने र पानी छोइएमा नचल्ने भन्ने हिन्दु धर्म संस्कार र प्रथा बमोजिम अज्ञानताको समयमा मैले खाना खाएको थिए । तर हाम्रो समाज अहिले पनि दलितहरूको विवाह भोज, ब्रर्तवन्ध, मृत्यु संस्कारमा मलामी जाने र सहभागी हुने प्रचलनमा अग्रगामी विचार आई कार्यान्वयन नभएको अवस्था छ । औपचारिक कार्यक्रममा बल्ल बल्ल सहभागी गराए पनि अन्धविश्वास,कुप्रथा र कुचलन तोड्नका लागि नसकेको सामाजिक क्रान्ति बाँकी नै छ जस्तो लागेको छ । मलाई जुनु विश्वकर्मा फुपुले सानो छँदा विद्यालयमा नियमित जानको लागि गरेको उत्प्रेरणामूलक कार्यलाई अहिलेको दिनसम्म ल्याउनमा खुड्किलोको काम गर्नु भएकोमा सलाम गर्न चाहन्छु । त्यसपछिका दिनहरूमा थुप्रै साथीहरू, थुप्रै शिक्षकहरू, अभिभावकहरू, राजनीतिक नेताहरू, साहित्यकारहरू, पत्रकार, प्रशासकहरूको सामीप्यमा रही अनुभव, शिक्षा, निर्देशन लिएको अवस्था छ । ती प्रशासकहरूका अनुभवका टिपन टापनका भावनाहरू आगामी दिनमा लिपिबद्ध गर्दै जाने कार्यक्रम रहेको योजना सुनाउन चाहन्छु ।

नबुझ्दैको राजनीति आन्दोलनको सम्झना

भकुण्डे गाऊँ रमणीय र हिमशृङखला अवलोकनका लागि राम्रो गाउँ मानिन्छ । बागलुङ जिल्लाको लामो समय सभापति हुनु भएका स्वर्गीय रणसिङ थापा मगरले नेतृत्व गरेको भकुण्डे गाऊँ हो । पछिल्लो समयमा संविधान सभा सदस्य तथा सांसद नर बहादुर थापा मगरले नेतृत्व गरेका थिए । स्थानीय तह देखि जिल्ला तह हुँदै केन्द्रीय तहसम्मको राजनीतिक नेतृत्व सम्हाल्नका लागि विचार विमर्श र दीर्घकालीन सोच बनाउनु पर्ने टड्कारो आवश्यकता देखा परेको छ । समयको माग अनुसारको राजनीतिक नेतृत्वको महसुस मैले गरेको छु । भकुण्डेमा नेकपा एमालेको वर्चस्व कायम भई वि.स.२०४९ सालको स्थानीय चुनावमा शतप्रतिशत जनप्रतिनिधि भएको गाउँ विकास समितिमा पर्दथ्यो । त्यस समयमा म कक्षा छ, सातमा अध्ययन गर्दथे । हाम्रो विद्यालयमा समय समयमा आम सभा, भेला, बैठक, सम्मेलन हुने गर्दथे । स्वर्गीय सांसद गोविन्द अधिकारी समय समयमा आउनु हुन्थ्यो । साथै पछि विष्णु भण्डारी धम्जाका, राजेन्द्र बहादुर खड्का तित्याङका, टोप बहादुर खड्का सिगानाका लगायतको नेताहरू आउन थालेका थिए । गाउँका मानिसहरू चौर भरि थुप्रिएका हुन्थे । उकालोमा हिँडेर आएकोले पसिनै पसिना भएका काला रङ्गका स्वर्गीय गोविन्द अधिकारीले सबै उपस्थित जनसमुदायहरूलाई नमस्कार पालैपालो गर्दै साल सलामको अभिवादन सहित हात मिलाउने गर्नुहुन्थ्यो । अहिले जस्तो मोबाइल मार्फत फोटो खिच्ने काम हुन्थेन । कोदाक वाला क्यामेराले कसैले फोटो समेत खिच्थे । आम जनताको जीवनशैली परिवर्तन गर्ने साम्यवाद,जनवाद, समाजवाद र माओ विचाराहरु ल्याउने जस्ता क्रान्तिकारी भाषण दिन्थे । कहिले काहीँ रात्रिको समयमा प्रशिक्षण कार्यक्रम समेत हुन्थ्यो । पोस्टर, पर्चा, पम्प लेट कार्यक्रमहरूमा बाँड्ने काम गर्दथे । चोक चोक , चौतारा, पसल पसलमा पोस्टर, पर्चा टाँस्ने काम म लगायतका साथीहरू रमाई रमाई गर्दथ्यौ । पर्चामा लेखिएका विषयवस्तुहरू सुरु देखि अन्तसम्म अध्ययन गर्ने निर्देशन अभिभावक स्थानीय नेताहरूबाट हुन्थ्यो । गाऊँ भरीका युवाहरू जम्मा भएर एक एक लाइन लगाएर युवा मार्च पास गर्ने लाइन अत्यन्तै लामो हुन्थ्यो । भकुण्डे गाऊँ भरिका युवाहरू जम्मा हुँदा झन्डै चार सय भन्दा बढी हुन्थे । खाजा र चिया समेत सामूहिक रूपमा मेसमा व्यवस्था गरेका हुन्थे । ठुलो आवाज आउने ढ्वाङ बोकेर हिडनु पर्ने हुन्थ्यो । मलाई माइक्रोफोनमा बोल्न नदिने तर ब्याट्री राख्ने गह्रुँगो बक्स सानो केटा भएकोले बोकाउँथे । मलाई बोक्न गाह्रो हुन्थ्यो । कहिले माइकिङ गर्दै अभ्रर्कको जुगे ढुुगासम्म जाने कहिले बालौटेको डाँडासम्म त कहिले सौरेको फलाटे डाँडामा गएर ठुलो स्वरमा लगाएर रायडाँडा, दमेक सुन्तलाचौर, पैयुँपाटाको घडेरी जस्ता बस्तीहरूमा सूचना सहित प्रचार प्रसार गर्दथ्यौ । ब्याट्री सकिएपछि फेर्नका लागि छुट्टै ब्याट्री समेत कहिले काहीँ लिएर हिडने गरिन्थ्यो । माइकिङ गर्दै फर्केर आउँदा टाँसिएका पोस्टर, पर्चा च्यातिएको समेत पाइन्थ्यो । कसले किन च्यात्यो भनेर हामी फर्केर आएपछि समीक्षा स्वरूप प्रतिवेदन गर्दथ्यौ । घरको धुरीमा माइक राखेर जनवादी गीतहरू गाउँ भरिका मानिसहरूलाई सुनाउने साथै जननेता स्वर्गीय मदन भण्डारीको रेकर्ड गरेको भाषण ठुलो आवाजमा सुनाउने काम शनिवारको दिनमा गर्दथे । हामी केटा केटीहरू जम्मा मानेर रमाइलो मान्थ्यौ । ठिक र बेठिक के हो भन्ने बारेमा विश्लेषण गर्ने क्षमता र बुद्धि विकास नभएको अवस्था थियो । पार्टीलाई लेवी उठाउने, चन्दा सहयोग माग गर्ने, सहयोग रसिद वितरण हुने गर्दथे । तर मलाई गहिरोसँग बोध हुँदैनथ्यो । अमलाचौरमा नेकपा एमालेको कार्यक्रम हुँदा भकुण्डेका युवा लाल सेनाहरू मार्चपास गर्दै खसीको मासु र रक्सी खान पाइने लोभमा पटक पटक युवाहरू जान्थे । लडाकु युवाहरू भिडन्त समेत हुने सम्भावनालाई मध्यनजर राखेर तगडा युवाहरू जम्मा भएर जान्थे । मलाई घरमा आमा बाबाले सहभागी हुन नदिएका कारण म अमलाचौरमा भकुण्डेका लालसेनामा सहभागी हुन सकिन । युवा साथीहरूका लागि तेक्वान्दो खेलको प्रशिक्षण, बक्सिङ खेलको प्रशिक्षण समेत सञ्चालन हुने गर्दथे । बागलुङ बजारको धौलागिरि मञ्चमा बृहत् धौलागिरि अञ्चल स्तरीय आमसभामा सहभागी हुनका लागि मार्चपास गर्ने युवा दस्ताको दुई महिना भन्दा बढी लामो प्रशिक्षण सयौँ युवाहरूलाई प्रशिक्षण भएको थियो ।

भकुण्डेका युवाहरू स्वयंसेवक रूपमा बागलुङ बजार देखि सिमेन्ट, बालुवा, चामल, छड लगायतका सामानहरू ढुवानी गरेर सामूहिक कोष खडा गर्दथे । भलिबल प्रतियोगितामा एमाले पार्टीको भातृ सङ्गठनको तर्फबाट खेल्न जान्थे । रेश गाऊँ, दमेक, कुश्मीशेरा जैमिनी मेला, चैत्रे दशै मेला लगायतका स्थानहरूमा सहभागी हुन्थे । युवाहरूलाई अध्ययनशील र पठनशील बनाउनका लागि ज्ञान ज्योति पुस्तकालय इन्द्रेणी टोलमा सञ्चालन गरेका थिए । बालबालिकाहरूका लागि अध्ययन सामाग्री कम मात्रामा भएकोले मैले खासै पुस्तकहरू अध्ययन गरिन । तर गाउँका युवाहरूले बढी मात्रामा मार्क्सवादी चिन्तन, माओ सेतुङ, रुसी साहित्यका किताबहरू बढी मात्रामा पुस्तकालयमा अध्ययनका लागि उपलब्ध थिए । धेरै पछि मात्रा मलाई व्यक्तिगत जीवनमा पुस्तकालयको महत्त्व अवगत भयो ।

तिजको सन्दर्भमा भलिबल, तिज गीत प्रतियोगितामूलक कार्यक्रम मेला, दशैको समयमा नाटक देखाउने, तिहारमा भैलो खेल्ने चलनमा सबै पार्टीका गतिविधिहरूमा जोडिएको हुन्थ्यो । दशैको समयमा देखाएको नाटक चोर नानी उपन्यास लेखक मोदनाथ पश्रितको नाटकको प्रस्तुतिले जीवन्त रूपमा समुदायको मन जितेको हुन्थ्यो । टोल टोलमा पार्टीका झन्डाहरू फरफराइ रहेको हुन्थ्यो । गीत सङ्गीतमा रुचि राख्ने युवा युवतीहरू मस्तै अभ्यासमा नै व्यस्त हुन्थे । कुनै कुनै साथीहरूलाई त औपचारिक शिक्षाका किताब,कापीहरू भन्दा बढी मात्रामा अनौपचारिक खालका दर्शन, साहित्य, उपन्यास लगायत मार्क्सवाद, लेनिनवादी र माओ विचारधाराका किताबहरू अधिक मात्रामा अध्ययन गर्दथे । बाह्रय किताब पढ्ने ती साथीहरू राजनीतिक यात्रालाई भविष्यमा उच्च स्तरको पदमा आसीन हुन नसक्दा अहिलेको समयमा औपचारिक शिक्षालाई जोड दिएको भएमा हुन्थ्यो कि भन्ने भावना कहिले काहीँ व्यक्त गर्नुहुन्छ ।

अन्तमा मेरो बाल्यकालमा भएका गाउँका राजनीतिक क्रियाकलापहरू सानो लेखमा समेट्न सकिन । आगामी दिनमा फेरी टिपन टापन गरेर शिक्षामूलक तरिकाले प्रस्तुत गर्ने छु । कोही दुबिधामा परेका विषयमा पाका मानिसहरूसँग छलफल र जानकारी लिएर थप अर्को आलेख तयार गर्ने छु । बैठक,सभा, सम्मेलन हुने कार्यक्रममा मानिसहरूको जमघट अहिलेको डिजिटल प्रविधिको जमानामा कम हुँदै गएको आभास मिलेको छ ।(याम बहादुर थापा मगर :बागलुङ नगरपालिका वडा नं. १० भकुण्डे, धौलेचउर, बागलुङ)

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गणतन्त्र दिवसको सन्दर्भ (कविता)

रहरले भन्दा कहरले बागलुङको भ्रमण गरेका स्थलहरू

जिन्दगीको यात्राका अनुभवहरू

कहिलेकाहीँका अविस्मरणीय पलहरू

प्रजातन्त्रसँगै खुलेको अभिव्यक्ति स्वतन्त्रताको ढोका

मनाङको हिउँदे कठिनाइ

ताजा समाचार

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न
अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न
डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू
डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू
नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा
नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा
बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने
बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने
निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ
निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

ट्रेन्डिङ

अपाङ्गता सरोकार सघ बागलुङको १२ औं साधारण सभा सम्पन्न

नेपाली दम्पतीलाई सम्पति शुद्धिकरणको मुद्धा

डेङ्गीलाइ नियन्त्रण तथा रोकथामका लागि  ‘खोज तथा नष्ट’ अभियान बागलुङमा सुरू

बागलुङमा ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल प्रतियोगिता हुने

निर्माणाधिन मानवसेवा आश्रम भवन सम्पन्न गर्न श्रीमद् भागवत् सप्ताह महायज्ञ

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com