Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

छोराको मोहले गर्भपतन गराउनेको संख्या बढ्दो

  • सुधा देव
  • ४ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

सप्तरी, २५ पुस । राजविराज नगरपालिका-१६ की ३५ वर्षीया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन्। उनी अझै एउटा छोरा पाउने आशमा छिन्। उनले चौथो सन्तान लिंग पहिचान गरी गर्भपतन गराइन्।

उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। विदेशबाट आएपछि पुनः छोरा पाउने मनस्थिति बनाएको विमलाको भनाइ छ। उनले भनिन्, `मेरो परिवारमा चार पुस्तादेखि एउटै छोरा हुँदै आएकाले हामी दम्पतीमा दुई छोरा जन्माउने चाहना भएको हो।´

राजविराज नगरपालिका-२ की ३३ वर्षीया मोनाज खातुन (नाम परिवर्तन) तीन छोरीकी आमा हुन् । उनले गर्भमा छोरी भएकैले दुईपटक गर्भपतन गराइसकेकी छन्। उनले भनिन्,´तीनवटी छोरी भए पनि छोरा पनि चाहिने भएकाले छोरा पाउने आसमा दुईपटक गर्भपतन गराउन बाध्य भएँ।´

उनकै छिमेकी ३८ वर्षीया प्रवीणा शर्मा (नाम परिवर्तन) ले छोरा पाउने आशमा पाँचवटी छोरी पाइसकेकी छन्। अझ पनि छोराको पर्खाइमा रहेको उनले बताइन्। उनले भनिन्, ´छोरीहरूले त विवाह गरेर गइहाल्छन्। बुढेसकालको सहारा भनेको छोरा नै हो। छोरा भएन भने समाजले पनि यसलाई छोरा छैन भन्छन् । पाँचवटी छोरीलाई जन्म दिने रहर थिएन ।´

लिंग पहिचान गर्ने र गर्भपतन गराउने पैसा नभएकाले गर्भपतन गराउन नसकेको उनले बताइन्। लिंग पहिचान गर्न र गर्भपतन गर्न कम्तीमा २५ हजारदेखि बढीमा ५० हजार रुपैयाँ लाग्ने गरेको प्रवीणाले बताउँछिन्।

राजविराज-३ का ४७ वर्षीय शंकर दास (नाम परिवर्तन) को तीनवटै छोरीको विवाह भएपछि एक दुर्घटनामा छोराको मृत्यु भयो । छोराकै लागि उनले अर्को विवाह गरे। कान्छीपट्टि पनि उनकाे एउटी छोरी जन्मिएकाे छ। तर अझै छोराको पर्खाइमा उनको परिवार छ। उनले भने,´अर्को विवाह गर्ने सोच कहिल्यै पनि थिएन।भएको एउटा छोरा पनि नरहेपछि विवाह गर्न बाध्य भएँ ।´

आफ्नो लागि भन्दा पनि अरूले यसको छोरा छैन भन्लान् भन्ने डरले विभिन्न चुनौती सहेर छोरा पाउन बाध्य भएका सर्वसाधारण हाम्रो समाजमा धेरै रहेको नर्स रेखा देवले बताउँछिन्। उनले भनिन्,´हाम्रो समाज विस्तारै सचेत भएकाे छ। सबैलाई थाहा छ, छोराभन्दा छोरीले हरेक क्षेत्रमा बढी काम गर्न सक्छन्। आमाबुबाको राम्रो हेरचाह पनि छोरीले नै गर्छन्। तर पनि छोराप्रतिको मोह हट्न नसक्नु दु:खद हो।´

राजविराजमा लामो समयदेखि भिडियो एक्सरे गर्दै आएका एक रेडियोलोजिस्टका अनुसार दिनहुँ लिंग पहिचान गरिदिन भनी तीनदेखि ६ परिवार आउने गर्छन्।

नेपालको कानुनमा भ्रुण लिंग पहिचान गरी गर्भपतन गर्न, गराउन नहुने भनिएको अधिवक्ता दानो चौधरी बताउँछिन् । कसैले गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुण लिंग पहिचान हुने कुनै काम गर्ने, लिंग पहिचान भएपछि गर्भपतन गर्ने, गराउने ब्यक्तिलाई कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको उनकाे भनाइ छ । उनले भनिन्, ´बाह्र हप्ताभन्दा बढी २५ हप्तासम्मको तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुने कानुनमा ब्यवस्था छ।´

अहिले पनि लिंग पहिचान गरी गर्भपतन गराउने संख्या सप्तरीमा उल्लेखनीय भए पनि यसको वास्तविक तथ्यांक नरहेको एक स्वास्थ्यकर्मीले बताए।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित

गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए

खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

देवदह नगरपालिकामा मेयर उपमेयर दुवै पदमा एमाले विजयी

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

ताजा समाचार

पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
गोरखा : जसले पाँच वर्षमा पासा पल्टाए अनि जोसँग हारे उसैलाई नै हराए
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु, चालकसहित दर्जन घाइते
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी
खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

ट्रेन्डिङ

मतदान गर्दै सुनिता डंगोलले भनिन्- मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास

कांग्रेसलाई हराउदैँ आँबुखैरेनीमा माओवादीका शुक्र विजयी

जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा निर्वाचित

बारेकोटकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki