Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • शेयर बजार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुन्छ : मोदी

  • मोहम्मद हबिब
  • २ महिना अगाडि
Share on facebook
Share on twitter
Share on linkedin
Share on telegram
Share on whatsapp
Share on email
Share on print
Share on pocket

भैरहवा, २ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचकाे साझा प्रेम नै यहाँकाे पुँजी भएकाे बताएका छन् । २५६६औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुई देशबीचकाे साझा प्रेम नै मुख्य पुँजी भएकाे बताएका हुन्हो । यो पुँजी जति समृद्ध हुन्छ त्यति भगवान गौतम बुद्धको सन्देश फैलाउन सकिने बताए ।

नेपालीमा शुभकामना दिँदै प्रधानमन्त्री मोदीले पहिला पनि वैशाख पूर्णिमामा निमन्त्रणा पाउँने गरे पनि आज मात्रै आउन सकेको बताए । मायादेवी मन्दिरको दर्शन अविश्मरणीय रहेकाे र यो पवित्र ठाउँ जहाँ भगवान बुद्धले जन्म लिए यहाँको उर्जा र चेतनाको अनुभूति फरक पाएको उनले बताए ।

सन् २०१४ मा बोधी वृक्षकाे बिरुवा पठाएका मोदीले अहिले विकसित भएर वृक्ष बनेको छ । उनले नेपाल रामविना पनि अधुरो हुने बताउँदै भारतमा बन्दै गरेको राम मन्दिरका कारणा नेपाली हर्षित भएकाे विश्वास व्यक्त गरे ।

नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुने बताउँदै उनले नेपाल विश्वकै सबैभन्दा उच्च पर्वत सगरमाथा मात्रैको देश नभई, पवित्र तिर्थ र मन्दिर, प्राचिन सभ्यता, मठमन्दिर सम्हालेर राख्ने देश पनि भएकाे बताए ।

नेपालमा जन्मेकी सीता र भगवान गौतमबुद्ध भारतसँग प्रत्यक्ष सम्बन्ध रहेको बताए । भगवान बुद्ध लुम्बिनीमा सिद्धार्थको रुपमा जन्मेका र बुद्ध जयन्तीको दिन भारतको बोधगयामा ज्ञान प्राप्त गरेकोले नेपाल भारत दुवै ठाउँमा सम्बन्ध बनाएको उनले बताए । नेपाल-भारतकाे सम्बन्ध हिमाल जस्तै अटल र हिमाल जस्तै पुरानाे छ रहेकाे उनकाे भनाइ छ । उनले भने, ‘बुद्ध बोध र सोध हो, बुद्ध विचार पनि हो र बुद्ध संसकार पनि हो । बुद्ध विशेष हुनुको कारण उपदेश मात्रै दिनु होइन् उनले मनावताको अनुभूति, चरम सेवा सुविधा त्याग्ने साहस हाे ।’

प्राप्तिभन्दा पनि धेरै महत्व त्यागको हुने उनकाे भनाइ छ । त्यागबाट नै प्राप्ति पूर्ण हुने भएकोले बुद्ध विचार र सभ्यता बनेकाे हाे । उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भयाे, सेही दिन बोधगयामा ज्ञान प्राप्त भयो र यही दिन कुशीनगरमा महापरिनिर्वाण भयो ।’

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता

गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल

दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ

अन्धविश्वासले कष्ट भोग्दै सुत्केरी, नवजात शिशुसहित गोठमा बास

बिहीबारसम्म वर्षाको सम्भावना, आज कहाँ कहाँ हुनसक्छ भारी वर्षा ?

कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता

ताजा समाचार

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
गण्डकी प्रदेशका सबै उपप्रमुख पोखरामा, न्याय सम्पादनबारे छलफल
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु
मोटरसाइकल र साइकल ठोक्किँदा २ जनाको मृत्यु

ट्रेन्डिङ

देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

न्यादीको विजुली राष्ट्रिय प्रणालीमा जोडियो, आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन सुरु

दोस्रो विश्वयुद्धकाे समयमा डुबेको पनडुब्बी ८० वर्षपछि प्रशान्त महासागरमा फेला

आज गण्डकी, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

भलिबलको पूर्वाधार विकासमा जोड दिन खेलप्रेमीहरूको सुझाव

चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
सह- सम्पादक : कमल क्षेत्री

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर
समचारको लागि: ९८५७६२७४४४
विज्ञापनको लागि: ९८४६८०३५००
ईमेल : news.nepalsanchar@gmail.com
Facebook Twitter Youtube

© All rights reserved 2015-2021 nepalsanchar.com

Web Design: Hari Karki