Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीका खेल पत्रकारलाई तालिम

  • ४ वर्ष अगाडि

कास्की, ४ असोज । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार सङ्कलन र सम्प्रेषणलाई सरल बनाउन सञ्चारकर्मीका लागि खेलकुद पत्रकारिता तालिम सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि सुरु भएको दुई दिनको तालिममा मुस्ताङबाहेकका १० जिल्लाबाट गरी ७० जना खेल पत्रकारको सहभागिता रहेको छ । राष्ट्रिय खेलकुदका ३६ वटै खेलका नियम, खेल नतिजाको विधि, खेल अनुशासन, नियमलगायतका विषयमा जानकारी प्रदान गरी पत्रकारलाई सबै खेल विधामा समाचार सम्प्रेषणमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले बताउनुभयो ।

उहाँका अनुसार तालिममा ३६ वटै खेलका प्रशिक्षक एवं खेल पदाधिकारीले समाचार सम्पेषणका लागि सञ्चारकर्मीलाई प्रशिक्षित गर्नुहुनेछ । पहिलो दिनको तालिममा १३ जना प्रशिक्षकले प्रशिक्षण दिनुभयो । स्क्वासका रामकृष्ण ज्ञवाली, उशुका गोपाल श्रेष्ठ, क्रिकेटका रिजन प्रजु, भारत्तोलनका राजन बड्गामी, फेन्सिङका सन्दीप बराल, सेपाताक्रोका मोहन गुरुङ आर्चरीका योगेन्द्र शेरचन र खोखोका विशालजङ्ग कुँवरले सम्बन्धित खेलका बारेमा जानकारी गराउनुभयो ।

यसैगरी ब्याडमिन्टनका पुनम गुरुङ, बक्सिङका प्रियङ्का बर्मा, टेनिसका निरज थापा, प्याराग्लाइडिङका योगेश भट्टराई र खेल फोटोका बारेमा राम गुरुङले प्रशिक्षण दिनुभएको थियो । बाँकी खेलका बारेमा दोस्रो दिन सम्बन्धित खेलका प्रशिक्षक तथा विज्ञबाट तालिम प्रदान गरिने मञ्चले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने र नवौँ राष्ट्रिय खेलकुद भव्य बनाउन पत्रकारिताको माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल मैदान व्यवस्थापन उपसमितिका संयोजकसमेत रहनुभएका गुरुङले प्राविधिक कारणले प्रतियोगिताका लागि यसअघि तय भएका केही ठाउँको खेलस्थल परिवर्तन हुनसक्ने सङ्केत गर्नुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी गतिविधिलाई आम सर्वसाधारणमाझ पु¥याउन सञ्चारकर्मीबाट निरन्तर साथ प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिमको उद्घाटन समारोहमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नवीन लामिछाने, नेपाल पत्रकार महासङ्घ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेललगायतले तालिमले राष्ट्रिय खेलकुदमा प्रतियोगितामा समावेश गरिएका ३६ खेलको समाचार लेखनमा सहज पु¥याउने बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

कालिका कप : घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

कालिका कप पुरुष भलिबल : २०८२ बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु

बागलुङमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुदैँ

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

महिला भलिवलमो उपाधि मेरो डेण्टल होम बागलुङलाई

ताजा समाचार

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
बागलुङमा प्रदेशस्तरीय तीज नृत्य प्रतियोगिता हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
बागलुङका उद्यमीलाई साबुन बनाउने तालिम
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो
सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बझाईयो

ट्रेन्डिङ

बागलुङ बन्यो डेङ्गुको ‘हटस्पट’ जिल्ला

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com