Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

एनआरएनए जापानको आर्थिक सहयोगमा पोखराको गौरीशंकर क्याम्पसमा अक्षयकोष स्थापना

  • ४ वर्ष अगाडि

कास्की, २६ कात्तिक । पोखरा–२५ हेम्जास्थित गौरीशंकर बहुमुखी क्याम्पसमा एनआरएन जापानले अक्षयकोष स्थापना गरेको छ ।
संस्थाले बिहीबार १ लाख २० हजारको अक्षयकोष स्थापना गरेको हो ।
एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले क्याम्पस परिसरमा आयोजित एक कार्यक्रमका विच क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेल तथा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेललाई रकम हस्तान्तरण गरेका हुन् । विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति वितरण गर्नेगरी अक्षयकोष स्थापना गरिएको एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २५ का वडाध्यक्ष एवं पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले सहयोगी संस्थाप्रति आभार प्रकट गर्दै सहयोग रकमको सदुपयोग हुने विश्वास लिए । उनले क्याम्पसमा शौचालय निर्माणका लागि वडाले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
एनआरएन जापानका अध्यक्ष पौडेलले संस्थाले मातृभूमिमा केही गर्नुपर्दछ भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको स्पष्ट पारे । उनले कोषमा ३० हजार थप गरी १ लाख ५० हजार पुयाउने प्रतिबद्धता व्यक्त गर्दै आगामीदिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने जनाए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले कोष स्थापनाप्रति आभार प्रकट गर्दै सहयोग आफैमा महत्वपूर्ण हुने उल्लेख गरे । क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले सबैको सद्भावबाट क्याम्पस सञ्चालन भइरहेको उल्लेख गर्दै क्याम्पस कास्की निर्वाचन क्षेत्र नं. ३ कै अग्रणी संस्था भएको जनाए ।
यसैबीच नेलम्बो नेपालले सेनिटरी प्याड पनि हस्तान्तरण गरेको छ । त्यस अवसरमा नेलम्बोका फन्डिङ एण्ड पार्टनरसिप कोअर्डिनेटर डा. किसन कोइरालाले संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण र अनुसन्धानको क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहायक प्राध्यापक श्रीभद्र पौडेलले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

रास्वपाको प्रथम स्थापना दिवस जापानमा सम्पन्न

करलिम कल्याण कोषको वेवसाईट शुभारम्भ

ओकिनावामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com