Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

ओकिनावामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

  • ४ वर्ष अगाडि

टोकियो , २६ कात्तिक । जापानको ओकिनावामा पहिलो पटक आयोजना गर्न लागिएको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ ।

राजधानी टोकियो, फुकुओका, नागोया हुँदै पहिलो पटक ओकिनावा प्रान्तमा नेपाल फेस्टिवल आयोजना गर्न लागिएको हो । यस वर्षको अन्तिम फेस्टिवल समेत रहेको ओकिनावामा नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

ओकिनावावासी नेपालीहरूको साझा आयोजनामा हुन लागेको प्रथम ओकिनावा नेपाल फेस्टिवल २०२२ यही नोभेम्बर २० तारिख ओकिनावा प्रान्तको नाहा शहरमा आयोजना हुँदैछ ।

नेपाल एक देश धेरै चिनारी भन्ने नारालाई समेट्‌दै नेपाल तथा जापानको सांस्कृतिक पहिचानका झलकहरू, नेपाली खाना, नेपाली परम्परागत पहिरन तथा प्रदर्शनी सहित नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित फेस्टिवल आयोजना गर्न लागिएको आयोजक समितीले बताएको छ ।

फेस्टिवलमा जापानी समुदायको सहभागिता बढाउन तथा नेपाल जापान सम्बन्धलाई जनस्तरमा थप मजबुत बनाउनका लागि जापानी सांस्कृतिक प्रस्तुतीहरु सहित रक्तदान कार्यक्रम समेत राखिएको छ । करीब पाँच हजार नेपालीहरुको बसोबास रहेको ओकिनावामा सबै नेपालीको आयोजनामा फेस्टिवल गर्न लागिएको हो ।

फेस्टिबल ओकिनावाको उमिसोरा कोएन, नाहामा नोभेम्बर २० तारिख आइतवारको दिन १० बजेवाट साँझ ६ बजेसम्म आयोजना हुनेछ ।
फेस्टिवल तयारी स्वरूप कार्यक्रम आयोजना स्थल, स्थानिय संघ संस्था, व्यवसाय र व्यक्तिहरुसंग छलफल र सहकार्य गरि निष्कर्षमा पुगेको फेस्टिवल आयोजक समितीले जनाएको छ ।

जापानस्थित नेपाली राजदुतावास टोकियोबाट राजदुतको उपस्थिती सहित ओकिनावाका स्थानिय अधिकारीहरूको समेत फेस्टिवलमा सहभागिता रहने आयोजकले जनाएको छ ।

फेस्टिवल आयोजक समितीले कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन कार्यक्रम एक साता मात्र बाँकी रहँदा व्यापक प्रचार प्रसारको काम गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

बागलुङ समाज क्युस्युको अध्यक्षमा मदन शर्मा चयन

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव

रास्वपाको प्रथम स्थापना दिवस जापानमा सम्पन्न

करलिम कल्याण कोषको वेवसाईट शुभारम्भ

ओकिनावामा पहिलो पटक हुन लागेको नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

ताजा समाचार

परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
परम्परागत शैलीमा जिवित छ ‘तमान गाउँ’
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
पत्रकार महासंघ बागलुङले सरकारलाई बुझायो हस्ताक्षर
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
नृत्य प्रतियोगितामा युएस एकेडेमी प्रथम
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान
मालिका सेवा समाजद्धारा जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थी सम्मान

ट्रेन्डिङ

बागलुङमा ‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी हुने

‘उच्च शैक्षिक संस्थाहरुमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठी आजदेखि सुरु

अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय सङ्गोष्ठीमा ४३ वटा कार्यपत्र प्रस्तुत गरि सकियो

श्रीमान हत्या प्रकरण : तीन जना पक्राउ

तेस्रो आदर्श कप : पहिलो दिनका खेल सकिए

स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम कार्यक्रम सम्पन्न

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com