Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • जीवन शैली
  • स्वास्थ्य

विश्वकप फुटबलको इतिहासमा महिला रेफ्रीले पहिलो पटक खेल खेलाउदै

  • २ महिना अगाडि

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत बिहीबार (आज) राति हुने जर्मनी र कोस्टारिकाबीचको खेल महिला रेफ्रीले खेलाउने पक्का भएको छ । पुरुष विश्वकप फुटबलको इतिहासमा महिला रेफ्रीले खेल खेलाउन लागेको यो पहिलो पटक हो ।

विश्वकपमा इतिहास रच्ने यो अवसर पाउने रेफ्री स्टेफानी फ्रापार्ट हुनुहुन्छ । समूह ‘ई’ अन्तर्गत अल बायट रङ्गशालामा राति १२:४५ बजे हुने जर्मनी र कोस्टारिकाको खेलमा मुख्य रेफ्री फ्रापार्टलाइ सहायक रेफ्रीको रूपमा ब्राजिलकी निउजा ब्याक र मेक्सिकोकी करेन डियाजले सघाउँदै हुनुहुन्छ । अर्को सहायक रेफ्रीमा भने होण्डुरसका पुरुष रेफ्री सैद मार्टिनेज हुनुहुन्छ ।

फ्रापार्ट पुरुष विश्वकप फुटबल विश्वकै महत्त्वपूर्ण खेलकुद प्रतियोगिता भएकोले यसमा पाएको जिम्मेवारीलाई सही हिसाबले सदुपयोग गर्ने बताउनुभयो । ‘‘पुरुष विश्वकप महत्त्वपूर्ण खेलकुद प्रतियोगिता हो । फ्रान्स र युरोपमा म पहिलो महिला रेफ्री थिएँ । विश्वकपमा यस जिम्मेवारीलाई कसरी निभाउने भन्ने मलाई राम्रोसँग थाहा छ,’’ फ्रापार्टले भन्नुभयो ।

३८ वर्षीया फ्रापार्ट फिफाको अनुभवी रेफ्री हुनुहुन्छ । उहाँले यसअघि फ्रेन्च लिग वान र यूईएफए च्याम्पियनसिप लिग खेलाई सक्नुभएको छ । उहाँले यसअघि मेक्सिको र पोल्यान्ड बीचको खेलमा फोर्थ अफिसियलको भूमिका समेत निभाउनुभएको थियो ।

फ्रापार्ट कतार विश्वकपमा एकमात्र महिला रेफ्री भने होइन । उहाँसँगै जापानकी यामासीता योसिमी र रुवान्डाकी सलिमा मुकनसांगाले पनि कतारमा जारी विश्वकप खेलाउँदै हुनुहुन्छ । विश्व फुटबल महासङ्घ (फिफ) ले कतार विश्वकपका लागि यसपटक तीन महिला रेफ्री र चार सहायक महिला रेफ्री छनोट गरेको थियो । बीबीसी

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

गण्डकी र एपिएफलाई टाइगर कप भलिबलको उपाधि

बैतडीमा महिला टी–२० क्रिकेट

ऋण तिर्न नसक्दा रङ्गशालाको कामअघि बढ्न सकेन

अन्तर एकाइ ब्याडमिन्टनको उपाधि रामबजार, ढुंगेपाटन, गगनगौंडा र नमुनालाई

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

लुम्बिनीले नेपाल टी २० लिगको उपाधि जित्यो

ताजा समाचार

मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
मन्त्री भण्डारी र चिनियाँ राजदूत सोङबीच भेटवार्ता
एशियन हाइड्रोपावरको आइपिओ आउँदै
एशियन हाइड्रोपावरको आइपिओ आउँदै
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
ऐतिहासिक झोलुङ्गे पुल संरक्षण गरिँदै
दूधको मूल्य बढाउन  माग
दूधको मूल्य बढाउन माग

ट्रेन्डिङ

जलेर घाइते महिलाको निधन, पुरुष उपचाररत

दुई लघुवित्तले घोषणा गरे लाभांश

सङ्घीयताको असल अनुभूति हुनेगरी काम गर्नेछौँ

सबै नागरिकको स्वास्थ्य बीमा गर्दै बडिगाड

भोजपुर रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न

म्याग्दीमा कुष्ठरोगका नयाँ बिरामी देखिएन

हाम्रो टिम

प्रबन्ध निर्देशक :भुपेन्द्र के सी
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: ९८५७६२७४४४
ईमेल : [email protected]
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

© All rights reserved 2015-2022 nepalsanchar.com

Web Design: Hari Karki