Skip to content
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य
Menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • खेलकुद
  • ब्लग
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • प्रवास
  • स्वास्थ्य

राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै

  • ३ वर्ष अगाडि

दाङ, १७ माघ । द्वन्द्वको समयमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको राप्ती शान्ति उद्यान यतिखेर जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको सो पार्कको अवलोकन गर्ने आउनेहरुको दिनहुँ भिड लाग्ने गरेको छ ।

कोरोना महामारीमा सुनसान रहेको सो उद्यानमा यतिबेला आगन्तुकहरुको भिड नै लाग्ने गरेको छ । जिल्ला बाहिरबाट पनि पर्यटकहको सङ्ख्या बढ्न थालेको पार्क व्यवस्थापन समितिले जनाएको छ ।

उद्याने अवलोकन तथा यस क्षेत्र आसपासमा वनभोजका लागि दैनिक चार सयदेखि पाँच सयको सङ्ख्यामा बाह्य पर्यटकहरु आउने गरेको राप्ती शान्ति उद्यान समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार पार्क अवलोकन गर्न आउनेहरुबाट प्रतिव्यक्ति रू ३० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रू तीन सयदेखि पाँच सयसम्म शुल्क निर्धारण गरिएको छ ।

अहिले सो पार्कमा सात जनाले रोजगारी पाएका छन् । सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक रू ४० देखि ४५ लाख बचत हुने गरेको उद्यानका कर्मचारी भण्डारीले जानकारी दिनुभयो ।

उद्यान पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडक खण्डको तीन किमी उत्तरमा श्रीगै गाउँदेखि झन्डै डेढ पूर्वमा पर्ने पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्छ । पार्कभित्रको उत्तरतर्फ बालबालिकाहरुका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा पौडी पोखरीको निर्माण गरिएको छ ।

पार्कमा विभिन्न प्रजातिका वनस्पति र बगैँचा पनि छ । त्यसैगरी उत्तरतर्फ निर्माण गरिएको मिनी चिडियाखानामा चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर तथा पशुपक्षीहरु राखिएका छन् ।

पार्कभित्रको मुख्य आकर्षणमा भगवान् गौतम बुद्धको मूर्ति छ । मूलगेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै बुद्धको मूर्ति देख्न सकिन्छ । यो मूर्ति राखेसँगै पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताइएको छ ।

यहाँ खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरुलाई आवश्यक पर्ने सामग्री, दाउरा तथा ग्यासको सुविधा छ । द्वन्द्वको समयमा शान्तिको कामना गर्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निर्माण गर्ने निर्णय गरिएको थियो । पार्क निर्माणकास्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको थियो ।

नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रू साढे ३७ लाख अनुदान प्राप्त भएको र सो रकमबाट पार्क निर्माणको कामको थालनी गरिएको पार्क व्यवस्थापन समितिले जनाएको छ । त्यसपछि पनि पटक पटक गरी सरकारी निकाय, तुलसीपुर उपमहानगरपालिका, यस क्षेत्रका जनप्रतिनिधिलगायत गरी हालसम्म रू पाँच करोड खर्च गरिसकेको पार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले बताउनुभयो ।

उक्त रकम समितिको कार्यालय भवन, पर्खाल, शौचालय, गेट, वनभोजस्थल, चिडियाखाना, गौतमबुद्धको मूर्ति, गार्डेन, बाल उद्यानलगायतका पूर्वाधार निर्माणमा खर्च गरिएको भण्डारीले जानकारी दिनुभयो । उहाँले अब केही दिनमै सो इमो, चित्तल, रतुवा, गोही लगायतका जनावर तथा पशुपक्षी ल्याउने तयारी गरिएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति पाेडेल 

विश्वका १०० प्रभावशाली महिलामा बागलुङकी आचार्य

दशैमा कालिका मन्दिरमा चार लाख दर्शनार्थी भित्रिए

क्षमता भन्दा बढि यात्रु नबोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

सुरक्षाकर्मीले जोगाउने प्रयास गर्दैगर्दा महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

ताजा समाचार

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा
रास्वपा काठेखोलाको सभापतिमा कार्की
रास्वपा काठेखोलाको सभापतिमा कार्की
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान
सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

ट्रेन्डिङ

प्रदेश स्तरिय राष्ट्रपति रनिङ निल्ड प्रतियोगिता तयारी पुरा

सरकारको विभेदकारी निर्णयविरुद्ध पत्रकार महासंघ बागलुङको हस्ताक्षर अभियान

बागलुङमा ११ करोड बेरुजु

असहाय बालबालिकाकाको साहारा बन्दै तमानखोला

तेस्रो संस्करणको आदर्श कप फुलबल प्रतियोगिता हुने

प्रथम एसईई कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

हाम्रो टिम

अध्यक्ष : बल बहादुर खत्री
प्रबन्ध निर्देशक :भुपेन्द्र के.सी.
सम्पादक : संगीता पौडेल
कार्यकारी सम्पादक : चन्द्र प्रकाश शर्मा
संवाददाता :सुजन रेग्मी

नेपाल सञ्चार

  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क
Menu
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रयोगका सर्त
  • सम्पर्क

सम्पर्क

फुजी एग्रिकल्चर एण्ड मिडिया प्रा.लि.

कार्यालय : बागलुङ नगरपालिका–८, बागलुङ
सम्पर्क फोन नम्बर: +९७७९८५७६२७४४४
ईमेल : news.nepalsanchar@gmail.com
सूचना विभाग दर्ता नं.३२३६-२०७८/७९ 
Facebook Twitter Youtube

                                                        © All rights reserved 2015-2025 nepalsanchar.com